सुनिता महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनिता महर्जन
सुनिता महर्जन
जन्मसन् १९९२
राष्ट्रियतानेपाली
पेशाकराँते खेलाडी
जीवनसाथीसोहिल महर्जन

सुनिता महर्जन कराँते खेलाडी हुन्। उनले १३ औँ दक्षिण एसियाली खेलकुद सागमा कराँतेमा ६८ केजी अन्तर्गत स्वर्ण पदक जितेकी छिन्। सिगल इभेन्टतर्फ पाकिस्तानकी खेलाडी कुल्सुमलाई पराजित गर्दै सुनिता महर्जनले स्वर्ण पदक जितेकी हुन्। उनको अन्तर्राष्ट्रिय स्तरमा जितेको यो पहिलो सफलता हो। यसअघि उनले भुटानमा आयोजित साउथ एसियन च्याम्यनसिप, जाकार्तामा आयोजित १८ औ एसियन गेम्स, सिरिज जापानमा सहभागिता जनाएकी थिइन्। खेलकुद बाहेक उनी पुलिस क्लबमा काम गर्छिन्। स्वर्ण जित्नुमा पुलिस क्लबको ठूलो हात रहेको बताउँछिन्।

उनको जन्म सन् १९९२ मा भएको थियो। उनको पिता, नाति महर्जन मालीको काम गर्छन्। अरुको बगैँचा सम्हाल्दै उनले आफ्नो छोरीलाई हुर्काए। उनी आफ्नो दाइ बिनोद महर्जनको खेलकुदप्रतिको लगाव देखेर प्रभावित भइन्। उनको खेलप्रति रुचि बढ्दै गयो र उनी आफ्नै दाइसँग सिक्न थालिन्। खेलमा निरन्तरता दिन नसके पनि उनको दाइले उनलाई खेलमा अघि बढ्न सधैँ हौसला दिइरहे।परिवारको साथ पाएपछि उनी प्रेरित भई पढाइसँगै कराँतेलाई पनि अघि बढाइन्। उनले बालाजुस्थित किन्डर गार्डेनमा आफ्नो स्कुले जीवन बिताइन् भने प्लस टु पकनाजोलस्थित नेशनल कलेज अफ कम्प्युर स्टडिज(एनसिसिएस)बाट पुरा गरिन्। दस कक्षाको पढाइसम्म उनले विद्यालयमा नै अभ्यास गरिन् र त्यसपछि भने खेललाई थप उचाईमा पुर्‍याउन उनी बालाजु कराँते डोजोमा आवद्ध भइन्। प्रशिक्षण लिन साह्रै गाह्रो भएता पनि घरपरिवारको निरन्तर हौसलाले उनलाई खेल्न उत्साहित गरिरह्यो।

उनले ४ वर्षको प्रेम सम्बन्धपछि सोहिल महर्जनसंग विवाह गरिन्।अर्को एउटा परिवारसंग जोडिएपछि उनले दुइटै परिवारबाट उत्तिकै माया र प्रेरणा पाइन्।उनलाई झन् धेरै हौसला मिल्यो र यस १३ औँ दक्षिण एसियाली खेलकुद सागको लागि उनले कडा मिहिनेत गरिेन् र अन्तत मिहिनेत अनुसारकै मिठो फल पनि पाइन्।उनी छोरा मान्छेलाई मात्र बढावा दिने हाम्रो नेपाली समाजमा एक उदाहरणिय पात्र बनेकि छिन्।