अनुराधा कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनुराधा कोइराला
१ औं बागमती प्रदेशको प्रमुख
कार्यकाल
२०७४ माघ ३ – २०७६ कार्तिक १७
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीडोरमणि पौडेल
पूर्वाधिकारीस्थापित
उतराधिकारीविष्णुप्रसाद प्रसाई
व्यक्तिगत विवरण
जन्मसन् १९४९ अप्रिल १४
रुम्जाटार, ओखलढुङ्गा, नेपाल
नागरिकतानेपाली
जीवन साथीदिनेशप्रसाद कोइराला
सन्तान(हरू)मनीष कोइराला
अभिभावककोलोनेल प्रताप सिंह गुरुङ र लक्ष्मी गुरुङ
पेशासमाजसेवी

अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्।[१] उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ। यिनले २०१० सिएनएन हिरो को उपाधि पनि पाएकी छिन्।[२]

जन्म र अध्ययन[सम्पादन गर्नुहोस्]

अनुराधाको जन्म १४ अप्रिल १९४९[३] मा ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परिवारमा भएको हो। उनका बाबु कर्णेल प्रताप शिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन् ।[४]

१० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी उनले भारतकै कोलकाताबाट बीए पास गरेकी छिन्। चार जना दाजुभाइ र दुई दिदी बहिनीमध्येकी उनी काँइली हुन्। १९ वर्षे किशोर उमेरमा काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि 'प्रयास नेपाल' नामको गैरसरकारी संस्था चलाउँदै आएका छन्।[५]

CNN हिरो अवार्डका साथ अनुराधा कोइराला

मान तथा सम्मान[सम्पादन गर्नुहोस्]

कोइरालाले क्यालिफोर्नियाको लसएन्जलसमा सिएनएन हिरो उपाधी जितेकी छिन् । उनलाई डेमी मुरएस्टन कचरले मञ्चमा संयुक्तरूपमा चिनाएका थिए।[६]

कोइरालाई माइती नेपालको आफ्नो कार्यक्रम जारी राख्न अमेरिकी डलर १००,००० को साथमा अमेरिकी डलर २५,०० कदर स्वरुप सिएनएन द्वारा प्रदान गरियो।[६][७]

उनले २०१४ मा मदर टेरेसा सम्मान जितिन् ।[८][९]उनले पदमा श्री जस्तो उपाधि पनि पाएकी छिन् । [१०]

प्रदेश प्रमुख[सम्पादन गर्नुहोस्]

मिति २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेको थियो ।[११] २०७६ कात्तिक ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनुराधा लगायत लगायत सातवटै प्रदेशका प्रदेश प्रमुखलाई मुक्त गरिन् ।[१२]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. अनुराधा कोइराला वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-०५ मिति
  2. अनुराधा कोइराला सीएनएन हिरो[dead link]
  3. अनुराधाको जीवनी वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  4. अनुराधाको जीवनी वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  5. "सीएनएनमा अनुराधा", कान्तिपुर दैनिक, बुधवार, २०६८ वैशाख २१। 
  6. ६.० ६.१ "अनुराधाले CNN Heroes Award जितिन्", CNN Edition, २०१२-०३-२३। 
  7. "अनुराधाले CNN Heroes Award जितिन्", २०१२-०३-२३।  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-३० मिति
  8. "Mother Teresa global awards for Anuradha Koirala, Amte", Business Standard, अन्तिम पहुँच १४ डिसेम्बर २०१४ 
  9. "Mother Teresa Memorial International Award for Social Justice held on Sunday", dna (Diligent Media Corporation Ltd.), ११ नोभेम्बर २०१४, अन्तिम पहुँच १४ डिसेम्बर २०१४ 
  10. "अनुराधा कोइराला पद्मश्री पदकबाट सम्मानित", UJYAALO ONLINE :: Nepal News, Nepali Samachar, २६/०५/२०७४, अन्तिम पहुँच २६/०५/२०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२७ मिति
  11. बीबीसी नेपाली सेवा
  12. https://www.presidentofnepal.gov.np/?p=3640 वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०३ मिति