पात
पात भनेका प्राय सबैजसो बोट र रुखहरूका हाँगा हरूमा हुने हरियो रंगका साना-ठुला विभिन्न आकार र प्रकारका पत्ती हुन् | पातहरू बढीजसो गाईवस्तुहरूलाई खुवाउन प्रयोग गरिन्छन् तर पातका विभिन्न प्रयोग हुन सक्छन् । पात प्राय जसो हरियो हुन्छ, जसको कारण क्लोरोफिल नामक तत्व हो।
पात : शब्दहरु
[सम्पादन गर्नुहोस्]पातलाई अङ्ग्रेजीमा लीफ भनिन्छ।
पातका विशेषताहरु
[सम्पादन गर्नुहोस्]सामान्यतया विभिन्न रुख वा बोटविरुवाको प्रकारसँगै पातका आकारहरूमा पनि फरक पर्ने हुन्छ । प्रकाश संश्लेषणका लागि नै पातको मुख्य भूमिका हुने भएकाले पातको त्यसै अनुरुप विकास हुँदै आएको हो । घामका किरणलाई पातमा पार्नका लागि , हावाबाट कार्वनडाइक्साइडलाई लिनका लागि पात मिलेर बसेको हुन्छ तर हुरी चल्ने ठाउँहरूमा , हिउँ पर्ने ठाउँहरूमा , पानी नपर्ने सुख्खा ठाउँहरूमा पनि पातको आफ्नै किसिमबाट विकास भएका छन् ; तिनका आफ्नै मुख्य कार्य हुने गर्छन्।
जराबाट शोसिएको पानी, घामका प्रकाश, स्टोमाटाबाट लिइएको हावा र पातमै भएको क्लोरोफिल : तिनीहरूक भूमिकाबाट पातले खाना बनाउने गर्छ जुन कार्बोहाइड्रेट र पछि स्टार्चका रूपमा पनि रहने गर्छ ।
साह्रै जाडो मौसममा वा साह्रै गर्मी याममा पातहरु झर्ने गर्छन् र अनुकूल वातावरणमा फेरि पलाउने गर्छन् । जमिनमा सुकेका पात कुहिनाले पनि माटोको उर्वर शक्तिलाई मदत गर्छ ।
पात र अन्य जन्तु
[सम्पादन गर्नुहोस्]
पात सबै वनस्पतिको खाना बनाउने माध्यम हो ।किटले पात खानाको रूपमा प्रयोग गर्ने गर्छन् । केहीका लागि वासस्थान त केहीका लागि शत्रुबाट बच्न पनि किराहरु पातको प्रयोग गर्छन् ।
बाह्य लिङ्क
[सम्पादन गर्नुहोस्]- http://www.scienceaid.co.uk/biology/plants/transpiration.html वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१९ मिति
- http://www.clearedleavesdb.org/ Cleared Leaves DB