सामग्रीमा जानुहोस्

सिरिङ्गे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिरिङ्गे
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Osmanthus
प्रजाति:
वैज्ञानिक नाम
Template:Taxonomy/OsmanthusOsmanthus fragrans
Lour.
पर्याय[][]
  • Notelaea posua D.Don
  • Olea acuminata Wall. ex G.Don
  • Olea buchananii Lamb. ex D.Don
  • Olea fragrans Thunb.
  • Olea ovalis Miq.
  • Olea posua Buch.-Ham. ex D.Don [Invalid]
  • Osmanthus acuminatus (Wall. ex G.Don) Nakai
  • Osmanthus asiaticus Nakai
  • Osmanthus aurantiacus (Makino) Nakai
  • Osmanthus intermedius Nakai
  • Osmanthus latifolius (Makino) Koidz.
  • Osmanthus longibracteatus H.T.Chang
  • Osmanthus macrocarpus P.Y.Pai

सिरिङ्गे वा सिलिङ्गे (वैज्ञानिक नाम : Osmanthus fragrans ), जसलाई अंग्रेजीमा sweet osmanthus, sweet olive, tea olivefragrant olive जस्ता नामले चिनिन्छ, एक सदाबहार वनस्पति हो। यो प्राय हिमाली भेगदेखि उत्तरी दक्षिण एशिया र पूर्वी एशियामा रैथाने रुपमा पाइन्छ। यो नेपालका पहाडमा पश्चिमदेखि पूर्वसम्म, उत्तरी भारत, चीनको गुइझोउ, सिचुआन र युन्नान प्रान्त लगायत ताइवान, जापान, कोरिया देखि दक्षिणमा कम्बोडिया र भिएतनाम सम्म पाइन्छ। [] [] [] []

यसले एक बुट्यान वा सानो रूखको रुप लिन्छ र प्राय ३–१२ मी (९.८–३९.४ फिट) सम्म अग्लो हुन्छ । यसका पात ७–१५ सेमी (२.८–५.९ इन्च) लामा र २.६–५ सेमी (१.०–२.० इन्च) फराकिला र छेउमा सम्म वा मसिना दाँत भएका हुन्छन् । यो प्राय शरद ऋतुमा फुल्दछ र यसका फूल साना लगभग १ सेमीका (०.३९ इन्च) भएतापनि अति सुगन्धित हुन्छन जुन सेतो, घ्यु रंग, पहेंलो, वा सुन्तला-पहेंलो रंगका हुन्छन्। यी फूल यसका डालीका आँख्लाआँख्लामा झुप्पा भइ फुल्छन।[] [] [] []

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]