सुसी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
2007feb-sushi-odaiba-manytypes.jpg
निग्रि सुसीका प्रकारहरू; एकातिर चुच्चो आकारको तेमाकी, अदुवाको अचार माथिल्लो दायाँ
अन्य नाम(हरू) すし, 寿司, 鮨
पकवान मुख्य खानाको रुपमा
उत्पत्ति स्थान जापन
सम्बन्धित राष्ट्रिय व्यंजन जापानी परिकार
खान उपयुक्त ताप चिसो, तातो
मुख्य सामग्रीहरू भिनेगर मिश्रति चामल
सामान्यतय प्रयोग हुने सामग्रीहरू काँचो समुद्री खाना, शब्जी, फलफूल

सुशी वा सुसी (すし, 寿司, 鮨?) जापानी खाद्य परिकार हो । यस परिकारमा भिनेगर मिश्रित (अम्लिय) चामल 鮨飯 (सुसी-मेसी) सँग अन्य खाद्य सामग्रीहरू |ネタ (निता जस्तै समुद्री खाना, मासु, शब्जी, फलफूल मिसाइएका हुन्छन् तर सबै प्रकारका सुसीको मुख्य खाद्य परिकार भने चामल しゃりवा 酢飯|सुमेसी नै हो । सुसी जस्तै अर्को परिकार सासीमी भने चामल सित पस्कन वा नपस्कन सकिन्छ र यो खानालाई चपस्टिकले नै खाइन्छ ।[१]

सुसी सेतो वा खैरो चामल सित तयार पारिन्छ । धेरै जसो काँचो समुद्री खानासँग बनाइने सुसीमा पकाइएका खाद्य सामग्रीहरू हुने गर्छन् भने धेरै शाकाहारी परिकार हुने गर्छन् । सुसी अदुवाको अचार, वासाबी (बन्दा जस्तो तरकारी), सोय सस (सोयाबिनबाट बनाइएको लेप), मुलासँग पस्किने गरिन्छ ।

इतिहास[सम्पादन गर्ने]

पहिलो शैलीको सुसी (नारे जुसी) दक्षिणपूर्वी एशियामा सर्वप्रथम बनाइएको थियो । माछामा नुन हाली अम्लिय चामलमा बेरिन्थ्यो । नारे जुसी महिनौंसम्म सुरक्षित राखिन्थ्यो, अम्लिय (fermented) चामलले माछालाई कुहिनबाट बचाउँथ्यो ।[२]कुहिएको चामललाई फालिन्थ्यो भने माछाको भाग मात्र खाइन्थ्यो ।[३] यस प्रकारको सुसी जापानीहरूका लागि प्रोटिनको मुख्य स्रोत बन्न पुग्यो । सुसी शब्दको अर्थ "अमिलो स्वाददिने" भन्ने हुन्छ । नारे जुसी हाल सम्म पनि माछालाई (fermented) चामलले बेरेर बनाइन्छ, यसले माछाको प्रोटिनलाई अमिनो एसिडमा टुक्र्याउँछ : त्यसैले यसको स्वाद अमिलो बनेको हुन्छ ।[४]

सन् १३३६ देखि १५७३ जापानको मुरोमाची कालमा आएर भिनेगर पनि मिसाउन थालियो । भिनेगरले फरमेन्टेसनको प्रक्रियालाई छोटो बनायो भने स्वाद र परिकारलाई धेरै दिनसम्म राख्न मिल्ने पनि बनाउने भयो, यसले सुसीको फरमेन्टेसन प्रक्रियालाई छोटो बनाउँदै पछि फरमेन्टेसन गर्नै नपर्ने शैलीको शुरूवात भयो । अन्य शताब्दीमा ओसाकातिर ओसी जुसीको निर्माण भयो र १८ औं शताब्दीको मध्यसम्म सुसी टोकियोसम्म पुगिसकेको थियो ।[५]

हालको सुसी भने एडो कालमा हानया योहेइद्वारा बनाइयो । हानयाले तयार पारेको सुसीलाई तत्कालाई हातैले खान सक्ने मिल्ने भयो । त्यस पूर्वका सुसिहरू अलि ठुला हुन्थे ।[५]

अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले सुसी शब्द सर्वप्रथम अङ्ग्रेजीमा सन् १८९३ मा अ जापानीज् इन्टेरियर मा प्रयोग भएको बताएको छ ।[६]यस अघि सन् १८७३[७] मा जापानी अङ्ग्रेजी शब्दकोशमा र सन् १८७९मा जापानी कुकरीमा प्रयोग भएको बताइएको छ ।[८]

प्रकारहरू[सम्पादन गर्ने]

सुसीका केही प्रकारहरू

सुसीका विभिन्न प्रकारहरू सुसीमा प्रयोग हुने अन्य खाद्य सामग्रीले गर्दा नाम फरक हुन आएका छन् ।[९]

सामग्रीहरू[सम्पादन गर्ने]

माछाविना नै सुसी बनाइएको एक भिडियो
  • सुसी मेसी
  • नोरी : समुद्री लेउ
नोरी
  • नेता
  • मसलाहरू

पौष्टिक गुण[सम्पादन गर्ने]

सुसीमा सामान्यत: भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडहरू पाइन्छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Issenberg, Sasha. The Sushi Economy. Gotham Books: २००७
  2. खानाको जानकारी
  3. Hill, Amelia. "Chopsticks at dawn for a sushi showdown", The Guardian, 2007-10-08. अन्तिम पहुँच मिति:25 September 2011.
  4. Kouji Itou; Shinsuke Kobayashi; Tooru Ooizumi; Yoshiaki Akahane (2006). "Changes of proximate composition and extractive components in narezushi, a fermented mackerel product, during processing". Fisheries Science ७२ (६): १२६९–१२७६. doi:10.1111/j.1444-2906.2006.01285.x. 
  5. ५.० ५.१ Zschock, Day. The Little Black Book of Sushi: The Essential Guide to the World of Sushi. Page 14-15. 2005. ISBN 1-59359-961-7.
  6. "Sushi", Oxford English Dictionary, Second edition, 1989; online version December 2011. Accessed 23 December 2011.
  7. James Curtis Hepburn, Japanese-English and English-Japanese dictionary, Publisher: Randolph, 1873, 536 pages (page 262)
  8. W. H. Patterson, Japanese Cookery, "Notes and queries", Publisher: Oxford University Press, 1879. (p.263)
  9. Kawasumi, Ken (2001). The Encyclopedia of Sushi Rolls. Graph-Sha. ISBN 4-88996-076-7 . 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]