कालो बजार
कालो बजार वा भूमिगत बजार वा भूमिगत अर्थतन्त्र यस्तो बजार हो जहाँ सबै वाणिज्य, कर, नियम र व्यापार सम्बन्धित कानुनको नियन्त्रण बाहिर हुन्छ।
यसलाई छायाँ अर्थव्यवस्था, कालो अर्थव्यवस्था र समानान्तर अर्थव्यवस्था पनि भनिन्छ।
आधुनिक समाजहरूमा, भूमिगत बजार अन्तर्गत धेरै गतिविधिहरू हुन्छन्। कालो बजार त्यस्ता देशहरूमा कम छ जहाँको अर्थतन्त्र खुला छ। तर जहाँ भ्रष्टाचार, नियन्त्रण र कडा नियमहरू छन्, त्यहाँ अधिक मात्रामा कालो बजारी हुन्छ।
बजार अर्थव्यवस्था
[सम्पादन गर्नुहोस्]कसैको तर्क छ कि, कालो बजार सर्वाधिक स्वतन्त्र बजार हो। दोश्रो अन्य कुनै पनि प्रकारबाट नियन्त्रित बजार विविध प्रकारको अनुचित/ अन्यायपूर्ण हस्तक्षेपका विभिन्न प्रकारका समस्याहरूबाट भुक्तभोगी छन् ।
बजार अर्थतन्त्रको त्यहाँ दुई विशेष क्षेत्रहरू छन्, जहाँ आधारभूत रूपमा माग र आपूर्ति कारकहरू काम गर्छन् र खरीद-बिक्री को गतिबिधी हरू कार्यान्वयन गरिन्छ।