हेमिस राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेमिस राष्ट्रिय निकुञ्ज
हेमिस राष्ट्रिय निकुञ्जमा स्तोक काङ्गडी
हेमिस राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
हेमिस राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
स्थानजम्मू र कश्मीर, भारत
नजिकैको सहरलेह
क्षेत्र४४०० वर्ग कि.मी.
स्थापना१९८१
निकायवन्यजीव संरक्षण विभाग, जम्मू र कश्मीर सरकार

हेमिस राष्ट्रिय निकुञ्ज भारतको जम्मू र कश्मीर राज्यमा पूर्वी लद्दाख क्षेत्रमा धेरै उचाईमा स्थित एक राष्ट्रिय निकुञ्ज हो । यो भारतमा हिमालयको उत्तरमा एकमात्र राष्ट्रिय निकुञ्ज हो, भारतमा सबैभन्दा ठुलो अधिसूचित संरक्षित क्षेत्र (र यस प्रकार भारतको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज) र नन्दा देवी बायोस्फियर रिजर्व र वरिपरिको संरक्षित क्षेत्रहरू भन्दा दोस्रो सबैभन्दा ठुलो सन्निहित संरक्षित क्षेत्र हो ।

स्थिति[सम्पादन गर्नुहोस्]

निकुञ्जको उत्तरमा सिंधु नदी बग्ने गर्दछ र दक्षिणमा जांस्कर शृंखला छ र यस अन्तर्गत मरखा, सुमदाह र रुम्बकको जलग्रह आउँछन् ।

विस्तार[सम्पादन गर्नुहोस्]

सन् १९८१ मा निकुञ्जको स्थापना भयो र त्यस समय यसमा मात्र मरखा र रुम्बकको जलग्रह सम्मिलित गरिएको थियो र यसको क्षेत्रफल मात्र ६०० वर्ग कि॰मी॰ थियो । सन् १९८८ मा केही सन्निहित इलाका जोडियो र यसको क्षेत्रफल ३३५० वर्ग कि॰मी॰ सम्म फैलियो । फेरि सन् १९९० मा यसको क्षेत्रफल बढाएर ४४०० वर्ग कि॰मी॰ गरियो र अब यो दक्षिण एसियामा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Snow Leopard", अन्तिम पहुँच ०४/११/२०१२  |network= प्यारामिटर ग्रहण गरेन (सहायता)[dead link]