सेरा बर्नहार्ट
स्वरूप
सेरा बर्नहार्ट | |
---|---|
जन्म | हेनरिएट रोजिन बनार्ड २२ अक्टोबर १८४४ पेरिस, फ्रान्स |
मृत्यु | २६ मार्च १९२३ पेरिस, फ्रान्स | (उमेर ७८)
निवास | पेअर लासेज समाधी |
पेशा | नायिका |
कार्यकाल | १८६२–१९२३ |
जीवनसाथी | |
सन्तान | १ |
हस्ताक्षर | |
सेरा बर्नहार्ट (फ्रान्सेली: [saʁa bɛʁnɑʁt]फ्रान्सेली: [saʁa bɛʁnɑʁt];[१] जन्म २२ अक्टोबर १८४४) एक फ्रान्सेली नायिका थिइन् जसले १९ औ शताब्दीको अन्त्य र २०औ शताब्दीको सुरूवात तिर फ्रान्सेली नाटकहरूमा काम गर्थिन्। उनले केही नाटकहरूमा पुरूषको भूमिका निर्वाह गरेकी छन् जसमा सेक्सपियरको ह्यामलेट पनि पर्छ। रोस्टान्डले उनलाई "पोजकी रानी र इशाराकी राजकुमारी" भन्थे र ह्युगोले उनको "सुनौलो आवाज" को प्रशंसा गर्थे। उनले रङ्गमञ्चमा अभिनय देखाउन विश्वभरि धेरै भ्रमणहरू गरिन्, र उनी ध्वनि रेकर्डिङहरू र चलचित्रहरूमा अभिनय गर्ने प्रारम्भिक प्रमुख अभिनेत्रीहरू मध्ये एक थिइन्।
उनी कलाकार अल्फोन्स मुचाको सफलतासँग पनि जोडिएकी छन्, जसको कामलाई उनले प्रचार गर्न मद्दत गरिन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Her own pronunciation, listen e.g. to युट्युबमा हेर्नुहोस्