सिराज सिकदार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिराज सिकदार
जन्म(१९४४-१०-२७)२७ अक्टोबर १९४४
भेदरगञ्ज उपजिल्लन, बङ्गाल राज्य, बेलायती भारत
मृत्यु२ जनवरी १९७५(१९७५-०१-०२) (३० वर्ष)
बाङ्लादेश
मातृ शिक्षाप्रतिष्ठानबाङ्लादेश प्राविधिक तथा इञ्जिनियरिङ विश्वविद्यालय
चिनारीको कारणबाङ्लादेशमा नक्शालपन्थी आन्दोलन
राजनीतिक दलपूर्व बाङ्लार सर्वहारा पार्टी

सिराज सिकदार (बाङ्ला: সিরাজ সিকদার जन्म; (२७ अक्टोबर १९४४-२ जनवरी १९७५) एक बङ्गलादेशी कम्युनिष्ट क्रान्तिकारी नेता थिए। ८ जनवरी मा उनले पूर्वी बाङ्ला श्रमिक आन्दोलन केही मानिसहरूसँगै स्थापना गरे - जसको उद्देश्य पूर्वी बङ्गाललाई पाकिस्तानको औपनिवेशिक शासनबाट स्वतन्त्र गर्नु, राष्ट्रिय लोकतान्त्रिक क्रान्ति पूर्ण गर्नु र समाजवाद र साम्यवादको दिशामा क्रान्तिकारी कम्युनिष्ट पार्टी स्थापना गर्नु थियो।[१]

बाल्यकाल[सम्पादन गर्ने]

सिराज सिकदारको बुबाको नाम आबदुल राज्जाक सिकदार थियो। सन् १९५९ मा सिराज सिकदारले वरिशाल जिल्ला विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। सन् १९६१ मा बरिशालको ब्रजमोहन क्याम्पसबाट उनले आइएजजी उतिर्ण गरेका थिए। सन् १९६७ उनले बङ्गलादेशको इन्जिनियरि विश्वविद्यालयमा इन्जिनियरिको अध्ययन पूरा गरेका थिए। एक विद्यार्थीको रूपमा उनले पूर्वी राजनीति विद्यार्थी सङ्घमा संलग्न भई, विद्यार्थी राजनीतिमा प्रत्यक्ष रूपमा भाग लिएका थिए। उनी विद्यार्थी प्रतिनिधिको रूपमा ढाका कम्युनिष्ट पार्टीको ढाका जिल्ला समितिमा सामेल भए। उनी विद्यार्थी सङ्घको केन्द्रीय समितिको उपाध्यक्षमा पनि निर्वाचित भएका थिए।[२]

मृत्यु[सम्पादन गर्ने]

सिराज सिकदारलाई सन् १९७४ मा चट्टग्रामको हलिसहरबाट पक्राउ गरिएको थियो। सिकदारलाई सन् १९७५ जनवरी २ का दिन साभर थाना सवारीसाधन विसौनीमा गोली हानी हत्या गरिएको थियो। सिकदारको मृत्यु पश्चात् पूर्व बाङ्लार सर्वहारा राजनैतिक दल दुई भागमा विभाजित भएको थियो।

स्वतन्त्रता युद्ध[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने २९ मार्च १९७१ मन दिन पाकिस्तानी सेना र बङ्गलादेशक‍ मुक्तिका लागि लडिरहेका लडाकु बीच यस जिल्लाको पाबना सदर उपजिल्लाको टेलिफोन सेवा केन्द्रमा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ ३३ पाकिस्तानी सेनाक‍ मृत्यु भएको थियो। सोही दिन पाकिस्तानी सेनाले ईश्वरदी उपजिल्लाका ५ युवाहरूको सामूहिक हत्या गरेका थिए। ३१ मार्च १९७१ का दिन बङ्गलादेशी लडाकुले बेडा उपजिल्लाको नगरबाडी फेरी घाटमा पाकिस्तानी सेनाको प्रतिरोध गरेका थिए। ९ अप्रिल मा पाकिस्तानी सेनाले हवाई आक्रमण गरि बङ्गलादेशी लडाकु र सर्वसाधारणहरूलाई नगरबाडी फेरी घाटबाट लखटेका थिए जहाँ केही स्थानीय मानिसहरूले ज्यान गुमाएका थिए। १९ अप्रिल १९७१ का दिन बङ्गलादेशी लडाकु र पाकिस्तानी सेना बीच यस जिल्लाक‍ो बेडा र साँथिया उपजिल्लाको सम्मेलन हुने ठाउँमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ १५ बङ्गलादेशी लडाकु सहित १५० पाकिस्तानी सेनाले ज्यान गुमाएका थिए। २२ मे १९७१ का दिन पाकिस्तानी सेना यस जिल्लाको फरिदपुर उपजिल्लामा प्रवेश गरि १५६ सर्वसाधारणहरूको‍ सामूहिक हत्या गरेका थिए भने सेनाले ७० घरटहराहरूमा आगजनी तथा महिला माथि दुर्ववहार पनि गरेका थिए। ३० वैशाखमा पाकिस्तानी सेनाले यस जिल्लामा बसोबास गरेका स्थानीय राजाकारसँग सहकार्य गर्दै फरिदपुर उपजिल्लाको दिमरा गाउँका लगभग ८०० सर्वसाधारणहरूको हत्या गरेका थिए भने सेनाले यस स्थानका विद्यालय, घरटहरा, मस्जिद, मन्दिरमा आगजनी गरि महिला माथि दुर्ववहार गरेका थिए। ४ भाद्रमा पाकिस्तानी सेनाले फरिदपुर उपजिल्लाको गोपालपुरमा लगभग ७०० सर्वसाधारणहरूको अपहरण गर्दै २६ क‍ हत्यम गरेका थिए। सेनाले यस स्थानमा ठूलो मात्रामा जनहत्या र महिला माथि दुर्ववहार गरेका थिए। २७ रमजानमा (हजरी महिना) पाकिस्तानी सेनाले फरिदपुर उपजिल्लाको रत्नपुरमा ३ मानिसहरूको हत्यम गरेका थिए। अक्टोबर १९७१ का दिन चाटम‍हर उपजिल्लाको चिकनाई रेलवे पुलमा पाकिस्तानी सेना र बङ्गलादेशक‍ मुक्तिका लागि लडिरहेका लडाकु बीच युद्ध तथा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ ७ लडाकुक‍ मृत्यु भएको थियो। २७ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले साँथिया उपजिल्लाको नागदिमरा सङ्घ परिषद् अन्तर्गत धुलाउडा फकिर पाडामा महिला माथि दुर्ववहार गरेका थिए। पाकिस्तानी सेनाले पछि २२ बङ्गलादेशी लडाकुलाई अपहरण गर्दै २१ को गोली हानी हत्या गरेका थिए भने एक लडाकु चाँही भाग्न सफल भएका थिए। १४ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले यस जिल्लाको सुजानगर उपजिल्लामा ३ बङ्गलादेशी लडाकुको गोली हानी हत्या गरेका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া" (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, सन् २०१२। 
  2. জয়নাল আবেদীন, উপমহাদেশের জাতীয়তাবাদী ও বামধারার রাজনীতি প্রেক্ষিত বাংলাদেশ, বাংলাপ্রকাশ, ঢাকা; ফেব্রুয়ারি, ২০১৩, পৃষ্ঠা-২৪৫-২৪৭।

बाह्य सूत्रहरू[सम्पादन गर्ने]