विल्याब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विल्याब
व्यवसाय प्रकार
निजी
उद्योगवित्तीय सेवा, प्रविधि, वित्तीय प्रविधि
स्थापित25 जनवरी 2013; ११ वर्ष पहिले (2013-०१-25)
केन्द्रीय कार्यालयहङकङ
मुख्य व्यक्ति
साइमन लङ (संस्थापक र कार्यकारी)
उत्पादनहरूअनलाइन वित्तीय उत्पादन, व्यापार देखि व्यापार वित्तीय प्रविधि अनुप्रयोग
वेबसाइटआधिकारिक वेबसाइट

विल्याब एक वित्तीय प्रविधि कम्पनी हो जसको प्रधान कार्यालय हङकङमा रहेको छ। वेलाबले हाल चीनको अग्रणी मोबाइल उधारो मञ्च मध्यकोे एक वलैदाईको (我来贷), पहिलो शाखा विहिन बेङ्क मध्ये एक विलेण्ड, र इन्डोनेसियामा वित्तीय प्रविधि संयुक्त उद्यम एडब्ल्यूडिएको सञ्चालन गरिरहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०१३ मा, विल्याबले विलेण्डको सुरुवात गरेको थियो जुन हङकङको पहिलो अग्रणी उधारो मञ्च पनि हो जसले विल्याबको पहिलो उत्पादन प्रक्षेपणको प्रतिनिधित्व गर्दछ र भविष्यमा भौगोलिक विस्तारको लागि मार्गको निर्माण गर्दछ।

सन् २०१४ मा, विल्याबले वलैदाईलाई मुख्यभूमि चीनमा विस्तार गरेको थियो, जुन हाल चीनको सबैभन्दा ठूलो मोबाइल उधारो मञ्च मध्ये एक हो।

सन् २०१८ मा, विल्याबले इन्डोनेसियाको सबैभन्दा ठूलो विविध नियन्त्रक कम्पनी पर्सिरोन टर्बटास एष्ट्रा अन्तर्राष्ट्रिय टिबीके ("एष्ट्र") सँग साझेदारी गरेर इन्डोनेसियामा सेवा विस्तार गरेको थियो। दुई कम्पनीहरूको संयुक्त लगानी कम्पनीमा एडब्ल्यूडिएको सुरुवात भएको थियो।

अप्रिल २०१९ मा, विल्याबलाई हङकङको चौथो शाखा बिहिन बेङ्क अनुमतिपत्र प्रदान गरिएको थियो।[१]

कोष सङ्कलनको पहिलो चरण[सम्पादन गर्नुहोस्]

जनवरी २०१५ मा, विल्याबले आफ्नो पहिलो चरणको कोष सङ्कलनमा २ करोड अमेरिकी डलर जुटाएको थियो। मुख्य लगानीकर्ताहरूमा सिके हचिसनको टम समूह; सिलिन भ्याली उद्यम पूँजी कम्पनीको सेक्युवा क्यापिटल; डिटिएस ग्लोबलका संस्थापक यूरी मिलनर; आइसिओएनआईक्यु क्यापिटल; एक संयुक्त चिनियाँ पत्रिका वा चीनको सरकारी डाँक सेवा र टम समूह बिचको उद्यम, उले डटकम समावेश थिए।

कोष सङ्कलनको दोस्रो चरण[सम्पादन गर्नुहोस्]

जनवरी २०१६ मा, विल्याबले आफ्नो दोस्रो चरणको कोष सङ्कलनमा १६० मिलियन अमेरिकी डलर जम्मा गरेको थियो जुन खजान नसनल बेर्हाडको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय र घरेलु चिनियाँ लगानीकर्ताहरूको मार्फत रहेको थियो।

अन्य लगानीकर्ताहरूमा आइएनजी बेङ्क र सरकारी स्वामित्वको ग्वानडोङ प्रविधि वित्तीय समूहको पनि सहभागीता रहेको थियो। वित्तले पहिलो पटक कुनै चिनियाँ वित्तीय प्रविधि कम्पनीले र अन्तर्राष्ट्रिय बेङ्क तथा सरकारी लगानीकर्ताहरूबाट आएको कोष सङ्कलनको प्रतिनिधित्व गर्दछ।

यो कोष सङ्कलन चरण, सन् २०१६ को पहिलो विश्वभरका ४१३ सम्झौताहरू मध्येको ५अौँ ठूलो वित्तय प्रविधि चरण पनि हो।

रणनीतिक वित्तीकरण[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१७ मा, विल्याबले अलिबाबा उद्यमी कोष र विश्वव्यापी वित्तीय संस्था चीन निर्माण बेङ्क (अन्तर्राष्ट्रिय), क्रेडिट सुइस र अन्तर्राष्ट्रिय वित्त निगमबाट आफ्नो नयाँ कोषमा २२० मिलियन अमेरिकी डलर जुटाएको थियो।

उत्पादन[सम्पादन गर्नुहोस्]

विल्याबले हङकङमा विलेण्ड र विल्याब शाखा विहिन बेङ्क, वलैदाई (我来贷), टाओसिञ्जी (淘新机) र टियान मियान (天冕) मुख्यभूमि चीनमा तथा माउक्यास इन्डोनेसियामा सञ्चालन गर्दछ। कम्पनीले परम्परागत वित्तीय संस्थासँग साझेदारी गरेर खुद्रा उद्योग समाधानहरूको पनि प्रस्ताव गर्दछ, जसले विल्याबको प्रविधि प्रयोग गरेर उनीहरूका ग्राहकहरूलाई वित्तीय प्रविधि-सक्षम सेवाहरू प्रदान गर्दछ।

मान्यता[सम्पादन गर्नुहोस्]

१) विल्यावले सन् २०१८ मा प्राप्त गरेको मान्यता“一带一路”金融科技创新案例[२]

२) विल्याबका संस्थापक तथा कार्यकारीले प्राप्त गरेको पुरस्कार "世界傑出華人青年企業家獎[३]

३) सन् २०१५ मा विलैदाईले जितेको पुरस्कार 互联网金融大奖 [४]

४) विलैदाईले जितेको पुरस्कार [५]

५) सन् २०१६ हङकङको उत्कृष्ट प्रविधि कम्पनीको रूपमा सम्मानित [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "WeLab gets Hong Kong's fourth online-only banking licence", रेउटर्स (अङ्ग्रेजीमा), २०१९-०४-१०, अन्तिम पहुँच २०१९-०५-०५ 
  2. "WeLab我来贷印尼业务获认可 荣获"一带一路"创新案例", २०१९-०१-२५।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१२ मिति
  3. "世界傑出華人青年企業家獎", २०१८-०८-२९। 
  4. "颠覆者我来贷斩获"2015年度互联网金融大奖"_海南频道_凤凰网", Hainan.ifeng.com, अन्तिम पहुँच २०१६-०९-१० 
  5. 编辑:潘沈思 (२०१६-०३-०९), "我来贷荣获"移动互联网2015年最具潜力奖"_财富资讯_南方网", Finance.southcn.com, अन्तिम पहुँच २०१६-०९-१० 
  6. "Tech Company of the Year Awards recognize local success | Computerworld Hong Kong", २०१५-०६-३०, अन्तिम पहुँच २०१६-०९-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट