स्तन क्यान्सर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

परिचय[सम्पादन गर्ने]

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरू नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्, शल्यक्रिया गरेर हटाए पनि फेरी उत्पन्न हुन्छन् र धेरै खतरनाक हुन्छन् । स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ ।

Mammo breast cancer.jpg

छालाको क्यान्सरपछि अमेरिकामा महिलाको मृत्युको प्रमुख क्यान्सर कारक स्तन क्यान्सर नै हो । प्रतिवर्ष दुई लाखभन्दा धेरै अमेरिकि महिलालाई स्तन क्यान्सर हुन्छ भने प्रतिवर्ष ४० हजारले यस रोगका कारण मृत्युवरण गर्छन् । लगभग १७ लाख अमेरिकी महिलाहरू स्तन क्यान्सरले पीडित भइरहेका छन् ।

Age-standardized death from breast cancer per १००,००० inhabitants in २००४.[१]
  no data
  less than 2
  2-4
  4-6
  6-8
  8-10
  10-12
  12-14
  14-16
  16-18
  18-20
  20-22
  more than 22

प्रत्येक आठमा एक अर्थात् १२.६ प्रतिशत महिलालाई जीवनकालमा एकपटक स्तन क्यान्सर हुन्छ । प्रत्येक १३ मिनेटमा स्तन क्यान्सरका कारण एक महिलाको मृत्यु हुन्छ । क्यान्सरबाट मर्ने १५ देखि ५४ वर्षका महिलाहरूमा सबैभन्दा धेरै लाग्ने स्तन क्यान्सर हो भने ५५-७४ वर्षका महिलाको मृत्युको दोस्रो कारण हो । समयमै रोगको निदान र उपचार गर्ने ९६ प्रतिशत महिलाहरू पाँच वर्षपछि क्यान्सररहित हुन्छन् । ८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् । स्तन क्यान्सर प्रौढलाई मात्र होइन, जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ ।

स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ । नियमित रूपमा आफैँले आफ्नो परीक्षण गर्ने, चिकित्सकबाट परीक्षण गराउने, स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्ने, गिर्खाभित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउन स्तनको अल्ट्रासाउन्ड गर्ने, क्यान्सर पत्ता लगाउन बायोप्सी, सिटिस्क्यान, एमआरआई, पीईटी स्क्यान, छातीको एक्सरे, लिम्फ ग्रन्थिको बायोप्सी आदि परीक्षणहरू गरिन्छ । म्यामोग्राफीबाट नै पहिलोपटक स्तन क्यान्सरको निदान गरिन्छ ।

स्तन क्यान्सर लागेपछि यसको उपचार प्रविधि जटिल हुन्छ । क्यान्सर कोषिकाहरू मार्न, ट्युमरलाई चाउरी पार्न र अन्य उपचारले निको नभए वा शरीरको अन्य भागमा फैलिएमा केमोथेरापीद्वारा यसको उपचार गरिन्छ । क्यान्सर तन्तुहरू नष्ट गर्न विकिरण थेरापी प्रयोग गरिन्छ । क्यान्सर उत्पादनमा सहयोगी हार्मोनहरूलाई निस्तेज गर्न हार्मोन थेरापी गरिन्छ । यसबाट पनि निको नभएमा वा क्यान्सर अन्यत्र फैलिने किसिमको भएमा अप्रेसनद्वारा क्यान्सरका तन्तुहरू, गिर्खा, सम्पूर्ण स्तन वा लिम्फ ग्रन्थिलाई काटेर हटाइन्छ । बिरामीले चाहेमा प्लास्टिक सर्जरीद्वारा कृत्रिम स्तन राख्न सकिन्छ ।

स्थानीय उपचारजस्तै विकिरण र शल्यक्रियाबाट रोगग्रस्त भागको वरपिर उपचार गरिन्छ भने केमोथेरापीले सम्पूर्ण शरीरमा उपचार गर्छ । प्रायः महिलालाई मिश्रति उपचार प्रभावकारी हुन्छ । प्रथम, द्वितीय, तृतीय अवस्थाको स्तन क्यान्सरको उपचारको लक्ष्य क्यान्सर निको पार्ने र दोहोरनि नदिने हो । चौथो अवस्थाको क्यान्सर उपचारको लक्ष्य लाक्षणिक उपचार र आयु लम्बाउने खालको हुन्छ । अधिकांश बिरामीमा चौथो अवस्थाको स्तन क्यान्सर निको हुँदैन । अक्युपञ्चर, मसाज, हर्वलथेरापी, भिटामिन, ध्यान, योग आदिबाट दुखाइ र कमजोरी हटाउने तथा मनोवैज्ञानिक लाभ प्रदान गर्न सकिन्छ ।

वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न सकिँदैन तथापि सन्तुलित आहारबिहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ । सकभर विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो । निम्न उमेरमा परीक्षण गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ ।

  • २० वर्षसम्मको उमेरमा : परविर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तन परीक्षण गर्ने ।
  • २०-३९ वर्षको उमेरमा : प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने ।
  • ४०-४९ वर्षको उमेरमा : प्रत्येक एक-दुई वर्षको अन्तरालमा म्यामोग्राफ गर्ने ।
  • ५० वर्ष र तत्पश्चात् : प्रत्येक वर्ष म्यामोग्राफ गर्ने ।

पुरुषमा स्तन क्यान्सर[सम्पादन गर्ने]

पुरुषमा स्तन क्यान्सर विरलै पाइएको छ । अमेरकि क्यान्सर सोसाइटीले सन् २०००मा १ हजार ७ सय २० पुरुषमा स्तन क्यान्सर पत्ता लगाएको थियो । पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ भन्ने जानकारी नहुनाले अन्तिम अवस्थामा यस रोगको परीक्षण गर्छन् । त्यसकारण मृत्युदर उच्च हुन्छ । ६० देखि ७० वर्षका पुरुषहरू स्तन क्यान्सरको जोखिम समूहमा पर्छन् । कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुन्छ । अन्य क्यान्सरजस्तै स्तन क्यान्सर पनि नेपाली महिलाहरूलाई चुनौतीको विषय बनेको छ । नेपाल क्यान्सर सोसाइटीका अनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ ।

नेपालमा स्तन क्यान्सर[सम्पादन गर्ने]

नेपालका दुर्गम जिल्लाहरूमा महिलाहरूलाई स्तन क्यान्सरबारे जानकारी नै छैन । स्तनमा गिर्खाहरू आए पनि रोग लुकाउने प्रवृत्ति व्याप्त छ । लाज तथा संकोचका कारण अधिकांश नेपाली महिलाहरू स्तन परीक्षण गराउन अस्पताल जाँदैनन् र अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन् । त्यतिबेलासम्म उपचारको विकल्प समाप्त प्रायः भइसकेको हुन्छ । नेपालमा ३० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ । ४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिलाहरू प्रत्यक वर्ष म्यामोग्राफी गर्छन् भने नेपालमा एक प्रतिशतले पनि म्यामोग्राफी गर्दैनन् । यकिन तथ्यांक नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरएिको छ । स्तन क्यान्सरबारे सबै वर्ग र क्षेत्रका महिलाहरूमा जनचेतना फैलाउने, म्यामोग्राफी सेवाको विस्तार गर्ने तथा स्वास्थ सेवालाई विकेन्द्रिकित गर्ने हो भने स्तन क्यान्सरको समयमै निदान तथा उपचार हुनेछ ।

गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ । आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा, बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुने उनले बताए  । त्यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

स्तनको स्वयं परीक्षण[सम्पादन गर्ने]

स्तनको विकास युवावस्थामा प्रवेश गरेको प्रमुख लक्षण हो । प्रायःजसो किशोरीहरूमा महिनावारी हुनुपूर्व स्तनको वृद्धि सुरु हुन्छ । यौवनावस्थामा प्रत्येक केटीको स्तनमा नियमित रूपमा परविर्तन हुन्छ । जब स्तन बढ्दै जान्छ, स्तनभित्र एक प्रकारको गिर्खा महसुस हुन्छ । महिनावारीको समयमा स्तन बढी संवेदनशील, सुन्निने र दुख्ने गर्छन् । यो सामान्य अवस्था हो । युवावस्थामा आफैँले आफ्नो स्तन परीक्षण गर्ने बानी बसाल्ने हो भने पछि देखिने असामान्य परविर्तन सहजै थाहा पाउन सकिन्छ । यो परीक्षण कुनै लाजको विषय वा गर्न नहुने काम पटक्कै होइन । जसरी हामीले आफ्नो कपाल, अनुहार आदिलाई स्याहार गर्छौं, त्यसरी नै स्तनलाई पनि महिनाको एकपटक केही मिनेट समय दिएमा स्तन क्यान्सरको जोखिम पत्ता लगाउन सकिन्छ ।

आफ्नो स्तन आफैँ परीक्षण गर्ने सबैभन्दा उपयुक्त समय महिनावारी भएको एक सातापछि हो, जुन समयमा स्तनहरू दुख्ने तथा ठूला हुने हुन्छन् । नुहाउने समयमा वा नुहाएर ठूलो ऐनाअगाडि उभिएर परीक्षण गर्नु सबैभन्दा उपयुक्त हुन्छ । स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तनको आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने चिकित्सकको भनाइ छ । 

स्तन परीक्षण गर्ने विधि[सम्पादन गर्ने]

१. ठूलो ऐनाअगाडि निर्वस्त्र उभिएर तपाईंको देब्रे हात उठाउनूस् अनि दाहिने हातले देब्रे स्तनको परीक्षण गर्नुस् ।

२. तपाईंको देब्रे हातका बीचका तीनवटा औँलाहरूको संवेदनशील भागले (ल्याप्चे लगाउने भाग, टुप्पो होइन) स्तनको वरपिरी गोलाकार रूपमा विस्तारै मालिस गर्दै (औँला नउचालीकन) टुप्पोतिर लाग्नूस् ।

३. स्तनमा अाैँलाले दबाएर विभिन्न किसिमका तन्तुहरू अनुभव गर्नुस् । पहिले विस्तारै दबाब दिएर छालालाई मात्र परीक्षण गर्नुस् अनि मध्यम दबाब दिएर बीचका तन्तुहरू महसुस गर्ने र अन्तमा जोडले दबाब दिएर करङसम्म औँला पुर्‍याई भित्री गिर्खा, दुखाइ वा असहजता खोजी गर्ने ।

४. पूरै स्तन, छाती, पाखुरामुनि, काखी, ब्युटी बोन र काँध वरपिर छाम्ने ।

५. यसप्रकार देव्रे स्तन परीक्षण गरेपछि यसै गरी दाहिने स्तनलाई देव्रे हातले परीक्षण गर्ने ।

६. स्तनलाई ठूलो ऐनामा हेर्ने । स्तनको आकार, रंग, चाउरीपना, मुन्टो आदि हेर्ने । त्यसपछि स्तनको मुन्टोलाई विस्तारै दबाएर त्यसबाट निस्कने तरल पदार्थ हेर्ने ।

स्तनको आकार, प्रकार, रंग, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परविर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्ने ।

कारण तथा जोखिम तत्त्वहरू[सम्पादन गर्ने]

स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे तापनि निम्नलिखित कारणहरूलाई जोखिम तत्त्व मानिएको छ :

  • महिला, विशेष गरी प्रौढावस्था ।
  • वंशाणुगत -आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा ।
  • जेनेटिक कारण ।
  • १२ वर्षभन्दा पहिले महिनावारी भएका र ५५ वर्षपछि रजोनिवृत्ति भएका महिला ।
  • नियमित मदिरा सेवन गर्ने महिला ।
  • गर्भ नतुहिने औषधी (डीईएस) सेवन गरेका महिला ।
  • लामो समयसम्म परविार नियोजनका लागि हार्मोनल पिल्स वा सुई प्रयोग गरेका महिला ।
  • रजोनिवृत्तिका पाश्र्वप्रभाव घटाउन हार्मोन रप्िलेसमेन्ट थेरापी लिएका महिला ।
  • मोटोपना -मोटो महिलामा एस्ट्रोजन हार्मोन बढी उत्पादन हुन्छ । जुन स्तन क्यान्सरको कारक तत्त्व हुनसक्छ । )
  • कहिल्यै गर्भवती नभएका वा ३० वर्षपछि बच्चा जन्माएका महिला ।
  • विकिरण : बच्चा वा युवावस्थामा छातीको क्यान्सर वा अन्य रोगका लागि विकिरण उपचार गरेका महिला ।
  • स्तन कोषको असामान्य वृद्धि भएमा ।
  • निष्त्रिय जीवनशैली तथा बढी चिल्लो खाने महिला ।

लक्षणहरू[सम्पादन गर्ने]

स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन् :

  • स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
  • स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन हुनु । जस्तै- रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको ।
  • स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै- रातो, सफा वा पहेँलो, हरयिो अथवा पीपजस्तो आउनु ।
  • स्तनको मुन्टो दुख्नु ।
  • स्तनमा निको नहुने घाउ हुनु ।
  • गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।
  • सबै गिर्खाहरू क्यान्सर होइनन् । दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "WHO Disease and injury country estimates". World Health Organization. 2009. http://www.who.int/healthinfo/global_burden_disease/estimates_country/en/index.html. अन्तिम पहुँच मिति: Nov. 11, 2009.