सामग्रीमा जानुहोस्

हेमिस राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेमिस राष्ट्रिय निकुञ्ज
हेमिस राष्ट्रिय निकुञ्जमा स्तोक काङ्गडी
Map showing the location of हेमिस राष्ट्रिय निकुञ्ज
Map showing the location of हेमिस राष्ट्रिय निकुञ्ज
स्थानजम्मू र कश्मीर, भारत
नजिकैको सहरलेह
क्षेत्रफल४४०० वर्ग कि.मी.
स्थापित१९८१
परिचालक निकायवन्यजीव संरक्षण विभाग, जम्मू र कश्मीर सरकार

हेमिस राष्ट्रिय निकुञ्ज भारतको जम्मू र कश्मीर राज्यमा पूर्वी लद्दाख क्षेत्रमा धेरै उचाईमा स्थित एक राष्ट्रिय निकुञ्ज हो । यो भारतमा हिमालयको उत्तरमा एकमात्र राष्ट्रिय निकुञ्ज हो, भारतमा सबैभन्दा ठुलो अधिसूचित संरक्षित क्षेत्र (र यस प्रकार भारतको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज) र नन्दा देवी बायोस्फियर रिजर्व र वरिपरिको संरक्षित क्षेत्रहरू भन्दा दोस्रो सबैभन्दा ठुलो सन्निहित संरक्षित क्षेत्र हो ।

निकुञ्जको उत्तरमा सिंधु नदी बग्ने गर्दछ र दक्षिणमा जांस्कर शृंखला छ र यस अन्तर्गत मरखा, सुमदाह र रुम्बकको जलग्रह आउँछन् ।

सन् १९८१ मा निकुञ्जको स्थापना भयो र त्यस समय यसमा मात्र मरखा र रुम्बकको जलग्रह सम्मिलित गरिएको थियो र यसको क्षेत्रफल मात्र ६०० वर्ग कि॰मी॰ थियो । सन् १९८८ मा केही सन्निहित इलाका जोडियो र यसको क्षेत्रफल ३३५० वर्ग कि॰मी॰ सम्म फैलियो । फेरि सन् १९९० मा यसको क्षेत्रफल बढाएर ४४०० वर्ग कि॰मी॰ गरियो र अब यो दक्षिण एसियामा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Snow Leopard", अन्तिम पहुँच ०४/११/२०१२ |network= प्यारामिटर ग्रहण गरेन (सहायता)[स्थायी मृत कडी]