हिमाञ्चल प्रदेशको इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

हिमाञ्चल प्रदेशको स्थापना चिफ कमिश्नरको प्रोभिन्सको रूपमा १९४८ मा भारत संघमा भयेको थियो। यस प्रोभिन्समा शिमलाको वरि-परिका पहाडी क्षेत्र तथा त्यती बेलाको पञ्जाब क्षेत्रको दक्षिणको पहाडी क्षेत्रलाई समावेश गरिइयेको थियो। २६ जनवरी १९५० को दिन यस राज्यलाई भारतको संविधानको आधारमा भाग सी (C)को दर्जा दिइयो। १ नोभेम्बर १९५६ को दिन यो राज्य सङ्घिय क्षेत्र (Union Territory)को हिस्सा बन्यो। १८ दिसम्बर १९७० को दिन संसदबाट हिमाचल प्रदेश ऐन पारित गरियो र २५ जनवरी १९७१ को दिन हिमाञ्चल प्रदेशले राज्यको दर्जा पायो। हिमाञ्चल प्रदेश भारत संघको अठारहौं राज्य बन्यो। राजाहरूको समयमा यो क्षेत्र धेरै साना-साना राज्यहरूको रूपमा फैलिइयेको थियो जस्तो कि चम्बा, बिलासपुर, भागल र धामी। १८१५-१६ को गोर्खा युद्ध पछि यो क्षेत्र ब्रिटिस भारतको हिस्सा बन्न गयो।

पुर्व-शासन[सम्पादन गर्ने]

पुर्व इतिहास[सम्पादन गर्ने]

केहि प्रमाणहरूले साबित गर्छ कि लगभग २ करोड वर्ष पुर्व मान्छेहरू हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रहरूमा बसो-बास गर्थे। कांगडाको बनगणा उपत्यका, नालागढको सिरसा उपत्यका र सिरमौरको मार्कण्डेय उपत्यकाहरू पाइयेका छन जहा पुर्व-ऐतिहासिक मानवहरू बसो-बास गर्ने गर्थे। यि क्षेत्रहरूमा सिन्धु घाटी सभ्यताका मानिषहरू बसो-बास गर्थे जुन २२५० र १७५० बी.सी.को समय अवधिमा फैलिदै गये।

मध्यइतिहास[सम्पादन गर्ने]

लगभग ८८३ ए.डिमा शंकर वर्मा, कश्मिरको शासकले हिमाञ्चल प्रदेशलाई आफ्नो प्रभावमा लियेको थियो। १००९ ई० मा यस क्षेत्रमाथि मुहम्मद गजनीले आक्रमण गरेको थियो, जसले उत्तर भारतको मन्दिरहरूबाट धन लुट-पाट गरेको थियो यस बातको पनि साक्ष्य छ। १०४३ ई० मा यस क्षेत्रमाथि राजपुतहरूको शासन थियो। कटोक्ष महाराजा सन्सार चन्द द्वितीयको नेतृत्वमा १७७३ ई० मा राजपुतहरूले यि क्षेत्रहरूमाथि आफ्नो अधिकार कायम गरे र १८०४ सम्म अधिकार कायमै रह्यो। महाराजा रणजीत सिंहको आक्रमण पछि यि क्षेत्रहरूमाथि महाराजा रणजीत सिंहको अधिपत्य कायम भयो।

सन्सार चन्द (ई०. १७६५–१८२३)

यहाँका साना-साना राज्यहरू स्वतन्त्रापुर्वक स्थापित रहेर स्वतन्त्रताको आनन्द उठाई राखे जब सम्म कि उत्तर भारतमा मुस्लिमहरूको आक्रमण भई सकेन। यि पहाडी राज्यहरूमाथि मुस्लिम आक्रमणकारीहरू द्वारा धेरै पल्ट अधिकार जमाईयो। मुहम्मद गजनवीले १० औँ शताब्दीको शुरुमा काँगडलाई आफ्नो अधिकारमा पारेको थियो। तिमुर र सिकन्दर लोदी पनि यहाँबाट हुँदै गयेका थिए र कयौं किलाहरू माथि कब्जा जमायेका थिए र कयौं युद्धहरू पनि लडेका थिए। गोर्खाका शासकहरू १७६८ ई० सम्ममा नेपालमाथि अधिपत्य हासिल गरी सकेका थिए। गोर्खाहरूले आफ्नो आर्मी शक्ति बढाये र एकिकरण गर्दै राज्य विस्तार गर्न थाले। गोर्खाहरू जुन कि नेपालका शासक थिए यि क्षेत्रहरूमाथि आफ्नो अधिपत्य कायम गरी सकेका थिए। विस्तारै गोर्खाहरूले सिरमौर र शिमलालाई आफ्नो अधिन बनाये। अमर सिंह थापाको नेतृत्वमा गोर्खाहरूले काँगडालाई घेराबन्दी गरेका थिए। सन् १८०६ मा गोर्खाहरूले सन्सार चन्दलाई हरायेर कांगडामाथि विजय हासिल गर्ने मनसाय बनाई सकेका थिए तर काँगडामाथि उनिहरूले कामयाबी हासिल गर्न सकेनन। जुन १८०९ मा महाराजा रणजीत सिंहले आफ्नो अधिन बनाउन कामयाब भये।

ब्रिटिश काल[सम्पादन गर्ने]

गोर्खा-अड्ग्रेज युद्ध पछि नेपालीहरूले सतलज प्रोभिन्स छोडनु पर्यो, त्यस पछि ब्रिटिशहरू विस्तारै एक प्रमुख शक्तिको रूपमा विस्तारित भये। सन् १९४८ मा हिमाञ्चल एउटा केन्द्रिय प्रशासनिक क्षेत्र बन्यो जसमा अन्य ३१ पहाडि प्रोभिन्सहरू अझै शामेल गरियो पछि १९६६ मा अझ क्षेत्रहरू पनि थपियो। १८५७ को विद्रोह पछि भारतका जनताहरू समाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि रूपमा अङ्ग्रेजी शासनको विरुद्धमा आउन थाले। देशका अरु जन्ताहरू जस्तै पहाडका मान्छेहरू राजनीतिमा त्यति सक्रिय थियेनन।

पुर्व स्वतन्त्रता[सम्पादन गर्ने]

स्वतन्त्रता पछि चिफ कमिश्नरको प्रोभिन्सको रूपमा १९४८ मा हिमाञ्चल प्रदेशको रूपमा भयेको थियो। २६ जनवरी १९५० को दिन यस राज्यलाई सी (C)को दर्जा दिइयो। १८ दिसम्बर १९७० को दिन संसदबाट हिमाञ्चल प्रदेश ऐन पारित गरियो र २५ जनवरी १९७१ को दिन हिमाञ्चल प्रदेशले राज्यको दर्जा पायो। हिमाञ्चल प्रदेश भारत संघको अठारहौं राज्य बन्यो। विशाल नेपाल अतिरिक्त केही तत्वहरू नेपालमा सक्रिय छन जसले विशाल नेपालको नाममा यस राज्यलाई फिर्ता नेपालमा मिलाउने माँग गरेका छन। यद्यपि, यहाँ पनि थोडै मात्रामा छन जो विशाल नेपालको पक्षमा छन।