सियाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलिसिन के
सन् २०१८ मा के
वास्तविक नामएलिसिन के
जन्म (1987-11-05) नोभेम्बर ५, १९८७ (उमेर ३६)[१]
मिचिगन, अमेरिका[२]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामएलिसिन के
बेथ मोर[३]
सियाना
उचाई५ फिट १० इन्च (१.७८ मी)
तौल१५० पाउन्ड (६८ किग्रा)
उत्पत्तिमिचिगन
प्रशिक्षकबिल मार्सल
पदार्पण२८ डिसेम्बर २००८

अलिसिन के (जन्म: ५ नोभेम्बर १९८७) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल नेसनल रेस्लिङ एलायन्समा (एनडब्ल्यूए) कुस्ती खेल्दै आएकी छिन्। उनले आफ्नो रिङ नाम सियानाको रूपमा इम्प्याक्ट रेस्लिङमा पनि कुस्ती खेलेकी थिइन् जहाँ उनले एकपटक टिएनए इम्प्याक्ट नकआउट्स उपाधि तथा एकपटक जिएफडब्ल्यू महिला उपाधि जित्न सफल भएकी थिइन्। उनले क्यानडा र अमेरिका स्थित विभिन्न स्वतन्त्र सर्किटहरूमा पनि कुस्ती खेलेकी थिइन्।

व्यावसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सर्किट (सन् २००८–हाल)[सम्पादन गर्नुहोस्]

उनी सानै उमेरदेखि कुस्ती खेल प्रति रूचि राख्द थिइन् भने उनले सन् २००८ मा कुस्ती क्षेत्रमा पाइला टेकेकी थिइन् जहाँ उनले कुस्तीमा प्रशिक्षण लिनका लागि म्याथ्युज प्रिस्ट र बिल मार्सेलद्वारा सञ्चालित ब्लु कोलर रेस्लिङ सङ्घमा आवद्ध भएकी थिइन् जुन मिचिगनमा आधारित एक कुस्ती प्रशिक्षण केन्द्र थियो।[४] सन् २००८ डिसेम्बर २८ का दिन उनले उक्त पदोन्नति अन्तर्गत उनको व्यक्तिगत पहिलो खेल सोभेनी नोरलको विरुद्धमा खेलेकी थिइन् भने सन् २००९ मा उनी र नोरल बीच द्वन्द्वको सुरुवात भएको थियो। केले त्यसपछि केही कुस्ती खेलाडी विरुद्ध पनि खेल खेलेकी थिइन्। सन् २०१० मा बिसिडब्ल्यूएको तात्कालिक महिला उपाधि विजेताले उक्त उपाधि छाडेपछि उक्त उपाधि रित्तो बनेको थियो जसकारण उनले उक्त उपाधि हात पार्नका लागि एक प्रतियोगितामा भाग लिएकी थिइन्।[५] उनी उक्त प्रतियोगिताको सेमिफाइनल सम्म पुग्न सफल भएतापनि पछि उनी स्कटी प्रिमोसँग पराजित भएकी थिइन्।

सन् २०१० मार्चसम्म उनले बिसिडब्ल्यूए नामक एक कुस्ती पदोन्नतिका लागि कुस्ती खेलेकी थिइन्। सन् २०१० को मध्य तिर उनले मेन इभेन्ट च्याम्पियनसिप रेस्लिङ नामक एक कुस्ती पदोन्नतिका लागि कुस्ती खेल्न सुरु गरेकी थिइन्।[६] उनले उक्त पदोन्नतिका लागि व्यक्तिगत पहिलो खेल जेसिका हाभोक विरुद्ध खेलेकी थिइन् भने पछि उनीहरू दुवैले सहकार्य गर्दै बि जेलस नामक एक टोलीको स्थापना गरेका थिए।[७] सन् २०१२ अक्टोबर २७ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको ४९औँ श्रृङ्खलामा उनले उक्त पदोन्नतिका लागि पर्दापण गरेकी थिइन् जुन अमेरिका स्थित महिला कुस्ती खेलाडीहरूको एक प्रमुख कुस्ती पदोन्नति थियो। उनले उक्त पदोन्नतिका लागि पहिलो खेलमा टेलर मेडसँग (मेड इन सिनको रूपमा) सहकार्य गर्दै साजा मिकेन्जी र भेदा स्कटलाई पराजित गर्न सफल भएका थिए।[८][९] अक्टोबर २०१२ मा आयोजित सिमर विमेन एथलेटिक्सको ५१औँ श्रृङ्खलामा मेड इन सिनको सामना रिजेनेरेसन एक्सको विरुद्धमा (एलिसन डेन्जर र लिभा बेट्स) आय‍जना गरिएको थियो जुन खेलमा उनीहरूको टोली पराजित भएका थिए। सिमर विमेन एथलेटिक्सको ५५औँ श्रृङ्खलामा केले एकल खेलमा थन्डरकिटीलाई पराजित गर्न सफल भएकी थिइन्। सिमर विमेन एथलेटिक्सको ५६औँ श्रृङ्खलामा मेड इन सिनले एमएसइरीलाई(एमएस सेफ र क्रिस्टिना भान इरी) पराजित गर्न सफल भएका थिए।[१०] सन् २०१२ नोभेम्बर २ का दिन उनले अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति रिङ अफ अनरमा लागि पर्दापण गरेकी थिइन् जहाँ उनले उक्त पदोन्नतिका लागि पहिलो खेल एमएस सेफको विरुद्धमा खेलेकी थिइन् जुन खेलमा उनी पराजित भएकी थिइन्। रिङ नाम सियानाको रूपमा पछि उनी लुचा लिब्रे एएए नामक एक कुस्ती पदोन्नतिका लागि पर्दापण गर्ने घोषणा गरिएको थियो।

एब्सुलुट इन्सेन रेस्लिङ (सन् २०१०–२०१४)[सम्पादन गर्नुहोस्]

सन् २०११ मा सियाना

सन् २०१० मा केले अमेरिका स्थित एब्सुलुट इन्सेन रेस्लिङका लागि पर्दापण गरेकी थिइन् जहाँ उनले उनको व्यक्तिगत पहिलो खेल जेसिकाको विरुद्धमा खेलेकी थिइन्। सन् २०११ जनवरीमा एआइडब्ल्यूले आयोजना गरेको गर्ल्स आउट ३ नामक एक कुस्ती कार्यक्रममा उनले रोक्सी कटनलाई पराजित गर्न सफल भएकी थिइन्।[११] गर्ल्स नाइट आटउको चौँथो श्रृङ्खलामा उनले मिकी चकल्सलाई एकल खेलमा पराजित गरेकी थिइन्। गर्ल्स नाइट आटउको चौँथो श्रृङ्खलामा उनको सामना मियन यिमसँग भएको थियो जुन खेलमा उनी पराजित भएकी थिइन् भने उक्त खेलमा उनको नाकमम चोट लागेको थियो। सन् २०१२ अप्रिल १५ का दिन आयोजित गर्ल्स नाइट आटउको छैटौँ श्रृङ्खलामा उनको सामना खाली रहेको एआइडब्ल्यू महिला उपाधिका लागि मिया यिमसँग भएको थियो जुन खेलमा उनले यिमलाई पराजित गर्दै उक्त उपाधि जित्न सफल भएकी थिइन्।[१२] उनीहरूको बीच पुनः खेल गर्ल्स नाइट आटउको सातौँ श्रृङ्खलामा उनी र यिम बीच पुन उपाधिका लागि खेल आयोजना गरिएको थियो जुन खेलमा केले यिमलाई पराजित गरेकी थिइन्। सन् २०१२ को बाँकी महिना भरि उनको सामना जेनिफर ब्लेक, क्रेजी मेरी डुब्सन र केसी वारफिल्डसँग भएको थियो।[१३] सन् २०१३ मार्चमा आयोजित गर्ल्स नाइट आटउको आठौँ श्रृङ्खलामा उनको सामना मिकी नकल्ससँग भएको जुन खेलमा उपाधिका लागि जारी गरिएको थियो भने उक्त खेलमा उनले नकल्सलाई पराजित गरेकी थिइन्।[१४] मार्च २०१४ मा आयोजित गर्ल्स नाइट आटउको ११औँ श्रृङ्खलामा उनको लिया भान डचलाई पराजित गर्न सफल भएकी थिइन् तर मार्च २९, २०१४ का दिन आयोजित गर्ल्स नाइट आटउको १२औँ श्रृङ्खलामा उनले उक्त उपाधि एथेना विरुद्धको खेलमा गुमाएकी थिइन्।

विमेन सुपरस्टार अनसेन्सर्ड (सन् २०११–२०१४)[सम्पादन गर्नुहोस्]

सन् २०११ मा केले विमेन सुपरस्टार अनसेन्सर्ड नामक एक अमेरिकी कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन्। उनले उक्त पदोन्नति अन्तर्गतको पहिलो खेल जामिला क्राफ्टको विरुद्धमा खेलेकी थिइन् जहाँ उनी पराजित भएकी थिइन्। उनी दुई महिनाको अस्थायी अवकाश पछि पुन उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन् जहाँ उनको सामना क्रिस्टिन अस्तरासँग भएको थियो।[१५] सन् २०११ को अगष्टमा उनले उक्त पदोन्नति अन्तर्गत पहिलो व्यक्तिगत जित हासिल गरिन् जब उनले फेटल फोर वे खेलमा (चार जना बीचको खेल) मार्टी बुल, टिना सान एन्टोनियो र नियालाई पराजित गरेकी थिइन्। केले पछस जेसिका हाभोक र स्यासी स्टिफीसँग सहकार्य गर्दै एक टोलीको गठन गरेकी थिइन् जसको मिडवेष्ट मिलिशिया नाम राखिएको थियो भने केले पछिका केही महिनासम्म उक्त टोलीसँगै केही ट्याग टिम खेलहरू खेलेकी थिइन् जहाँ उनीहरूको टोलीले टोली डब्ल्यूएसयु (मार्सिडेज मार्टिेनेन, अलिसन र ब्रिट्नी स्याभेज) नोभेम्बर २०११ मा आयोजित एक वार्षिक कार्यक्रममा पराजित गर्न सफल भएका थिए।[१६] सन् २०१२ मार्च ३ मा दिन उनी र स्टिफीले द सोल सिस्टर्सलाई (जेन र लतासा) पराजित गर्दै डब्ल्यूएसयु ट्याग टिम उपाधि जित्न सफल भएका थिए।[१७] सोही वर्षको अप्रिल महिनामा उनीहरूको आफ्नो ट्याग टिम उपाधि ब्रिट्नी स्याभेज र द सोल सिस्टर्स विरुद्धको खेलमा कायम राख्न सफल भएका थिए।

सन् २०१२ मा द मिडवेष्ट मिलिशिया एनसिडब्ल्यू फेमिस फेटल्स नामक एक क्यानडेली कुस्ती पदोन्नतिमा सरुवा भएका थिए।[१८] सन् २०१२ जुलाईमा आयोजित एनसिडब्ल्यू फेमिस फेटल्सको नवौँ कार्यक्रममा द मिडवेष्ट मिलिशियाले कोर्टनी रस, सान्ड्रा बेफ र क्याट पावरलाई ६ महिला ट्याग टिम खेलमा पराजित गर्न सफल भएका थिए।[१९] विमेन सुपरस्टार अनसेन्सर्डको किङ एन्ड क्विन्स वार्षिक कार्यक्रममा उनीहरूले आफ्नो ट्याग टिम उपाधि मार्टि बेल र लेक्सस विरुद्धको खेलमा कायम राख्न सफल भएका थिए। सन् २०१४ फेब्रुअरी ८ का दिन आयोजित डब्ल्यूएसयुको एक श्रृङ्खलामम के र स्टिफीले महिला ट्याग टिम उपाधि किम्बर लि र एनी सोसल विरुद्धको खेलमा गुमाएका थिए।[२०]

साइन रेस्लिङ (सन् २०१२–हाल)[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा केले साइन रेस्लिङ नामक एक अमेरिकी कुस्ती पदोन्नतिका लागि पर्दापण गरेकी थिइन् जहाँ उनले उक्त पदोन्नतिको पहिलो खेलमा टेलर मेडसँगको सहकार्यमा ट्रिसी टेलर र सु युङलाई पराजित गर्न सफल भएका थिए भने पछि अप्रिल हन्टरले पछि उक्त टोलीमा समावेश हुँदै उक्त टोलीको नाम मेड इन सिन राखेका थिए।[२१][२२] साइन रेस्लिङको ७औँ श्रृङ्खलामा मेड इन सिनले टेलर, युङ र मिया यिमलाई ६ महिला ट्याग टिम खेलमा पराजित गर्न सफल भएका थिए भने पछि उक्त टोलीमा रेइन र भेल्जा पनि समावेश हुँदै टोलीको नाम मेड इन सिनबाट भल्किरीमा नामसारी गरेका थिए।[२३] साइन रेस्लिङको ८औँ श्रृङ्खलामा भल्किरीले अमेजिङ कङ, अन्जलिना लभ, क्रिस्टिना भाइ इरी र मिया यिमलाई ८ महिला ट्याग टिम खेलमा पराजित गर्न सफल भएका थिए।[२४] सन् २०१३ मे १० का दिन आयोजित साइन रेस्लिङको १०औँ श्रृङ्खलामा केले निकी रक्सलाई एकल खेलमा पराजित गर्दै साइन उपाधिका लागि आयोजना गरिएको प्रतियोगितामा छनोट भएकी थिइन्।[२५] एली रेइन र एन्जलिना लभ बीचको खेल जारी रहँदा केले उक्त खेलमा अवरोध पुर्‍याएको भन्दै उनलाई ९० दिनका लागि निस्कासन गरिएको थियो भने उनले उक्त महिला उपाधिका लागि आयोजना गरिएको प्रतियोगिता रमा पनि भाग लिनबाट बञ्चित बनेकी थिइन्।[२५] सेप्टेम्बर २७ का दिन आयोजित साइन रेस्लिङको १३औँ श्रृङ्खलामा के पुन उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन् भने उनी र इभिलेसीको टोलीले जेसिका हाभोक र अमेजिङ कङलाई ट्याग टिम खेलमा पराजित गर्न सफल भएका थिए।[२६] उक्त खेलको अर्को हप्ता आयोजित कार्यक्रममा केले हाभोकलाई आक्रमण गरेकी थिइन् जसकारण उनीहरूको बीच द्वन्द्वको सुरुवात भएको थियो।[२७] साइन रेस्लिङको १५औँ श्रृङ्खलामा उनीहरूको बीच खेल आयोजना गरिएको थियो जुन खेल कोही पनि विजेता बन्न नसकेपछि उनीहरूका बीच साइन रेस्लिङको २०औँ श्रृङ्खलामा एकल खेल आयोजन गरिएको थियो जुन केले जित्न सफल भएकी थिइन्।[२८][२९][३०][३१] सन् २०१५ अक्टोबर २ का दिन आयोजित साइन रेस्लिङको ३०औँ श्रृङ्खलामा केले एकल खेलमा सराया नाइटलाई पराजित गर्न सफल भएकी थिइन्। [३०][३१]

सन् २०१८ सेप्टेम्बर ८ का दिन आयोजित साइन रेस्लिङको ५३औँ श्रृङ्खलामा केले एकल खेलमा मार्सिजेड मार्टिनेजलाई पराजित गर्दै खाली रहेको साइन उपाधि जित्न सफल भएकी थिइन्।[३२] केले पछि उक्त उपाधि विभिन्न महिला कुस्ती खेलाडी बीचको खेलमा दाउमा लगाएकी थिइन् जसमा युङ, लुफिस्तो आदि समावेश छन्।[३३] सन् २०१९ मा उनले उक्त उपाधि मियु यामासिता विरुद्धको खेलमा गुमाएकी थिइन् भने मे ६, २०१९ का दिन उनले यामासितालाई एकल खेलमा पराजित गर्दै दोस्रो साइन उपाधि जित्न सफल भएकी थिइन्।[३४]

टोटल नन् स्टप एक्सन रेस्लिङ/इम्प्याक्ट रेस्लिङ (सन् २०१६–२०१८)[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा अगष्टमा सियाना

सन् २०१६ अप्रिल २१ का दिन केले टोटन नन् स्टप एक्सन रेस्लिङ नामक एक अमेरिकी कुस्ती पदोन्नतिसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेको खुलासा गरिएको थियो। उनले सोही दिन उक्त पदोन्नतिमा आफ्नो रिङ नाम सियानाको रूपमा पर्दापण गरेकी थिइन् भने उनले जेडलाई आक्रमण गरेकी थिइन्।[३५] सियानाको पछि गेल किम र जोडसँग द्वन्द्वको सुरुवात भएको थियो भने उनले मरिया र एलीसँगको सहकार्यमा एक टोलीको गठन गरेकी थिइन्। सन् २०१६ अप्रिल २४ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङखलामा सियानाले एकल खेलमा म्याडिसन रेइनलाई पराजित गर्दै टिएनए नकआउट्स उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन्।[३६][३७] मे १७ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा सियानाले एकल खेलमा भेलभेट स्काईलाई पराजित गर्न सफल भएकी थिइन्। उनको पछि गेल किमका विरुद्ध खेल आयोजना गरिएक‍ थियो जुन खेलमा उनी पराजित भएकी थिइन् भने उक्त खेलको समाप्ति पश्चात् मरिया र सियानाले किमलाई आक्रमण गरेका थिए। मे ३१, २०१६ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा सियाना र एली गेल किम र जेड विरुद्धको खेलमा पराजित भएका थिए।[३८] सन् २०१६ मा इम्प्याक्ट रेस्लिङद्वारा आयोजित स्लामेभर्सरी नामक वार्षिक कार्यक्रममा सियानाले एकै खेलमा जेड र गेल किमलाई पराजित गर्दै टिएनए नकआउट्स उपाधि जित्न सफल भएकी थिइन्।[३९] सन् २०१६ अगष्ट २५ का दिन आयोजित टर्निङ पोइन्ट नामक एक वार्षिक खेलमा सियानाको नकआउट्स उपाधिका लागि खेल आयोजना गरिएको थियो जसमा म्याडिसन रेइन, मार्टी बेल, जेड र एली समावेश थिए।[४०] सियानाले उनको उपाधि सोही खेलमा गुमाएकी थिइन् भने उक्त उपाधि एलीले जितेकी थिइन्।

सन् २०१७ जनवरी ६ का दिन आयोजित वान नाइट ओन्ली नामक एक वार्षिक कार्यक्रममा सियानाको सामना तात्कालिक टिएनए नकआउट्स उपाधि विजेता रोजमेरीको विरुद्धमा उक्त उपाधिका लागि जारी गरिएको थियो जुन खेलमा सियाना पराजित भएकी थिइन्।[४१] सन् २०१७ अप्रिल २१ का दिन सियानाले क्रिस्टिना भान इरीलाई एकल खेलमा पराजित गर्दै जिएफडब्ल्यू महिला उपाधि जित्न सफल भएकी थिइन् भने उक्त उपाधिको जितसँगै दुवै नकआउट्स उपाधि र जिएफडब्ल्यू महिला उपाधि जित्ने उनी पहिलो महिला खेलमा बन्न सफल भएकी थिइन्।[४२] सन् २०१७ मा आयोजित स्लामेभर्सरी नामक एक वार्षिक कार्यक्रममा सियानाको सामना रोजमेरीसँग भएको थियो जो तात्कालिक समयकी टिएनए नकआउट्स विजेता थिइन् भने उक्त खेलको विजेताले समायोजित नकआउट्स उपाधि जित्ने प्राबधान थियो।[४३] सियानाले उक्त खेलमा रोजमेरीलाई पराजित गर्दै नयाँ जिएफडब्ल्यू नकआउट्स विजेता बन्न सफल भएकी थिइन्।[४४] सन् २०१७ मा आयोजित बाउन्ड फर ग्लोरी नामक कार्यक्रममा उनले उक्त उपाधि गेल किम विरुद्धको खेलमा गुमाएकी थिइन्।

सन् २०१८ जुलाईमा इम्प्याक्ट रेस्लिङले आफ्नो जाल स्थलबाट सियानमको जानकारी समावेश लेखलाई मेटाएको थियो जसकारण उनले उक्त पदोन्नति छाडेको खुलासा भएको थियो।

नेसनल रेस्लिङ एलायन्स (सन् २०१९–हाल)[सम्पादन गर्नुहोस्]

सन् २०१९ मा केले नेसनल रेस्लिङ एलायन्स नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन्।[४५] सन् २०१९ अप्रिल २७ का दिन आयोजित क्रोकेट कप नामक एक कुस्ती कार्यक्रममा के र जज् बीच एनडब्ल्यूए विश्व महिला उपाधिका लागि खेल आयोजना हुने भनिएको थियो तर जजले पछि स्वास्थ्यमा समस्या आएका कारण उनले उक्त उपाधि छाड्न बाध्य भएकी थिइन्।[४६] क्रोकेट कप नामक एक कुस्ती कार्यक्रममा केले सान्टानम गेरेटलाई एकल खेलमा पराजित गर्दै खाली रहेको एनडब्ल्यूए विश्व महिला उपाधि जित्न सफल भएकी थिइन्। सन् २०२० जनवरी २४ का दिन आयोजित एनडब्ल्यूएको एक श्रृङ्खलामा उनले उक्त उपाधि थन्डर रोजा विरुद्धको खेलमा गुमाएकी थिइन्।[४७]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  • एब्सुलुट इन्सेन रेस्लिङ
    • एआइडब्ल्यू महिला विजेता (१ पटक)[४८]
  • नेसनल रेस्लिङ एलायन्स
    • एनडब्ल्यूए विश्व महिला विजेता (१ पटक)
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्य शीर्ष ८ मा पर्न सफल (सन् २०१७) [४९]
  • साइन रेस्लिङ
    • साइन विजेता (२ पटक)[५०]
    • साइन उपाधि प्रतियोगिता (सन् २०१८)
  • इम्प्याक्ट रेस्लिङ
    • जिएफडब्ल्यू महिला विजेता (१ पटक)
    • इम्प्याक्ट नकआउट्स विजेतम (२ पटक)
  • 'विमेन सुपरस्टार अनसेन्सर्ड
    • डब्ल्यूएसयु ट्याग टिम विजेता (१ पटक) – स्यासी स्टिफीसँग[५१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Allysin Kay", Online World of Wrestling 
  2. "アリシン・ケイ" (जापानीमा), World Woman Pro-Wrestling Diana, मूलबाट अक्टोबर १४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ६, २०१३ 
  3. "Ringbelles Roundup (27 May 2014) – WWE Diva booking, wrestlers venturing into MMA & more", Ringbelles, २०१४-०५-२७, मूलबाट मे २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२८ मिति
  4. Carlton, Arron (मार्च २, २०११), "Getting to know Allysin Kay", Lethwow, मूलबाट जुन १०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०१२ 
  5. Mitchell, Greg (जुन ६, २०११), "MCW's Angel Dust", Ultimate Sports Talk, अन्तिम पहुँच डिसेम्बर २०, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मार्च २६, २०२० मिति
  6. Namako, Jason (अप्रिल ५, २०१३), "Feature: Jason Namako recaps the Shimmer Volume 49 DVD", WrestleView, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  7. "Show Results – 4/13 SHIMMER tapings in Berwyn, Ill.: Two Shimmer Title matches, Cheerleader Melissa, Serena, MsChif, more", Pro Wrestling Torch, अप्रिल १४, २०१३, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  8. Namako, Jason (अप्रिल १४, २०१३), "4/14 Shimmer #56 Results: Berwyn, Illinois", WrestleView, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  9. Namako, Jason (अप्रिल १४, २०१३), "4/14 Shimmer #57 Results: Berwyn, Illinois (Allison Danger's retirement match)", WrestleView, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  10. Solomon, Jacob (नोभेम्बर ४, २०१२), "Show Results – 11/3 ROH TV taping in Pittsburgh, Pa.: All titles defended, new matchmaker, Final Battle line-up takes shape", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  11. "2012 Results", Absolute Intense Wrestling, मूलबाट जुन २०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०१३  वेब्याक मेसिन अभिलेखिकरण जुन २०, २०११ मिति
  12. "2011 Results", Absolute Intense Wrestling, अन्तिम पहुँच जुलाई २५, २०१३  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ३०, २०११ मिति
  13. Baninsack, Joe, "Joe Babinsack looks at AIW Girls Night Out 5", Wrestling Observer Newsletter, Figure Four Online, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  14. Namako, Jason (मार्च ३०, २०१४), "3/29 AIW Results: Cleveland, Ohio (Girls Night Out)", WrestleView, अन्तिम पहुँच मार्च ३०, २०१४ 
  15. "Women Superstars Uncensored", Online World of Wrestling, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  16. Laprade, Patric (मार्च ११, २०१२), "Locals shine among international talent at NCW Femmes Fatales", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  17. Laprade, Patric (जुलाई ८, २०१२), "SHIMMER tag belts switch hands in Montreal", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  18. Namako, Jason (मे १२, २०१३), "5/11 WSU iPPV Results: Voorhees, New Jersey (Havok vs. Callihan)", WrestleView, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  19. Namako, Jason (फेब्रुअरी १०, २०१४), "2/8 WSU iPPV Results: Voorhees, NJ (Havok/Alpha Female)", WrestleView, अन्तिम पहुँच जुन १७, २०१४ 
  20. Namako, Jason (सेप्टेम्बर १५, २०१४), "9/13 WSU Results: Voorhees, New Jersey (LuFisto/Kay)", WrestleView, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१४ 
  21. Asher, Matthew (जुलाई १५, २०१२), "Women ready to Shine in new Florida promotion", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  22. Radican, Sean (नोभेम्बर १९, २०१२), "Radican's Shine DVD Review Sseries: "Shine 1" – Rain-Roxx, Del Rey-Jazz", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  23. Namako, Jason (फेब्रुअरी २३, २०१३), "2/22 Shine #7 iPPV Results: Ybor City, Florida", WrestleView, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  24. Namako, Jason (मार्च २३, २०१३), "3/23 Shine #8 iPPV Results: Ybor City, Florida", WrestleView, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  25. २५.० २५.१ Trionfo, Richard, "COMPLETE SHINE10 iPPV REPORT: RAIN VERSUS ANGELINA LOVE; THE TOURNAMENT IS FILLED, BUT THEN A SPOT OPENS UP; WHEN THEY SAY DO NOT INTERFERE, THEY MEAN IT; AND MORE", PWInsider, अन्तिम पहुँच २० जुलाई २०१४ 
  26. Namako, Jason (मे २४, २०१३), "5/24 Shine #10 iPPV Results: (Angelina Love vs. Rain)", WrestleView, अन्तिम पहुँच जुलाई २५, २०१३ 
  27. Namako, Jason (सेप्टेम्बर २७, २०१३), "9/27 Shine #13 Results: Ybor City, FL (Rain vs. Love)", WrestleView, अन्तिम पहुँच सेप्टेम्बर २८, २०१३ 
  28. Namako, Jason (अक्टोबर २७, २०१३), "10/25 Shine #14 Results: Ybor City, Florida (Rain/Matsumoto)", WrestleView, अन्तिम पहुँच डिसेम्बर १६, २०१३ 
  29. Namako, Jason (डिसेम्बर १४, २०१३), "12/13 Shine #15 iPPV Results: Ybor City, Florida", WrestleView, अन्तिम पहुँच डिसेम्बर १६, २०१३ 
  30. ३०.० ३०.१ Namako, Jason (जनवरी २४, २०१४), "1/24 Shine 16 iPPV Results: Ybor, Florida (Rain vs. Ivelisse)", WrestleView, अन्तिम पहुँच अप्रिल २६, २०१३ 
  31. ३१.० ३१.१ Namako, Jason (अप्रिल २०, २०१४), "4/18 Shine 18 iPPV Results: Ybor City, FL (Ivelisse vs. Knight)", WrestleView, अन्तिम पहुँच अप्रिल २६, २०१४ 
  32. Trionfo, Richard (अक्टोबर २, २०१५), "COMPLETE SHINE 30 iPPV COVERAGE: ANYTHING GOES WITH SARAYA KNIGHT AND ALLYSIN KAY, SU YUNG VERSUS MADISON EAGLES, SANTANA DEFENDS THE TITLE VERSUS EVIE, THE STATUS OF THE TAG TEAM TITLES, AND MORE", PWInsider, अन्तिम पहुँच अक्टोबर २, २०१५ 
  33. Lambert, Jeremy, "WWN Supershow Mercury Rising Results (4/5/19): Three Title Matches Headline The Event", Fightful, अन्तिम पहुँच अप्रिल ५, २०१९ 
  34. Carroll, Kevin, "Allysin Kay regains SHINE Championship", Diva Dirt, अन्तिम पहुँच मे ६, २०१९ 
  35. Jackson, Mike (अप्रिल २१, २०१६), "TNA IMPACT WRESTLING SPOILER", Pro Wrestling Insider, अन्तिम पहुँच अप्रिल २१, २०१६ 
  36. "TNA Impact Wrestling 5/3 taping results: Jeff Hardy, Lashley, new female debuts", Wrestling Observer Newsletter, अप्रिल २२, २०१६, अन्तिम पहुँच अप्रिल २२, २०१६ 
  37. Caldwell, James (अप्रिल २१, २०१६), "Women’s wrestling star Allysin Kay debuts at TNA Impact tapings", Pro Wrestling Torch, अन्तिम पहुँच अप्रिल २२, २०१६ 
  38. "April Taping Results", अन्तिम पहुँच जनवरी १५, २०१७  वेब्याक मेसिन अभिलेखिकरण जुन २५, २०१६ मिति
  39. Caldwell, James, "6/12 TNA Slammiversary PPV Results – CALDWELL’S Complete Report", Pro Wrestling Torch, अन्तिम पहुँच जुन १२, २०१६ 
  40. "Spoilers: TNA Impact Wrestling Taping Results From 8/12/16 –", pwmania.com, २०१६-०८-१४, अन्तिम पहुँच १४ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१४ मिति
  41. Milici, Leon (६ अक्टोबर २०१६), "Sienna attacks Gail Kim after their match", Wrestlinginc, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  42. "411MANIA - Click Here to Join 411’s TNA One Night Only LIVE Coverage", अन्तिम पहुँच जनवरी १५, २०१७ 
  43. Martin, Adam (२०१७-०४-२२), "Spoilers: 4/21 Impact Wrestling TV tapings results from Orlando", Wrestleview, अन्तिम पहुँच २०१७-०४-२२ 
  44. "Csonka’s Impact Wrestling Review 3.22.18", 411MANIA। 
  45. Hanning, Simon, "Jazz vacates NWA World Women’s Championship", Diva Dirt, अन्तिम पहुँच अप्रिल २२, २०१९ 
  46. Powell, Jason, "NWA Crockett Cup 2019 results: Powell’s live review of Nick Aldis vs. Marty Scurll for the NWA Championship, the eight-team Crockett Cup tag team tournament to crown the new NWA Tag Team Champions, Allysin Kay vs. Santana Garrett for the vacant NWA Women’s Championship", Pro Wreslting Dot Net, अन्तिम पहुँच अप्रिल २७, २०१९ 
  47. Clark, Tom, "WATCH: Allysin Kay vs. Marti Belle, NWA World Women’s Title (Full Match)", ProWrestling.com - Wrestling News & WWE Rumors, अन्तिम पहुँच मे १८, २०१९  वेब्याक मेसिन अभिलेखिकरण मे २८, २०१९ मिति
  48. "AIW Roster", Absolute Intense Wrestling, मूलबाट डिसेम्बर ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३, २०१२  वेब्याक मेसिन अभिलेखिकरण मे २५, २०१३ मिति
  49. "Asuka es la mejor luchadora de 2017 según PWI", MedioTiempo (Spanishमा), नोभेम्बर २, २०१७, अन्तिम पहुँच नोभेम्बर १७, २०१७ 
  50. Elizabeth, Claire, "Shine 53 live results: Shine Championship tournament, Cutie Pie Club vs. Twisted Sisterz, and more!", Cageside Seats, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१८ 
  51. "Kay, Allysin", साइन रेस्लिङ, मूलबाट अक्टोबर १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ११, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १७, २०१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]