हस्तमैथुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महिला हस्तमैथुन क्रिया
पुरुष हस्तमैथुन क्रिया

हस्तमैथुन भन्नाले आफ्नो यौन अङ्गलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ।[१]पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा महिलाहरूले केही कम गर्ने भए पनि उनीहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ। महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना महत्त्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द थपिन्छ।

विधि[सम्पादन गर्नुहोस्]

हस्तमैथुन विभिन्न तरिकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा विद्युतीय साधन (डिल्डो), भाइब्रेटर, जी स्पट स्टिमुलेटर, थुक, जेलीको प्रयोगद्वारा यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन्। 

महिला हस्तमैथुन क्रिया[सम्पादन गर्नुहोस्]

भङ्गाकुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सायद सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो। यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउने सकिन्छ । चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिला विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् । योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्नु अर्को प्रमुख विधि हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुर्पछ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न बिर्सनु हुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । औंला पसाउँदा आफूलाई आनन्द पाउने स्थान योनिमा खोज्न सकिन्छ, जुन सामान्यता योनिको अगाडितिरको भित्तामा केही भित्र जघनास्थी (pubic bone) र पाठेघरको मुखको बीचतिर हुन्छ । यसरी हस्तमैथुन गर्दा केही महिलाले थप यौन उत्तेजनाका लागि स्तनलाई पनि प्रयोग गर्ने देखाएका छन् । भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्त्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ जसले आनन्द थप्छ नै । यीबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुम्सुम्याइ यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अङ्ग्रेजीमा vibrators (भाइब्रेटर) भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा पाइन्छन् । हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ । हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ ।

भ्रम र तत्थ[सम्पादन गर्नुहोस्]

वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाई बाहिर नल्याएसम्म हस्तमैथुनलाई पनि रोग र असन्तुलित मानसिकताको उपज भनेर हेयदृष्टिले हेर्ने, व्यवहार गर्ने चलन थियो । तर, अहिले हस्तमैथुनसम्बन्धी विभिन्न भ्रम निवारण भइसकेका छन् । हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो । बिबाह हुनु अगाडिका यौन आकांक्षाहरु सरल रूपमा पुरा गर्ने मध्यम हो । यसर्थ हस्तमैथुन गरेकोमा आफुलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोसी महसुस गर्नुमा कुनै तुक छैन ।

विर्य शरीरमा जम्मा गरेर राख्ने अनि पछि धेरै बनाएर प्रयोग गर्ने चिज होइन । यो आबस्यकता अनुसार नियमित रूपमा बनिरहन्छ । लगातार हस्तमैथुन गर्दा विर्यको मात्रामा केहि कमि आउनसक्छ, विर्य केहि पातलो लाग्न सक्छ तर यसले प्रजनन प्रकृयामा नुक्सान पुर्याउदैन । केहि दिन हस्तमैथुन नहुदा विर्यको मात्रा र गुण फेरी पहिलाकै अवस्थामा फर्कन्छ ।

उम्लिएको यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधिमा पर्छ हस्तमैथुन । हस्तमैथुनले यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यताबाहिर परेको यौनसम्बन्धबाट बचाउँछ । असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौन रोगबाट जोगाउँछ । हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो मनमस्तिष्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछि यौनजीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम  पालेर आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रमबाहेक केही होइन ।

हस्तमैथुनकै कारण मानिस दुब्लाउँदैन । कति हस्तमैथुन गर्ने भन्ने विषय व्यक्तिको यौन चाहना भएका बेला यौनसाथीको अभावको परिस्थितिले निर्धारण गर्ने कुरा हो । हस्तमैथुन गरेको विषयलाई चिन्ताको रूपमा लिएपछि मात्रै कोही दुब्लाउन सक्छन् । अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन । तर, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर धेरै नै अग्रगामी बन्ने दुस्साहस कसैले गर्नु हुँदैन ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Masturbation - Is Masturbation Normal or Harmful? Who Masturbates? Why Do People Masturbate?", Webmd.com, २०१०-०३-०४, अन्तिम पहुँच २०११-०८-१७ 

यो पढ्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]