राजु बिष्ट
राजु बिष्ट | |
---|---|
संसद सदस्य, लोकसभा | |
पद बहाली २३ मे २०१९ | |
पूर्वाधिकारी | एस.एस अहलुवालिया |
निर्वाचन क्षेत्र | दार्जिलिङ |
व्यक्तिगत विवरण | |
जन्म | चरहजारे, मणिपुर, भारत | ३ जनवरी १९८६
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | भारतीय जनता पार्टी |
जीवन साथी | अनिता बिष्ट ( वि २००६) |
सन्तान(हरू) | 2 |
निवास(हरू) | दार्जिलिङ, पश्चिम बंगाल पन्जाबी बाग, पश्चिम दिल्ली |
मातृ शिक्षाप्रतिष्ठान | प्रेसिडेन्सी कलेज, मोटबुङ (B.A.) |
जीवनवृति | व्यापार, सामाजिक कार्य |
हस्ताक्षर | |
Source: [१] |
राजु विष्ट (जन्म ३ जनवरी १९८६) एक भारतीय राजनीतिज्ञ र सूर्य रोशनी लिमिटेडका प्रबन्ध निर्देशक हुन्। उनी भारतीय जनता पार्टीको सदस्यको रूपमा २०१९ को भारतीय आम चुनावमा पश्चिम बंगालको दार्जिलिङबाट भारतीय संसदको तल्लो सदन लोकसभामा निर्वाचित भएका थिए।[१][२][३] उनी भाजपाका राष्ट्रिय प्रवक्ता हुन्।[४] १४ जुलाई, २०२१ मा, उहाँ भारतीय जनता युवा मोर्चाको राष्ट्रिय महासचिवको रूपमा नियुक्त हुनुभयो।[५]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]विष्टको जन्म ३ जनवरी १९८६ मा मणिपुरको सेनापति जिल्लाको चरहजारेमा विष्णु र प्रभा विष्टको गोरखा परिवारमा भएको थियो । उहाँ कलामा स्नातक हुनुहुन्छ र मणिपुर विश्वविद्यालयसँग सम्बद्ध प्रेसिडेन्सी कलेज, मोटबुङमा पढेका थिए। विष्टले ६ अक्टोबर २००६ मा अनिता विष्टसँग विवाह गरे र उनका दुई छोरी छन् । उनी पेशाले व्यवसायी हुनुका साथै सामाजिक कार्यमा पनि संलग्न छन् ।[६][१]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "With Raju Bista's victory, Manipur's Nepali community gets its first MP", K Sarojkumar Sharma, The Times of India, २५ मे २०१९, मूलबाट १ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मार्च २०२०।
- ↑ "33 year-old youth from Manipur is Darjeeling's new MP", Northeast Now, २३ मे २०१९, मूलबाट २४ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०१९।
- ↑ Das, Madhuparna (२७ मे २०१९), "Battle in Bengal: It's Gorkhas Vs Gorkhas in Darjeeling", Madhuparna Das (The Economic Times), मूलबाट ११ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मार्च २०२०।
- ↑ "Raju Bista gets appointed as the national spokesperson of BJP", Siliguri Times, २६ सेप्टेम्बर २०२०, मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ Sinha, Avijit (१५ जुलाई २०२१), "BJP MP Raju Bista named Bharatiya Janata Yuva Morcha national general secretary", Telegraph India, मूलबाट १५ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०२१।
- ↑ "Members : Lok Sabha", loksabhaph.nic.in, मूलबाट ५ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१९।
बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]