किशोरावस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किशोरावस्था ल्याटिन बहसको Adolescere शब्दबाट अङ्ग्रेजी भाषामा Adolescence शब्द आयको हो जसको अर्थ हुन्छ - To grow or to grow to maturity । अर्थात् परिपक हनु । यो बल्याबस्ताबाट प्रौढतातिर लम्कने आबस्था हो । यो अवस्था भनेको बाल्यावस्थायौवनावस्थाको बीचको आबस्था हो । यो अवस्था शाररिक, मानसिक, संबेगात्मक तिब्र परिबर्तनको अवस्था हो । यो अवस्थालाई teenage पनि भानिन्छ ।

बालक र बालिकाहरु बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरक पन आउँछ | शारीरिक स्वरूपमा नै परिवर्तन देखिने यो उमेरलाई किशोरअवस्था भनिन्छ | किशोरावस्था भनेको कुनै व्यक्ति बाल्यकालबाट वयष्क हुने परिवर्तनशील अवस्था हो । यसै बेलामा किशोर तथा किशोरीहरूको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास हुन्छ र उनीहरू परिपक्व हुने गर्दछन् । यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तन एकदमै प्रमुख हुन्छन् । 

किशोरावस्था तहहरु[सम्पादन गर्नुहोस्]

प्रसिद्ध बाल मनोबिज्ञानीक Hurlock ले किशोरावस्थालाई दुई भागमा बिभाजन गरेकी छन्। [१]

  • प्रारम्भिक किशोरावस्था

यो अवस्था सामान्य तय १३ वर्षको उमेरदेखि १६/१७ वर्षको उमेर सम्म मानिन्छ ।

  • उत्तर किशोरावस्था

यो अवस्था सामान्य तया १७ वर्षको उमेरदेखि १९ वर्षको उमेर सम्म मानिन्छ ।


किशोरावस्था र शारीरिक परिवर्तन[सम्पादन गर्नुहोस्]

केटाहरूमा हुने परिवर्तन 

  • हलक्क बढ्नु र काँध चौडा हुनु हलक्क बढ्नु र
  • दाह्री जुगा आउनु,
  • स्वर धोद्रो हुनु,
  • काखीमुनि रौं आउनु,
  • यौनाङ वरिपरि रौं आउनु,
  • पसिनाग्रन्थि बढी सक्रिय भई पसिना धेरै आउनु,
  • डण्डिफोर आउनु,
  • लिङ तथा अण्डकोष बढ्नु,
  • विर्य उत्पादन सुरु हुनु,
  • लिङ उत्तेजित हुने क्रम बढ्नु,
  • स्वप्नदोष हुनु आदि |

केटीहरूमा हुने परिवर्तन…

  • पुठ्ठो चौडा हुनु
  • तिघ्रा सोली आकारको हुनु
  • स्वर अझै सुरिलो हुनु
  • काखीमुनि रौं आउनु
  • यौनाङ वरिपरि रौं आउनु
  • पसिनाग्रन्थि बढी सक्रिय भई पसिना धेरै आउनु
  • डण्डिफोर आउनु
  • पाठेघर बढ्नु
  • महिनावारी सुरु हुनु
  • स्तन बढ्नु
  • स्वप्नदोष हुनु आदि |

यी शारीरिक परिवर्तन सबैमा एकनास नभई व्यक्तिअनुसार चाँडो ढिलो वा कम बेसी हुनेगर्छ ।

भावनात्मक र व्यावहारिक परिवर्तन[सम्पादन गर्नुहोस्]

  • अर्को व्यक्ति प्रति यौनको दृष्टिकोणले आकर्षण बढ्नु जुन विपरीत लैङ्गिकता, उस्तै लैङ्गिकता, महिला पुरुष दुबै प्रति लगायतका विविध यौन अभिमुखिकरण अनुसार हुन सक्छ ।
  • यौन चाहना प्रकट हुनु तथा यौनसम्बन्धी कुराको खोजिनीति गर्ने हुनु ।
  • मिनोदशामा चाँडो चाँडो परिवर्तन हुनु ।
  • बढि स्वतन्त्र हुने कोशिश गर्नु ।
  • अधिकारिक व्यक्ति तथा परिवारको विद्रोह गर्नु र आमाबाबुको विरोधी हुनु ।
  • एक्लै बस्न मन पराउनु ।
  • सोचाइहरु परिवर्तन भइरहनु
  • बहस गर्नु र कम आज्ञाकारी हुनु ।
  • बढी गोपनीयता चाहनु
  • शारीरिक परिवर्तन बारेमा बढी सोच्नु र आफ्नो स्वरुपबारे अलमलिएको हुनु ।
  • महिनावारी, स्वप्नदोष, हस्तमैथुन, स्तन वा लिङको आकारबारे बढी चिन्ता गर्नु ।
  • के म आफैं ठीक छु भन्ने प्रश्न गर्नु ।
  • लक्ष्यहरु परिवर्तन भइरहनु ।
  • दिवास्वप्न देख्नु र बढी कल्पनाशील हुनु अर्थात काल्पनिक तथा असम्भव कुरा सोच्नु ।
  • आफ्नै मूल्य तथा मान्यताहरूको विकास सुरु गर्नु ।
  • आफ्ना समस्यालाई बढाइचढाइ गर्नु, कसैले बुझदैन भन्ने सोचाइ हुनु ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Developmental Psychology, A life span Approach, New Delhi: Tata Mc GRAW-Hill। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

युवाहरूको १० प्रश्नका जवाफहरू