सामग्रीमा जानुहोस्

हाइपरथाइरोडिजम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाइपरथाइरोडिजम
विभाग:ग्रन्थिशास्त्र Edit this on Wikidata

हाइपरथाइरोडिजम थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनहरूकोमात्रामा आएको गडबडीले गर्दा हुने रोग हो। रक्तपरीक्षण गर्दा यदि रगतमा टी फ़ोर र टी थ्री हर्मोन बढी देखिने र टी एस एच हर्मोन घटेको देखिएमा हाइपरथाइरोडिजम भएको बुझिन्छ । रगतमा थाइरोइडको मात्रा बढी हुने रोगलाई नै हाइपरथारोडिजम भनिन्छ ।

१.घाँटीमा भाइरसको कारणले संक्रमण भएमा थाइरोइड ग्रन्थीको नियमित कार्य विथोलिन सक्छ र सो ग्रन्थी सुन्निएर तातो र रातो हुन्छ । यस्तो अवस्थामा पहिले बनिसकेका हर्मोन निस्किन्छ र हाइपरथाइरोडिजमको लक्षण देखिन्छ ।
२.थाइरोइड ग्रन्थीमा एक वा बढी गिर्खा भएको कारणले गर्दा धेरै हर्मोन उत्पादन गरिरहेको हुन सक्छ जसले गर्दा हाइपरथाइरोडिजमको लक्षण देखिन्छ ।
३.थाइरोइड बनाउन निर्देशन दिने हर्मोन टीएसएच जस्तै खालका एन्टिवडिजले थाइरोइड ग्रन्थीलाई हर्मोन बनाइरहन निर्देशन गरिरहन्छ, यस्तो अवस्थालाई ग्रेभस् रोग भनिन्छ । यसबाट थाइरोइड हर्मोन उत्पादन बढिरहेको हुन्छ र हाइपरथाइरोडिजमको लक्षण देखिन्छ ।

१.मुटु ढुकढुक गर्ने, हात काम्ने, पसिना खलखली आउने,झाडापखाला हुने, वजन घट्ने, थकान महसुस हुने, जीउ गल्ने, हातखुटा दुख्ने आदि समस्या देखिन्छ ।
२.कसैकसैमा आँखा अलि अगाडि बढ्ने समस्या देखिन्छ ।
३.महिलाको महिनावारी गडबढ हुन्छ।
४.गर्भ नरहने समस्या हुनसक्छ वा रहेपनि खस्ने समस्या आउन सक्छ ।
५.गर्भवती अवस्थामा विभिन्न जटिलताहरु आउन सक्छ।

निदानका विधिहरु

[सम्पादन गर्नुहोस्]

१.थाइरोइड ग्रन्थी भाइरसको संक्रमणको कारणले बिथोलिएर हाइपरथाइरोडिजम भएको अवस्थामा व्यक्तिको अनुगमन गर्न जरुरी हुन्छ । यो आफै निको हुन सक्छ । यस्तो खालको हाइपरथाइरोडिजममा थाइरोइड घटाउने औषधीको खासै आवश्यकता पर्दैन। यसमा विरामीलाई धैर्य गर्न र औषधीको जरुरी नभएको जानकारी दिनुपर्छ । यो आत्तिनुपर्ने रोग होइन भनेर विरामीलाई सम्झाउनु पर्छ ।

२.थाइरोइड ग्रन्थीमा एक वा बढी गिर्खा भएर र ग्रेभस् रोग भएर हाइपरथाइरोडिजम देखिएको अवस्थामा निम्न ३ उपायहरूबाट निदान गर्न सकिन्छ:

  • क. औषधीको प्रयोग गरेरः

थाइरोइड बढ्ने(उत्पादन क्रमलाई) औषधीको प्रयोगले थिचेर राख्न सकिन्छ । यस्तो औषधी दैनिक एक, दुई वा तीन पटकसम्म खान सकिन्छ । यसको धेरै नकारात्मक असरहरु हुदैन तर कसैकसैलाई कलेजो खराब गर्ने, किटाणुसंग लड्ने क्षमतालाई कमजोर बनाउने आदि हुन सक्दछ । यदि औषधी प्रयोग गर्दा गदै कुनै नकारात्मक असरहरु देखा परेमा तुरुन्त चिकित्सकसंग भेटी औषधी बन्द गर्नुपर्ने हुन्छ । औषधीले थाइरोइड ग्रन्थी घटाउने होइन्, उत्पादन भएको हर्मोनलाई थिचेर सन्तुलित अवस्थामा राख्न मात्र मदत गर्दछ ।

  • ख. शल्यक्रिया गरेरः

शल्यक्रिया मार्फत थाइरोइड ग्रन्थी निकालेर थाइरोइडको उत्पादन रोक्न सकिन्छ । शल्यक्रिया गर्दा घाटीमा दाग बस्न सक्छ र स्वर भासिनसक्छ ।

  • ग. रेडियो एक्टिभ आयोडिनको सेवन गरेरः

रेडियो एक्टिभ आयोडिन भनेको टल्किने तत्व राखिएको एक किसिमको रेडियो लेभल आयोडिन हो। थाइरोइड हर्मोनको उत्पादन नियन्त्रण गर्न रेडियो एक्टिभ आयोडिनको सेवन गराइन्छ । यो खाएपछि सीधै ग्रन्थीमा गएर सञ्चित हुन्छ र त्यसको विनास गरिदिन्छ । यसरी थाइरोइड ग्रन्थीले थाइरोइड हर्मोन उत्पादन गर्न सक्दैन।

अनुसन्धानहरूका अनुसार ९० प्रतिशत भन्दा बढी विरामीलाई एक पटकको उपचारले सम्पूर्ण निको हुन्छ तर ५ देखि १० प्रतिशतलाई एक पटकमा निको भएन भने ६ महिनासम्म अनुगमन गरी पुनः उपचार गर्नुपर्ने हुन्छ । यो उपचार गर्दा पुरुषको वीर्य वा महिलाको अण्डमा असर नपरोस् भनेर एक वर्षसम्म बच्चा नजन्माउनु राम्रो हुन्छ । कालान्तरमा बच्चा जन्माउन यो उपचार विधिले कुनै समस्या पार्दैन ।