पाठेघरको क्यान्सर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


परिचय[सम्पादन गर्ने]

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो। ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ। जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो।

महिला प्रजनन प्रणाली अत्यन्तै संवेदनशील, परविर्तनशील, हर्मोन तथा रसायनहरूको तीव्र प्रभावयुक्त हुने भएकाले पाठेघरको क्यान्सरबाहेक योनिको क्यान्सर, योनिद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि विद्यमान छन्। त्यस्तै, स्तनको क्यान्सर पनि अत्यन्तै ठूलो मात्रामा पाइने क्यान्सर हो। चेतनाको अभाव, आर्थिक-सामाजिक अवस्था तथा लाजका कारण धेरै महिलाहरू नियमित रूपमा प्रजनन प्रणालीको जाँच गर्दैनन्, जसले गर्दा उपचारको प्रभावकारतिा कम र मृत्युदर बढी हुन्छ।

पाठेघरमा बाहिरी तह 'इन्डोमेटि्रयम' र भित्री मासुको तह 'मायोमेटि्रयम' हुन्छन्। जसमध्ये बाहिरी तहको क्यान्सर अर्थात् इन्डोमेटि्रयल क्यान्सर ९५ प्रतिशत र भित्री तह अर्थात् मायोमेटि्रयल क्यान्सर पाँच प्रतिशत मात्र हुन्छ। तसर्थ, पाठेघरको क्यान्सरलाई इन्डोमेटि्रयल क्यान्सर पनि भनिन्छ। पाठेघरमा असामान्य कोषहरूको वृद्धि भएपछि पाठेघर सुन्निने, मासु, फोका वा गुच्छाजस्तो पलाउने हुन्छ। क्यान्सरमा परिणत नहुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुँदैनन्, उपचार वा शल्यक्रियापछि निको हुन्छ र पुनः उम्रँदैनन्, वरपिर िअवयवका कोष तथा तन्तुलाई हानि गर्दैनन् र शरीरको अन्य भागमा फैलिँदैनन्। क्यान्सरमा परण्िात हुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुन्छन्, शल्यक्रिया गरेर हटाए पनि पुनः वृद्धि हुन्छन्, नजीकका तन्तु तथा अंगहरूमा असर गर्छन् र शरीरको अन्य भागमा पनि फैलिन्छन्।

समयमै पाठेघरको क्यान्सरको निवारण नगरेमा पाठेघरका अर्बुद कोषहरू लिम्फ नलीमार्फत लिम्फ ग्रन्थिहरूमा पुग्छन्। त्यहाँबाट रक्तनली हुँदै फोक्सो, कलेजो, हड्डी तथा मस्ितष्कमा पुग्छन्।

४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ। ५० वर्ष उमेरमाथिका महिलाहरू अर्थात् रजोनिवृत्ति भएका महिलाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ र पाठेघरको क्यान्सर भएका महिलाहरूमध्ये ४० वर्षभन्दा बढी उमेरका महिलाहरू ९५ प्रतिशत हुन्छन्। महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ। लामो समयसम्म 'इस्ट्रोजेन हर्मोन' मात्र सेवन गर्ने महिलाहरू, कहिल्यै गर्भवती नभएका महिलाहरू, जीवनकालमा सामान्यभन्दा धेरैपटक महिनावारी भएका महिलाहरू, ट्युमर/फाइब्राइड आदिको लामो समयसम्म शल्यक्रिया नगरेका महिलाहरू, वंशाणुगत कारण, अधिक मोटोपन आदि पाठेघरको क्यान्सरका प्रमुख कारक मानिएको छ। गर्भवती भएका महिलाहरू, परविार नियोजनका लागि मिश्रति हर्मोन -इस्ट्रोजेन र प्रोजेस्टेरोन) सेवन गर्ने महिलाहरू तथा स्वस्थ जीवनशैली अवलम्बन गर्ने महिलाहरू पाठेघरको क्यान्सरबाट अपेक्षाकृत रूपमा सुरक्षित हुन्छन्।

पाठेघरमा अनियन्त्रित ट्युमर वा क्यान्सर भएमा क्यान्सरको फैलावटलाई रोक्न शल्यक्रियामार्फत पाठेघर फ्याँकिन्छ। पाठेघर फ्याँकेपछि बच्चा नभए पनि यौन जीवनलाई खासै फरक पर्दैन। पाठेघर बाहिर क्यान्सर हुने सम्भावना देखिएमा पाठेघरका साथै डिम्ब नली र डिम्बाशय पनि निकालिन्छ। त्यस्तै विकिरण, केमोथेरापी, प्रोजेस्टेरोन हर्मोनको प्रयोग, तल्लो पेटवरपिरकिा लिम्फग्रन्थी हटाउने आदि उपचार गरन्िछ। कडा विकिरण चिकित्साले ट्युमरलाई चाउरी पार्छ र क्यान्सर कोषको डीएनएलाई क्ष्ाति गर्छ, जसले अर्वुद कोषहरूको वृद्धि हुन सक्दैन। त्यस्तै केमोथेरापीको प्रयोगले वृद्धि भइरहेका अर्बुद कोषहरूलाई शीघ्र हटाउँछ।

पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन, त्यसकारण रोकथाम कठिन छ। हामीलाई थाहा भएका सम्भावित कारणहरू र हानिकारक तत्त्वहरू त्यागेर रोकथामको प्रयास गर्ने हो। संक्रमणको समयमै उपचार, सन्तुलित आहारविहार, सुरक्ष्ाित यौन अभ्यास, धुम्रपान त्याग, नियमित रूपमा योनिश्रावको परीक्षण, शारीरकि अभ्यास, लाक्षणिक उपचार, मनोवैज्ञानिक सहयोग, क्यान्सरका बारेमा जनचेतना विस्तारजस्ता उपायहरूले रोग प्रतिरोधात्मक शक्ति तथा मनोबल वृद्धि हुन्छ। समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ। पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ। हाम्रोजस्तो अविकसित, स्वास्थ्य चेतना एवं सेवा केन्द्रीकृत भएको मुलुकमा कमसेकम प्रत्येक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड र योनिश्रावको जाँच गर्ने न्यूनतम व्यवस्था भएमा पाठेघरको क्यान्सरको समयमै निदान भएर महिलाको मृत्युदर घट्ने सुनिश्चित छ।

सामान्य लक्षणहरू[सम्पादन गर्ने]

९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ। महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ। त्यस्तै महिनामा दुई-तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि।

  • यौन सम्पर्कको समयमा बढी पीडा हुनु।
  • तल्लो पेट दुख्ने, सुन्निने तथा हावा भरिएजस्तो हुनु।
  • मूत्रत्यागपछि मूत्राशयमा पीडा र गाह्रो अनुभव हुनु।
  • शारीरकि तौल अस्वाभाविक रूपमा घट्नु वा बढ्नु।

पाठेघरको क्यान्सरको अवस्था[सम्पादन गर्ने]

  • पहिलो अवस्था ः क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।
  • दोस्रो अवस्था ः पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।
  • तेस्रो अवस्था ः क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।
  • चौथो अवस्था ः क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।

जाँचपडताल[सम्पादन गर्ने]

  • चिकित्सकद्वारा योनि, योनिद्वार, पाठेघरको मुख तथा पाठेघरको आकार, प्रकार एवं अवस्था परीक्षण।
  • अल्ट्रासाउन्ड -ट्रान्सभेजिनल)।
  • पाठेघरको मासुको बायोप्सी जाँच।
  • एमआरआई।
  • छातीको एक्स रे -फोक्सोमा ट्युमर पत्ता लगाउन)।
  • कोलोनोस्कोजी परीक्षण।
  • शल्यक्रिया वा क्युरेट गरेर परीक्षण।
  • सीटी स्क्यान आदि।

कारण/कारक तत्त्वहरू[सम्पादन गर्ने]

  • वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट निम्नलिखित कारक तत्त्वहरू प्रमाणित गरेका छन् ः
  • लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्ने महिलाहरूमा।
  • मोटोपना ः शरीरमा भएको अत्यधिक बोसोले अन्य महिलाको तुलनामा ३ देखि १० गुणा हर्मोनको उत्पादन हुन्छ।
  • पारविारकि इतिहास ः आमा, दिदी, बहिनी तथा छोरीलाई क्यान्सर भएमा।
  • कहिल्यै गर्भवती नभएका महिला तथा ३५ वर्षपछि गर्भवती भएका महिलाहरूमा।
  • महिनावारी १२ वर्ष पहिले सुरु भएका र रजोनिवृत्ति ५५ वर्षपछि भएका महिलाहरूमा।
  • स्तन, डिम्बाशय वा आन्द्राको क्यान्सर भएका महिलाहरूमा।
  • स्तन क्यान्सरको उपचारका लागि लामो समयसम्म टामोक्सिफेन औषधी प्रयोग गररिहेका महिलाहरूमा।
  • पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा।
  • मधुमेह तथा उच्च रक्तचाप भएमा।
  • तल्लो पेटमा बारम्बार विकिरण -एक्स रे औषधी)को प्रयोग भएमा।
  • धेरै धुम्रपान गर्ने महिलाहरूमा।
  • ह्युमन पापिलोमा भाइरस, एचआईभी/एड्स वा अन्य निरन्तर संक्रमण भइरहेमा।
  • पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा।
  • एस्ट्रोन प्रतिस्थापन उपचार निरन्तर गरेमा।

रोकथाम[सम्पादन गर्ने]

  • नियमित स्वास्थ्य परीक्षण गर्ने।
  • तौल घटाउने।
  • सन्तुलित आहारको सेवन गर्ने।
  • कम चिल्लो र बढी रेसायुक्त खाना खाने।
  • धुम्रपान नगर्ने।
  • नियमित व्यायाम गर्ने।
  • तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने
  • स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने।
  • अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्‍याउने।
  • चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने।
  • साभा‍रः [१] -डा रवीन्द्र पाण्डे