स्वप्नदोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आफ्नो नामका विपरीत स्वप्नदोष (Nocturnal emission) कुनै दोष न भएर एक स्वाभाविक शारीरिक क्रिया हो जसका अन्तर्गत एक पुरुषलाई निंदाएका बेला वीर्यपात (स्खलन) हुन जान्छ, त्यतिखेर पुरुष एक स्वतःस्फूर्त यौनानन्दको अनुभव पनि गर्दछन् । यो प्रक्रिया स्त्रीहरूमा पनि देखिन्छ । स्वप्नदोष, किशोरावस्था र सुरुवाती वयस्क वर्षहरू का बेला हुने एक सामान्य घटना हो, तर यो उत्सर्जन यौवनका पछि कुनै पनि समय हुन सक्छ । आवश्यक छैन कि प्रत्येक पुरुष स्वप्नदोषलाई अनुभव गर्छन्, जहाँ अधिकांश पुरुष यसलाई अनुभव गर्दछन् त्यहीं केही पूर्ण रूपले स्वस्थ र सामान्य पुरुष पनि यसको अनुभव गर्दैनन् । स्वप्नदोषका बेला पुरुषहरूलाई कामोद्दीपक सपना आउन सक्छ र यो स्तंभन बिना पनि हुन सक्छ ।

स्वप्नदोषका बेला यौनसुखका बद्ला झुनझुनी, जस्तै पिशाब निंस्कदै गरेको वा जस्तै पिशाब लागेको जस्ता अनुभूति हुन सक्छ । धेरै किशोर यस बेला निन्द्राबाट जाग्छन् र तिनमा एक लज्जाको भावना आउँछ कि उनले सुत्दा बिछाउँना गिलो गरेकोछ । सामान्य अवस्थामा स्त्रीसँग संभोगरत पुरुषले चरम अवस्थामा वीर्यपात गर्छ तर स्वप्नदोष हुँदा चाहिँ स्त्रीभोगको कल्पनाले नै वीर्यपात गराउँछ ।

स्वप्नदोष, एक कामोद्दीपक सपना पछि हुने एक स्वाभाविक शारीरिक प्रतिक्रिया हो जसको कारण पुरुष व्यक्तिको भित्र लगातार उत्पादित हुँद रहेको शुक्राणु कोशिकाहरूको प्रशस्त रूपमा शरीरबाट बाहिर निकाल्छ ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]