हुर्राहुरी खेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लक्ष्मीपूजाको भोलिपल्ट मनाइने गोवर्धन पूजाको दिन तराईमा हात्ती, गोरू, गाई र भैंसीले सुँगुरको बच्चा मार्ने गरी खेलाईने खेल हो- हुर्राहुरी खेल। तराईको सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाको प्रायः प्रत्येक गाउँमा गोवर्धन पूजाका दिन मिष्ठान्न र तागतिलो खाना खुवाएर सफासुग्घर बनाइएका गोरू, गाई, भैंसी र हात्तीलाई अपरान्ह फराकिलो चौरमा जम्मा गरई खेलाईने यो खेलमा हजारौं दर्शकहरू झुम्मिने गर्छन्। गाउँलेले चन्दा उठाएर किनेको सुंगुरको बच्चालाई पुवार (धानको लार)को सानो मुठोमा बाँधी डोमले गाउँको चौरमा जम्मा भएका जनावरहरूसँगै लगेर हुल्काउने (तर्साउने) यो खेल रोमाञ्चक हुन्छ। अलि मरर्वाहा (मदमास) गाई, गोरू वा भैंसीले सुंगुरको बच्चालाई सिंहले हिर्काउने र खुट्टाले कुल्चने गर्नाले बिस्तारै घाइते भएर मर्छ। जसको जनावरले सुँगुरको बच्चा मार्छ, उसले सुँगुर कुदाएर खेलाउने डोमलाई गम्छा, धोती वा अन्य कपडा दिनुपर्ने चलन छ। हात्तीले पनि सुँगुर मार्ने गर्छ। ठूलो चौरमा माउतेले हात्तीलाई सुँगुरको बच्चानजिकलान्थ्यो, बच्चाले कराएको आवाजले हात्ती उत्तेजित भई सुँड र खुट्टाले सुँगुर मार्ने प्रयत्न गर्थ्यो। खेल सुरू भएको केही क्षणमै सुँगुर मरेमा तुरून्त अर्को सुँगुर ल्याई साँझसम्म हुर्राहुर्री गराइन्छ।