भेनिस
भेनिस | |
---|---|
शहर | |
भेनिसिया | |
देश | Italy |
क्षेत्रफल | |
• जम्मा | ४१४.५७ किमी२ (१६०.०७ वर्ग माइल) |
उन्नतांश | १ मिटर (३ फिट) |
जनसङ्ख्या (२००९-०४-३०) | |
• जम्मा | २७०६६० |
• घनत्व | ६५०/किमी२ (१७००/वर्ग माइल) |
Postal code | ३०१०० |
क्षेत्रीय सङ्केत | ०४१ |
वेबसाइट | www |
उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिरहेको सुन्दर शहर हो । जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहरहरू रहेका छन | ग्रेन्ड क्यानलमा र रियाल्टो ब्रिज(पुल) को मुनी आकर्षक गोन्डोलाले पर्यटकलाई आकषिर्त गर्छ । मुरानो द्विप नदेखेसम्म भेनिसको यात्रा अधुरै रहने मान्यता रहँदै आएको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]एड्रियाटिक समुद्रको उत्तरपश्चिमी छेउमा रहेको कच्छ अर्थात् जलाशयको बीचमा भेनिस अवस्थित छ र यो १२० वटा टापुहरूको संगालो हो । नजिकैको समुद्रमा गएर मिल्ने नदीहरूले त्यति गहिरो नभएको समुद्री किनारामा निकै पाँगो माटो थुपार्ने गरेको छ । यहाँ ज्वारभाटा र करेन्टको उतारचढावले गर्दा बनेका बगरहरूले ५१ किलोमिटर लामो र १४ किलोमिटर जति चौडाईको एउटा शान्त कच्छ बनाएको छ । समुद्रतिर बग्ने तीनवटा साँघुरों घाटीबाट एक मिटर अग्लो ज्वारभाटा छिर्न सक्छ भने डुङ्गाहरू पनि आवतजावत गर्न सक्ने छ ।
यस सहरका प्रमुख भागहरूको सुरुवात पाँच देखि सातौँ शताब्दीको बीचतिर भएको हुनुपर्छ भनी विद्वान्हरूले पत्ता लगाएका छन् । त्यसताका यहाँ उत्तरबाट आएका फिरन्तेहरूको ओइरो लाग्न थाल्यो अनि तिनीहरूले मुख्य भूमिमा बसोबास गरिरहेका जनसमुदायलाई आगो लगाइदिनुका साथै लुटपाट मच्चाउन थाले । यी लुटपाट मच्चाउनेहरू आइपुग्नुअघि नै मानिसहरू भागे अनि पुग्न कठिन तर सुरक्षित कच्छ टापुहरूमा शरण लिए ।
पुरानो भेटिएका कागजातहरूले देखाएअनुसार यहाँको पहिलो निर्माणकार्य माटोमा गाडेका काठमा एकअर्कासित गाँसिएका मसिना हाँगा वा नर्कटको जगमा बनाइएको थियो ,पछि गएर भने भेनिसवासीहरूले हजारौं काठको थाकमाथि ढुङ्गाका घरहरू बनाउन थाले । यो क्रम निरन्तर बढ्दै जाँदा यो शहरको केन्द्रमा परिणत भएको रिआल्टोजस्ता कच्छ टापुहरू अक्सर जलमग्न हुन्थे अनि त्यहाँ ओइरिरहेका आवासीहरूको चाप धान्न नसक्ने र अपर्याप्त थियो । यी टापुहरूबाट पानी हटाएर जमिन विस्तार गर्ने पुराना प्रणाली अपनाउनु पर्थ्यो । त्यसकारण, त्यहाँका बासिन्दाहरूले डुङ्गा प्रयोग गर्न नहरहरू खने अनि अझ राम्रा निर्माण थलोहरू बनाउन ती टापुहरूलाई मजबुत पारे । पुलबाट ओहोरदोहोर गर्न सकिने नहरहरू, जहाँ पदयात्रीहरू हिंड्न सक्थे, त्यो नै त्यहाँको बाटो बन्न पुग्यो ।[१]