केतुके
| केतुके | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
| प्राकृतिक समूह: | एकदलीय वनस्पति |
| गण: | एस्पारागेल्स |
| परिवार: | Asparagaceae |
| उपपरिवार: | Agavoideae |
| वंश: | Agave L., 1753[१] |
| प्रजाति: | A. americana
|
| वैज्ञानिक नाम | |
| Agave americana L., 1753[१] | |
केतुके अर्थात क्यातुके वा हात्तीबार लाई अङ्ग्रेजीमा सेन्चुरी प्लान्ट (century plant) वा अमेरिकन अलो (American aloe) भनेर चिनिन्छ । केतुके एक किसिमको काँडादार वनस्पति हो। यसका ठूलठूला काँडादार पात हुन्छन् । हात्तीलाई समेत छेक्न सक्ने भएकाले यसलाई हात्तीबार भनिएको हो । कतै कतै यसलाई केतु र केतुकी पनि भनिएको सुनिन्छ । यसको पातलाई ढुङ्गामा चुटेर पानिमा गलायो भने बलियो रेशा निस्किन्छ । त्यो रेशा विभिन्न काममा प्रयोग हुन्छ ।
यो बोट रोपेको १५ वर्षसम्म सजिलै रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ । २ सय ५० देखि ७ हजार ५ सय मिलिलिटरसम्म वर्षा हुने स्थानमा खेती नै गर्न सकिने केतुकेको जरा सेवन गर्दा रोकिएको दिशा, पिसाब खुल्ने, महिलाहरूको महिनाबारी नियमित हुने र छिनछिनमा बेहोस हुने खालका रोगहरू निको हुने विस्वास गरिन्छ । [२]


सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Agave americana L.", Germplasm Resources Information Network, United States Department of Agriculture, २००५-०५-२३, अन्तिम पहुँच २०१०-०१-१२।
- ↑ बहुउपयोगी हात्तीबार लोपोन्मुख, घनश्याम गौतम
