सुधीर शर्मा
स्वरूप
सुधीर शर्मा | |
---|---|
जन्म | 1975 धुलाबारी, झापा |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
पेशा | लेखक, पत्रकार |
कार्यकाल | २६ |
कामदार | कान्तिपुर मिडिया ग्रुप |
संस्थान | Kantipur Media Group |
चिनारीको कारण | पुस्तक: प्रयोगशाला, नेपाल नेक्सस र कान्तिपुर दैनिकको प्रधान सम्पादक |
उल्लेखनीय कार्य | Book: Prayogshala, editor-in-chief of Kantipur Daily, 2008-current |
गृहनगर | धुलाबाारी, नेपाल |
उपाधि | प्रधान सम्पादक |
जीवनसाथी | कल्पना ढकाल |
सन्तान | सौमिक शर्मा |
सुधीर शर्मा एक लेखक, पत्रकार एवं सम्पादक हुन्। उनी सन् २००८ देखि २०१८ सम्म र २०१९ देखि हालसम्म नेपालको सर्वाधिक बिक्री हुने दैनिक कान्तिपुरको प्रधान - सम्पादक हुन्। उनको पुस्त 'प्रयोगशाला' र यसैको अंग्रेजी अनुवाद नेपाल नेक्सस' प्रकाशित छन् । उनले सुरक्षा मामिला, माओवादी विद्रोह, अनुसन्धनात्मक रिपोर्टिङसहित राजनीतिक-सामाजिक विषयका केही पुस्तकको सहलेखन गरेका छन्। शर्माको सम्पादनमा २०६७ सालमा "नेपाली सेना: नागरिक नियन्त्रणका चुनौती" पुस्तक प्रकाशित भएको छ।
उनी आफ्नी श्रीमती कल्पना ढकाल (किताब पब्लिशर्सकी सि. इ. ओ. र पूर्व पत्रकार / समाचार प्रस्तुतकर्ता) र छोरा सौमिक शर्मासँग नेपालको ललितपुरमा बस्छन् ।