स्नेहलता श्रीवास्तव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्नेहलता श्रीवास्तव
राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्कको अध्यक्ष
उतराधिकारीवर्तमान
व्यक्तिगत विवरण
जन्म (1957-09-18) १८ सेप्टेम्बर १९५७ (उमेर ६६)
राष्ट्रियताभारतीय

श्रीमति स्नेहलता श्रीवास्तव (जन्म १८ सेप्टेम्बर १९५७) भारतको राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क को अध्यक्ष हुन् ।[१] उनी मध्य प्रदेश कैडरको १९८२ बैचको भारतीय प्रशासनिक सेवा अधिकारी हुन् र वित्तीय सेवा विभाग, वित्त मंत्रालय, भारत सरकारमा अपर सचिवको पदमा विराजित छिन् । उनी आईडीबीआई बैङ्क लिमिटेड, आईडीएफसी लिमिटेडभारतीय साधारण बिमा निगम को निर्देशक मंडलमा एक निर्देशक पनि छिन् ।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

श्रीमती स्नेहलता श्रीवास्तवको जन्म १८ सेप्टेम्बर १९५७ मा भएको थियो । उनी शहरी भूगोलमा विशेषज्ञताको संगै भूगोलम स्नातकोत्तर छिन् र उनले क्षेत्रीय आयोजना र आर्थिक विकासमा एम फिल गरेकी छिन् ।[१]

करियर[सम्पादन गर्नुहोस्]

भारतीय प्रशासनिक सेवाको ३० साल भन्दा बढी आफ्नो कार्यकालमा उनले विविध कार्यक्षेत्रहरूमा काम गरेकी छिन् जसमा वित्त, दूरसंचार, राजमार्ग, राजस्व, बहुपक्षीय बैङ्क अर्थात् विश्व बैङ्क र एसियाई विकास बैङ्क, विदेशी मुद्रा नियन्त्रण, अमेरिका र क्यानाडाको सम्बन्धमा द्विपक्षीय सहयोग शामिल छन ।

विदेशी मुद्रा प्रबन्ध अधिनियम (फेमा) बनाउने समय श्रीमती श्रीवास्तवले फेमाको तहत विभिन्न विनियम तैयार गर्नमा महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । मध्य प्रदेशमा, जिल्ला मजिस्ट्रेट र उप डिवीजनल मजिस्ट्रेटको रूपमा कानुन र व्यवस्थाबाट सम्बन्धित कार्य गर्नु बाहेक शिक्षा, खनन, भूमि प्रबन्धन, बिजली र उद्योग जस्तो क्षेत्रहरूमा पनि काम गरेकी छिन् । उनी तिन साल सम्म मध्य प्रदेशको वित्त विभागमा निर्देशक, बजट पनि रहिन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "निदेशक मण्डल", राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क, आधिकारिक वेबसाईट, अन्तिम पहुँच ३० नोबेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]