ग्यालिलियो ग्यालिली
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ग्यालिलियो ग्यालिली | |
---|---|
जन्म | [१] पिसा,[१] डची अफ फ्लोरेन्स, इटाली | १५ फेब्रुअरी १५६४
मृत्यु | ८ जनवरी १६४२[१] आर्सेट्रि,[१] ग्राण्ड डची अफ टस्कानी, इटाली | (उमेर ७७)
वासस्थान | ग्राण्ड डची अफ टस्कानी, इटाली |
राष्ट्रियता | इटालियन (टस्कान) |
मातृ शिक्षाप्रतिष्ठान | पिसा विश्वविद्यालय |
चिनारीको कारण | Kinematics Dynamics Telescopic observational astronomy Heliocentrism |
वैज्ञानिक करियर | |
क्षेत्र | अन्तरीक्ष विज्ञान, भौतिक शास्त्र र गणित |
शिक्षा | पिसा विश्वविद्यालय पडुआ विश्वविद्यालय |
शैक्षिक सल्लाहकार | ओस्टिलियो रिची[२] |
उल्लेखनीय विद्यार्थीहरू | बेनेडेट्टो क्यास्टेल्ली मारियो गुइडुची विन्सेनजियो विविआनी[३] |
हस्ताक्षर | |
टिप्पणीहरू ग्यालिलियो पिता विन्सेन्जो ग्यालिली एक संगितकार थिए । उनकि श्रीमती मारिना गाम्बा (१५७० अगस्ट २१- १६१२) एक lutenist थिइन, उनीबाट दुई छोरी (मारीया सेलेस्ट (१६००-१६३४) र लिभिया (१६०१ - १६३४), यि दुबै पछि भिक्षुणी भए), तथा एक छोरा विन्सेन्जो (१६०६ - १६४९) भए । पछि मारिनाले जिओभानी बारटोलुजीसँग विवाह गरिन् । |
ग्यालिलियो ग्यालिली (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीका भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्री र दार्शनिक थिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै कपर्निक्यानिज्म (Copernicanism)को लागि सहयोग गरेका थिए । ग्यालिलियोलाई "आधुनिक अवलोकन खगोल विज्ञानका पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञानको पिता" र "आधुनिक विज्ञानका पिता" जस्ता नामले चिनिन्छ ।
स्टीफन हकिंग भन्छन्, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए ।" लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक भौतिक विज्ञानको पाठ्यक्रमहरूमा पढाईने समान त्वरित वस्तुहरूको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले अन्तरिक्षको अवलोकन गरेर शुक्रग्रहको चरणको पुष्टि, बृहस्पतिका सबैभन्दा ठूला चार उपग्रहरूको (यिनीहरूको नाम उनको सम्मानमा ग्यालिली मुन राखिएको छ) खोज र सनस्पट्सको (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्याका छन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरूको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ O'Connor, J. J.; Robertson, E. F., "Galileo Galilei", The MacTutor History of Mathematics archive, University of St Andrews, Scotland, अन्तिम पहुँच २००७-०७-२४।
|coauthors=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ F. Vinci, Ostilio Ricci da Fermo, Maestro di Galileo Galilei, Fermo, 1929.
- ↑ NODAK.edu[स्थायी मृत कडी]