एडल्फ हिटलर

नेपाली विकिपीडियाबाट
(अडोल्फ हिटलर बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अडोल्फ हिटलर
Bundesarchiv Bild 183-S33882, Adolf Hitler retouched.jpg
Hitler in 1937

कार्यकाल
2 August 1934 – 30 April 1945
अग्रज : Paul von Hindenburg
(as President)
उतराधिकारी : Karl Dönitz
(as President)

कार्यकाल
30 January 1933 – 30 April 1945
राष्ट्रपति : Paul von Hindenburg
सहायक
अग्रज : Kurt von Schleicher
उतराधिकारी : Joseph Goebbels

कार्यकाल
30 January 1933 – 30 January 1935
प्रधानमन्त्री :
अग्रज : Office created
उतराधिकारी : Office abolished
व्यक्तिगत जानकारी
जन्म (१८८९-০४-२০)२০ अप्रिल १८८९
Braunau am Inn, Austria–Hungary
मृत्यु ३০ अप्रिल १९४५(१९४५-০४-३০) (५६ वर्ष)
Berlin, Germany
राष्ट्रियता
  • Austrian citizen until 7 April 1925[१]
  • German citizen after 25 February 1932
राजनीतिक दल National Socialist German Workers' Party (1921–1945)
अन्य राजनैतिक
संलग्नता
German Workers' Party (1920–1921)
जीवनसाथी Eva Braun
(29–30 April 1945)
पेशा Politician, soldier, artist, writer
धर्म See Adolf Hitler's religious views
पुरस्कार
हस्ताक्षर
Military service
निष्ठा  German Empire
सेवा/शाखा Reichsheer
पेशा वर्ष 1914–1918
क्रम Gefreiter
युनिट 16th Bavarian Reserve Regiment
युद्ध World War I

अडोल्फ हिटलर (German: [ˈadɔlf ˈhɪtlɐ]; २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) अष्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। यिनी १९३३ देखि १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।

उनी पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी)को सदस्यता लिए तथा सन् १९२१मा सोही पार्टीको नेता बने । सन् १९२३मा उनले एक 'कु'को असफल असफल प्रयास समेत गरेका थिए । सोहि असफल कुको कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । सन् १९२४मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदीबिरोधी र कम्युनिष्ठबिरोधी गतिविधिलाई आफ्नो विशिष्ट वक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उदेश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।

हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातिलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु थियो । उनले जर्मनीको सैन्य सुदृढीकरण गरे तथा सन् १९३९मा पोल्याण्डमाथि आक्रमण गरे जुन दोश्रो विश्वयुद्धको शुरुवात थियो । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३मा हिटलरको केहि सैन्यिय निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५मा मित्र राष्ट्रको सेनाले जर्मनीमाथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिनले गर्दा एघार करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।

युद्धका अन्तिम दिनहरूमा सन् १९४५मा बर्लिनको लडाईंताका हिटलरले आफ्नो लामो समयदेखिकी प्रेमिका इभा ब्राउनसँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५मा लाल सेनाबाट सम्भावित गिरफ्तार नहुन दुवै जनाले आत्महत्या गरे ।

प्रारम्भका वर्षहरू[सम्पादन गर्ने]

वंश[सम्पादन गर्ने]

हिटलरका पिता, आलोइस हिटलर (सन् १८३७ - १९०३), मारिया अन्ना सिक्न्ग्रुबर का एक नाजायज सन्तान थिए । आलोइसको जन्मदर्तामा पिताको नाम उल्लेख गरिएको थिएन । त्यसैले उनले आफ्नो आमाको थर पाए । सन् १८४२मा जोहन नेपोमुक हिडलरले अन्नासँग विवाह गरे । तर सन् १८४७मा आमा र सन् १८५६मा पिताको मृत्यु पश्चात हिडलरका दाजु १८७६मा आएर मात्र आलोइस

सन्दर्भ सूची[सम्पादन गर्ने]