सिंगा (बाजा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिंगा एक प्रकारको बाजा हो । यो बाजा देख्दा नरसिंगाजस्तै हुन्छ । नरसिंगासँग मिल्दोजुल्दो तर सानो भए पनि यसको आवाज फरक हुन्छ । यो बाजा फुकेर बजाइन्छ । यसलाई कतैकतै सिङ्घा पनि भनेको वा लेखेको हुनसक्छ । यो बाजा अर्धचन्द्राकार हुन्छ । यो तीन हात जति लामो हुन्छ । यो बाजा तामाको गोलो पाताबाट बनेको हुन्छ । यो बाजा बिहा, व्रतबन्ध आदि उत्सवहरूमा विशेषतः थारू समाजमा प्रचलित छ ।