हाम्रो पुस्तकालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाम्रो पुस्तकालय
सङ्क्षिप्त नामहा पु
गठन२०७३
प्रकारसंगठित
स्थान
अध्यक्ष
छिट्टै छनोट हुने प्रक्रियामा
वेबसाइटwww.facebook.com/hamropustakalaya

पुस्तकालय स्थापना गर्नु पर्ने उद्देश्यहरू:[सम्पादन गर्नुहोस्]

  • फुर्सदी समय त्यतिकै खर्च गर्न भन्दा पुस्तक पढेर ज्ञान लिन,
  • समाज विकासको नयाँ आयाम थप्न,
  • विद्यालयिय किताबजस्तै अरु किताब पनि महत्त्वपुर्ण भएको जानकारी गराई परिचित गराउन,

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

विं सं.२०६९ नौडाँडामा एउटा पुस्तकालय स्थापना गर्ने हाम्रो चाहाना हो। यस कार्यका लागि हामिले जाने बुझे जति क्रियाकलापहरु गर्दै गयौ। घरघरमा गएर सहयोग उठाउने देखि लिएर सदस्य बनाई मासिक रूपमा सदस्य सुल्क जम्मा गर्ने, स्कुलमा शिक्षकसंग अपिल गर्नेजस्ता कार्यहरू गरिए। हामिमा भएको अपरिपक्वता, नेतृत्व क्षमतामा कमजोरी , सहि व्यवस्थापनको कमि जस्ता हाम्रो आफ्नै कमजोरीले हामी अगाडि बढ्न सकेनौ। त्यसै गरी जिल्ल स्तरिय परीक्षा अनि भविस्यको एस. एल. सि लाई केन्दृत गरी थुप्रै अभिभावकको पनि दबाब पर्न थाल्यो। स्कुलमा शिक्षकहरूको नजरमा पनि हामी पढाईतिर भन्दा यश तर्फ हिड्दा नराम्रो पर्न गयो। यसरी पुस्तकालय स्थापन गर्ने महायज्ञको यात्रामा अल्पबिराम लाइयो। अहिले वि सं २०७३ साल सम्म आइपुग्दा सबै क्षेत्रबाट बुझ्दा पुस्तकालयको धेरै महत्त्व भएको बुझियो। पुस्तकालय स्थापना हुनुपर्छ भन्ने पनि धेरैको चहाना छ। सबै सदस्यमा पनि परिपक्वता छाएको पनि मैले देखेको छु।

पुस्तकालय स्थापनाका पुर्वाधारहरु:[सम्पादन गर्नुहोस्]

  1. हाम्रो पुस्तकालय फाउन्डेसन: हाम्रो पुस्तकालय फाउन्डेसन जेष्ठ महिनाको पहिलो साताबाट बिस्तार हुनेछ। यश हुने बित्तिकै बिधान माथिका छलफलका साथ पुस्तकालय स्थापना गर्न गृहकार्य सुरु गर्ने।
  2. भवन: हाम्रो पुस्तकालय नौडाँडामा कुनै सटर अथवा कोठा भाडामा लिई मङ्सिरको पहिलो साताबाट सञ्चालन गर्ने।
  3. किताब: बालकदेखि वृद्धसम्म सबैलाई समेटिने गरेर पुस्तकालयमा पुस्तकहरू सबै क्षेत्रका राख्ने।
  4. फर्निचर: बालमैत्रीपूर्ण र अपाङ्ग मैत्रीपुर्ण फर्निचरको स्रोत र साधनले भ्याए सम्मको व्यवस्था।
  5. समय: हाम्रो पुस्तकालय बिहान१०:०० बजेबाट अपारह्ण ३:०० बजे सम्म खुल्ला रहने।
  6. पुस्तकालयाध्यक्ष(librarian): एक जना पुस्तकालयाध्यक्ष छानेर निश्चिति तलब दिई पुस्तकालय सञ्चालन गर्ने।
  7. पुस्तकालय सुझाव पेटिका: हाम्रो पुस्तकालयका बारेमा पाठकहरूका सल्लाह सुझाव सञ्चालक समिती सम्म पुर्‍याउनको लागि पुस्तकालय सुझाव पेटिकाको व्यवस्था ।
  8. पुस्तक चुनाव पेटिका: पाठकहरूको इच्छा र अपेक्षा अनुसार हाम्रो पुस्तकालयमा पुस्तकको व्यवस्था गर्न पुस्तक चुनाव पेटिका ।

आर्थिक सङ्कलनका बाटाहरू:[सम्पादन गर्नुहोस्]

  • buy a page को अवधारणामा विद्यालय भ्रमण गरेर शिक्षक र विद्यार्थीसँग।
  • नौडाँडामा एउटा साँस्कृतिक कार्यक्रमको आयोजना गर्नु( तीज र दसैँको बिचमा)।
  • बिदेशी तथा स्वदेशी दातृ निकायको सहकार्यमा हाम्रो पुस्तकालयको स्थापना।
  • सदस्य शूल्क तथा विभिन्न जरिवानाले पनि यसमा धेरै सहयोग पुर्‍याउनेछ ।
  • प्रत्येक वर्ष खेलिने देउसी भैलो कार्यक्रम ।
अरू भए थप गर्नुहोस्।

हाम्रो पुस्तकालयमा हुन सक्ने किताबहरू[सम्पादन गर्नुहोस्]

  1. बृहत् नेपाली शब्दकोश
  2. oxford dictionary
  3. Top10encylopedia
  4. प्रस्नोत्तर
  5. बधुशिक्षा
  6. भिखारी
  7. मुनामदन
  8. लक्ष्मी निबन्ध सङ्ग्रह
  9. ऋतु विचार
  10. मुकुन्दा इन्दिरा
  11. मुटुको व्यथा
  12. उर्वशी
  13. ज्यानमारा शैल
  14. तीन घुम्ती
  15. हिटलर र यहुदी
  16. दोषी चस्मा
  17. गौरी
  18. अन्धा मान्छेहरु र हात्ती
  19. जापानी हाइकु- हिजो र आज
  20. पागल बस्ती
  21. सिरिषको फुल
  22. खुसी
  23. खलङ्गामा हमला- एउटि नर्सको डायरी
  24. जीवन काँडा कि फुल
  25. छापामारको छोरो
  26. पल्पसा क्याफे
  27. नेपालका बाली नाली र तिनको दिगो खेती
  28. नेपालको सिमाना
  29. नेपालको राष्ट्रिय झण्डा
  30. विसर्जन
  31. अलिखित
  32. नेपालका परम्परागत प्रविधि
  33. कर्णाली लोक संस्कृती
  34. टिपन टापन
  35. वस्त्र निर्माणकला
  36. प्राकृत पोखारा
  37. आमाको सपना
  38. एब्स्ट्राक्ट चिन्तन र प्याज
  39. जय भुँडी
  40. टेडो ऎना
  41. The memory of elephants
  42. you can win
  43. समर लभ
  44. फिरफिरे
  45. जुनेली
  46. सेतो धरती
  47. समर लभ-२ (साँया)
  48. नेपाली गीतका किताब (with guitar chord )
  49. Cindrella
  50. Beauty and the beast
  51. The sleeping beauty
  52. Rumpelstiltskin
  53. काठमाडौँ सेल्फी
  54. सफल्ताका शास्त्र
  55. सफल्ताका खुराक

वि. सं. २०६९ सालमै स्थापना गर्ने भनेको असफल हुनुका कारणहरू:[सम्पादन गर्नुहोस्]

  • सबै स्कुले विद्यार्थी भएर समयको अभाव,
  • नेतृत्व गर्ने क्षमताका कम सदस्य,
  • अभिभावक र शिक्षकबाट कमविश्वास,
  • त्यति बेला कम पुँजी भएको,
  • सबै काँचो कचिलो अनि अपरीपक्वता,

अहिलेको समयमा माथिका समस्याका समाधानहरू:[सम्पादन गर्नुहोस्]

  • धेरैले स्कुले जीवन पार गरेको अवस्था,
  • समयले र विभिन्न ट्रेङिङ्गले नेतृत्व क्षमतामा विकास,
  • अहिले धेरै अभिभावक र शिक्षकबाट विश्वास भएको,
  • पुँजीका थुप्रै श्रोतहरू खुलिसकेका,
  • समयले परिपक्वता छाएको,
  • बृहत् अन्तरक्रिया कार्यक्रम

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]