२०२१ स्वेज नहर अवरोध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२१ स्वेज नहर अवरोध
को भाग
सन् २०२१ मार्च २४ मा लिइएको नहर अवरोधको भूउपग्रह तस्विर
समय०७:४० इजिवाई (०५:४० युटिसी)
मिति२३–२९ मार्च २०२१ (२०२१-०३-२३ – २०२१-०३-२९)
स्थानस्वेज नहर, स्वेज, इजिप्ट
निर्देशाङ्क३०°०१′०३″N ३२°३४′४८″E / ३०.०१७५°N ३२.५८००°E / 30.0175; 32.5800निर्देशाङ्कहरू: ३०°०१′०३″N ३२°३४′४८″E / ३०.०१७५°N ३२.५८००°E / 30.0175; 32.5800[१]
कारणजाँच प्रगतिशील

सन् २०२१ मार्चमा, विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्गहरू मध्ये एक स्वेज नहर गोल्डन-क्लास कन्टेनर जहाज इभरगिभनको दुर्घटनात्मक ग्राउन्डिङ पछि ६ दिनको लागि रोकिएको थियो। कम्पनीले बताएअनुसार ४०० मिटर-लामो (१,३०० फिट) २३ मार्चमा हुरी-बतासको कारणले जहाजल जलमार्गबाट बाहिर गएको थियो।[२] इजिप्टियाली अधिकारीहरूले पछि यो बाहेक "त्यहाँ प्राविधिक वा मानवीय त्रुटि पनि भएको हुन सक्छ" भनेका थिए। जहाज नहरको किनारमा फस्यो , नहर अवरुद्ध भयो र अन्य जहाजहरू यताउता जानबाट रोकिए। [३] यो अवरोध नहरको दक्षिण खण्डतिर थियो जसमा दुईवटा च्यानलहरू छन्, त्यसैले अन्य जहाजहरूका लागि इभर गिभन बाइपास गर्न अर्को कुनै बाटो थिएन । [४]

यो अवरोधले जहाजी ढुवानीमा अर्थपूर्ण असर पुर्यायो, २८ मार्चमा नहर पार गर्नको लागि कम्तिमा ३६९ जहाजहरू नहरबाट जानका लागि पालो कुरिरहेका थिए । [५] [६] २९ मार्चमा जहाजलाई आंशिक रूपमा पुनः तैरिएको थियो र "८०% सहि दिशामा पुनर्स्थापना गरिएको थियो [७] [८] जहाज अन्ततः त्यस अपरान्ह १५:०५ स्थानीय समय मा स्वतन्त्र गरिएको थियो, [९] र प्राविधिक निरीक्षणका लागि ग्रेट बिटर तालमा तर्फ, किनारमा सारियो। [१०] [११] [१२] एभरग्रिन कम्पनीको स्वामित्वमा रहेको पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन १४ वटा ठूला डुंगाहरू प्रयोग गरिएको थियो । ६ दिनको प्रयासपछि जहाजलाई सुरक्षित रूपमा निकालिएको हो । नहरलाई पुन: खोल्नु अघि क्षतिको जाँच गरियो। स्वेज नहर प्राधिकरणले शिपिङ (ढुवानी) एजेन्सीहरूलाई शिपिङ १९:०० स्थानीय समयबाट पुनः सुचारु हुने जानकारी दियो । [१३]

पृष्ठभूमी[सम्पादन गर्नुहोस्]

स्वेजमा स्वेज नहरको हवाई दृश्य

स्वेज नहर १८६९ देखि संचालनमा आएको थियो र यो विश्वको सब भन्दा महत्त्वपूर्ण व्यापारिक मार्गहरू मध्ये एक हो।[१४] २०२१ सम्ममा प्रति दिन लगभग पचास जहाजहरू नहरको माध्यमबाट यात्रा गर्थे, यो त्यस समयमा कुल विश्वव्यापी व्यापारको १२% हिस्सा हो ।[१४][१५] यसको धेरै जसो लम्बाईमा, तथापि, ट्राफिकलाई एकै पटकमा दुबै दिशामा यात्रा गर्नको लागि नहर पर्याप्त चौडा छैन; जलमार्गका यी खण्डहरूमा जहाजहरूले ट्रान्जिट गर्दै आफ्नो पालो कुर्नु पर्छ। स्वेज नहरलाई फराकिलो बनाउन विस्तार परियोजना चलिरहेको छ, तर नहरको महत्वपूर्ण खण्डहरू एकल-लेनका नै रहेका छन्। [१६][१७][१८]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ever Given: Container Ship, IMO 9811000". Vessel Finder. Archived 25 March 2021.
  2. "Suez Canal remains blocked for fifth day with over 320 ships stuck in queue", The Independent, २८ मार्च २०२१, मूलबाट २८ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०२१ 
  3. "Container ship facts: Egypt's Suez Canal blocked by massive boat", Newsround (BBC), २५ मार्च २०२१, मूलबाट २६ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मार्च २०२१ 
  4. "Suez Canal Stays Blocked Despite Efforts to Free Stuck Ship", Bloomberg News, २४ मार्च २०२१, मूलबाट २६ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२१ 
  5. "The cost of the Suez Canal blockage", BBC News (en-GBमा), २०२१-०३-२९, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०३-२९ 
  6. Michael, Safi; Farrer, Martin (२९ मार्च २०२१), "Suez canal: Ever Given ship partially refloated but bow still stuck", The Guardian, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२१ 
  7. "Suez Canal: Ever Given container ship shifted from shoreline", BBC World News, २९ मार्च २०२१, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२१ 
  8. "'Challenge still ahead' to free ship in Suez Canal", Al jazeera (live news), २९ मार्च २०२१, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२१ 
  9. Safi, Michael (२९ मार्च २०२१), "Suez canal: Ever Given container ship freed after a week", The Guardian, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२१, "[Boskalis] announce that our team of experts, working in close collaboration with the Suez Canal Authority, successfully refloated the Ever Given on 29 March at 15:05 hrs local time, thereby making free passage through the Suez canal possible again" 
  10. Stevens, Pippa (२९ मार्च २०२१), "Suez Canal traffic resumes after cargo ship Ever Given is moving again", CNBC, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२१ 
  11. Debre, Isabel; Magdy, Samy (२९ मार्च २०२१), "Canal service provider says container ship in Suez set free", Washington Post, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२१, "unclear when traffic through the canal would return to normal" 
  12. "Canal service provider says container ship in Suez set free", AP News, २९ मार्च २०२१, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२१ 
  13. "Traffic in Suez Canal resumes after stranded ship refloated - Business and Economy News", Al Jazeera, २९ मार्च २०२१, मूलबाट २९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२१, "The ship came out intact and it has no problems. We’ve just searched the bottom and soil of the Suez Canal and thankfully it is sound and has no issues, and ships will pass through it today" 
  14. १४.० १४.१ Gambrell, Jon (२३ मार्च २०२१), "Massive cargo ship turns sideways, blocks Egypt's Suez Canal", KARE, Associated Press, मूलबाट २६ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०२१ 
  15. Harper, Justin (२६ मार्च २०२१), "Suez blockage is holding up $9.6bn of goods a day", BBC News, मूलबाट २६ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०२१ 
  16. Lakshmi, Aiswarya (१७ जुलाई २०१५), "Egypt Completes New Waterway in Suez Canal", MarineLink, मूलबाट २० जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०१५ 
  17. "New Suez Canal project proposed by Egypt to boost trade", caironews.net, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१४ 
  18. Kingsley, Patrick (५ अगस्ट २०१४), "Egypt to build new Suez canal", The Guardian (London), मूलबाट २४ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०२१