सुर्ती र नुन सङ्ग्रहालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुर्ती र नुन सङ्ग्रहालय
たばこと塩の博物館
सुर्ती र नुन सङ्ग्रहालय
नक्सा
स्थानजापान
निर्देशाङ्क३५°४२′२०.९″उ॰ १३९°४८′३०.७″पू॰ / ३५.७०५८०६°N १३९.८०८५२८°E / 35.705806; 139.808528निर्देशाङ्कहरू: ३५°४२′२०.९″उ॰ १३९°४८′३०.७″पू॰ / ३५.७०५८०६°N १३९.८०८५२८°E / 35.705806; 139.808528


सुर्ती र नुन सङ्ग्रहालय (जापानी:たばこと塩の博物館) टोकियोको सुमिडामा अवस्थित छ।[१] यो सङ्ग्रहालय सन् १९७८ मा स्थापित भएको थियो र जापान टोबाकोले सञ्चालित गर्दछ। [२] यो सङ्ग्रहालय पहिले शिबुयामा अवस्थित थियो, तर सन् २०१५ मा यसलाई सुमिडामा सारिएको थियो। [३] यो सङ्ग्रहालयमा लगभग ३८,००० कलाकृतिहरू छन् जसले जापान र विदेशका सुर्ती र नुनको इतिहास देखाउँदछ।[२] यहाँ पोल्यान्डबाट ल्याइएको १.४ टनको नुनको ढिक्का र विश्वका विभिन्न भागबाट ल्याइएको नुनका नमुनाहरू रहेका छन्। दक्षिण अमेरिकाको मायान भन्ने मन्दिरको नमुना पनि रहेको छ, सो मन्दिरमा पहिलो पटक सुर्ती प्रयोग गरिएको थियो।[४]

सङ्ग्रहालयमा कार्यशाला कोठा, पढ्ने कोठा र पसलहरू पनि छन्। [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Tobacco & Salt Museum Home Retrieved on 27 September 2012
  2. २.० २.१ "Tobacco & Salt Museum", LIVE JAPAN, अन्तिम पहुँच २०२१-०९-२८ 
  3. "Tobacco & Salt Museum", japanistry.com, २०१७-०९-०५, अन्तिम पहुँच २०२१-०९-२८ 
  4. guides-japan.com, "Tobacco & Salt Museum (Tabako to Shio no Hakubutsukan)", Guides-Japan.com, अन्तिम पहुँच २०२१-०९-२८ 
  5. "たばこと塩の博物館", अन्तिम पहुँच २०२१-०९-२८