साहेब बिबि गोलम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साहेब बिबि गोलम
निर्देशककार्तिक चितर्जी
आधारितविमल मिस्रको साहेब बिबि गोलम उपन्यासमा आधारित[२]
निर्माताशङ्कर प्रोडक्सन[३]
मुख्य कलाकारसुमित्रा देवी
उत्तम कुमार
छबि विश्वास
सङ्गीतरबिन चटोपाद्याय
प्रदर्शन मिति
  • १९५६ (1956)[१]
देशभारत
भाषाबाङ्ला

साहेब बिबि गोलम (बङ्गाली: সাহেব বিবি গোলম) सन् १९५६ मा सार्वजनिक गरिएको कार्तिक चितर्जी द्वरा निर्देशित एक चलचित्र हो।[४][५] यो चलचित्र बङ्गाली भाषाका वरिष्ठ तथा अनुभवी लेखम बिमल मित्राको उपन्यासमा सहेब बिबि गोलममा आधारित छ।[६][७][८] यस चलचित्रमा ब्रिटिस शासनकालमा सामन्तबादको गिरावटबाट अन्वेषण गरिएको छ। यस चलचित्रको मुख्य अभिनेता तथा अभिनेत्री; सुमित्रा देवी, उत्तम कुमनर र छवि विश्वास हुन्। यस चलचित्रलाई बङ्गाली भाषाको हालसम्मकै सर्वत्कृष्ट चलचित्र मानिन्छ।[९]

श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यस चलचित्रको शुरूवात भारतको कलकत्तामा रहेको एक ठूलो भवन भत्किन्छ र त्यस भवनको बाँकी रहेका अंशहरू काम गर्ने कामदार द्वरा सफा गरिएको देखाइन्छ। केही बेर काम गरिएको दृश्य पछि कामदारहरू खाजा खानका लागि एकजुट हुन्छन् भने कामको निरीक्षक (उत्तम कुमार) अर्को भवनबाट भौँतारिदै बाहिर आउँछन् र त्यसपछि १९अौँ शताब्दीको दृश्य देखाइन्छ। निम्न वर्गीय र शिक्षित भुतनाथ कामका लागि कलकत्ता आउँछन्। भुतनाथलाई उक्त वैभावशाली परिवारमा नोकरको काम गर्ने अवसर मिल्छ। उनी मोहिनी सिन्धुरको एक उद्योगमा काम गर्छन् जसका सञ्चालम सुविनय बाबु (पहारी सन्याल) हुन्। भुतनाथ उक्त वैभवशाली परिवार देखेर मोहित हुन्छन् र हरेक रात उनले चौधरी दाजुभाईहरूको रहन सहन हेरिरहन्छन्। एक रात उक्त परिवारमा काम गर्ने कामदारहरूले भुतनाथलाई एक धनी तथा सुविधा सम्पन्न परिवारकी छोरी पतेश्वरीसँग (सुमित्रा देवी) भेट गराउछन्। भुतनाथ पतेश्वरीको रुप देखेर मोहित हुन्छन् भने उनी अनजानमै पतेश्वरीको विश्वासपात्र बन्न सफल हुन्छन्। भुतनाथ सरसामान लिन बजार गएका बेला बम बिस्फोट हुन्छ जहाँ उनी घाइते हुन्छन् त्यसपछि त्यहाँ ब्रिटिस सेना र स्वतन्त्रताका लागि लडिरहेका लडाकु बीच युद्ध हुन्छ। जवाको विवहा सुपवित्रासँग हुने निश्चित हुन्छ (ब्राह्मण समाजको एक सदस्य) तर उनको बुबाको मृत्यु पश्चात् उनले विवहा गर्न अस्वीकार गर्छिन्। भुतनाथले पछि घर तथा भवनको नक्शा बनाउने तथा रुपरेखा तयार पार्ने विषयमा अध्ययन गर्छन् र प्रशिक्षण लिने क्रममा उनी त्यहँबाट टाढा जान्छन्। जब उनी फर्किन्छन् उक्त भवनको अंशमात्र त्यहाँ उपस्थित हुन्छ। पतेश्वरी र उनका श्रीमान पछि रक्सीको कुलतमा फस्छन्। एक रात पतेश्वरीले भुतनाथसँग सहयोग माग्दै उनको रोगी तथा बिरामी श्रीमानको स्वस्थ्य लाभका लागि नजिकको तीर्थ जाने सल्लाह गर्छन्। उनीहरूको तीर्थ जाने योजना जेठा घरधनीलाई (छवि विश्वास) जानकारी दिइन्छ भने उनले उनीहरू दुई बीच प्रेम सम्बन्ध रहेको हुन सक्ने कुरा गर्छन्। जेठा घरधनीले उनीहरूको चियो गर्ने केही चेलाहरू पठाउँछन् र बग्गीमा सवार गरिरहेका भुतनाथ र पतेश्वरीलाई घरधनीका चेलाहरूले बीच बाटोमै रोक्छन्। पछि ति गुण्डाहरूले भुतनाथलाई आक्रमण गरी बेहोस बनाउँदै पतेश्वरीलाई अपहरण गर्छन्। जब भुतनाथको होस आउँछ उनी एक अस्पतालमा भर्ना भइरहेका हुन्छन् भने उनलाई कान्छो घरधनीको मृत्यु भएको र पतेश्वरी बेपत्ता रहेको जानकारी दिइन्छ। त्यसको साथसाथै कहानी अन्त्य हुन्छ।

उक्त भवनको अंश तथा सामग्रीहरू सफा गर्ने क्रममा भुचनाथलाई कामदारहरूले त्यहाँ मानिसको मुर्कुट्टा रहेको कुरा जानकारी गराउँछन् जुन मुर्कुट्टा उक्त भवनमा गाडिएको थियो। उक्त मुर्कुट्टाको हातमा रहेका चुराहरूले उक्त मुर्कुट्टा पतेश्वरीको रहेको कुरा खुल्न आउँछ।

नायक नायिकाहरू[सम्पादन गर्नुहोस्]

  • सुमित्रा देवी, छोटो बहु रानीको रूपमा[१०]
  • उत्तम कुमार, भुतनाथको रूपमा
  • छवि विश्वास, मिजो बाबुको रूपमा
  • नितिश मुखर्जी, छोटो बाबुको रूपमा
  • छाँया देवी, बोरो बहु रानीको रूपमा
  • पद्मा देवी, मिजो बहु रानीको रूपमा
  • पहारी सन्याल
  • अनुभा गुप्ता
  • जहार गुङ्ली
  • भानु बानर्जी
  • कानु बेनर्जी
  • हरिधन बेनर्नी
  • नवदिप हवल्दार[११]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Saheb Bibi Golam (पोल्यान्डेलीमा), अन्तिम पहुँच २०१७-१०-२० 
  2. "Saheb Bibi Golam (1956) - King, Queen, Knave: Uttam Kumar - Sumitra Devi Old Kolkata Bengali Classic Movie by Kartik Chatterjee | WBRi | Washington Bangla Radio on internet", Washington Bangla Radio on internet, अन्तिम पहुँच २०१७-१०-२० 
  3. "Saheb Bibi Golam (1956)", gomolo.com, अन्तिम पहुँच २०१७-१०-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२० मिति
  4. "Saheb Bibi Golam. Saheb Bibi Golam Movie Cast & Crew.", bharat-movies.com, अन्तिम पहुँच २०१७-१०-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२० मिति
  5. "Saheb Bibi Golam on Moviebuff.com", www.moviebuff.com, अन्तिम पहुँच २०१७-१०-२० 
  6. "Saheb Bibi Golam (1956) - Cinestaan.com", Cinestaan, अन्तिम पहुँच २०१८-०२-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२७ मिति
  7. "Saheb Bibi Golam (1956)", Indiancine.ma, अन्तिम पहुँच २०१७-१०-२० 
  8. "Saheb Bibi Golam (1956)", FilmiClub (en-USमा), अन्तिम पहुँच २०१७-१०-२० 
  9. "Bengali classics and their notable Hindi remakes | The Times of India", www.timesofindia.com, अन्तिम पहुँच २०१८-०५-०६ 
  10. "Saheb Bibi Golam (1956) - Full Cast and Crew | Cinestaan.com", Cinestaan, अन्तिम पहुँच २०१८-०२-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२७ मिति
  11. "Nabadwip Halder", अन्तिम पहुँच मार्च १९, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]