मदर टेरेसा
| मदर टेरेसा | |
|---|---|
| धर्म | क्याथोलिक |
| Order | Missionaries of Charity (1950-1997), Sisters of Loreto (1928-1950) |
| Personal | |
| राष्ट्रियता | अल्वानीयाली, भारतीय |
| जन्म | Agnes Gonxhe Bojaxhiu अगस्ट 26, 1910 Üsküb, Vilayet of Kosovo, Ottoman Empire (today's Skopje) |
| मृत्यु |
सेप्टेम्बर 5 1997 (87वर्ष ) Signature of Mother Teresa |
| Senior posting | |
| उपाधी | Superior General |
| Period in office | 1950–1997 |
| उत्तराधिकारी | निर्मला जोशी |
मदर टेरेसा ( २६ अगस्त, १९१० - ५ सेप्टेम्बर, १९९७) को जन्म अग्नेसे गोंकशे बोजशियु को नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, ओटोमन साम्राज्य (आज को सोप्जे, मेसेडोनिया गणराज्य) मा भएको थियो। मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले १९५० मा कोलकाता मा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन। ४५ बर्षसम्म गरीब, बीरामी, अनाथ, र मर्न लागेका मानिसहरुको मदद गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन।
१९७० सम्म उनी ग़रीबहरु र असहायहरुको लागि आफ्नो मानवीय कार्यहरुको लागि प्रसिद्द भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोड मा यसको उल्लेख गरियो। उनलाई १९७९ मा नोबेल शांति पुरस्कार र १९८० मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो। मदर टेरेसाको जीवनकालमा मिशनरीज अफ चेरिटी को कार्य लगातार विस्तृत भैरह्यो र उनिलाई मृत्युको समय सम्म उनी १२३ देशमा ६१० मिशन नियंत्रित गरिरहेकि थिईन। यसमा एचआईभि/एड्स, कुष्ठ र तपेदिकको रोगीहरुको लागि धर्मशाला/ घर शामिल थिए, र साथै सूप भान्सा, बच्चाहरु र परिवारको लागि परामर्श कार्यक्रम, अनाथालय र विद्धालय पनि थिए। मदर टेरसाको मृत्यु पछि उनलाई पोप जन पल द्वितीय ले धन्य घोषित गरियो र उनलाई कोलकाता को धन्य को उपाधि प्रदान गरियो।
[सम्पादन गर्ने] आलोचना
थुप्रै व्यक्ति, सरकार, र संस्थाहरुद्वारा उनिलाई प्रशंसा गरिन्छ, यद्धपि उनले आलोचनाको पनि सामना गर्नुपर्यो। यसमा केही व्यक्तिहरु, जस्तो क्रिस्टोफ़र हिचेन्स, माइकल परेंटी, अरूप चटर्जी (विश्व न्दू परिषद) द्वारा गरिएको आलोचना शामिल छ, जुन उनिलाई काम (धर्मान्तरण) को विशेष तरीकाको विरुद्ध थिए। यस वाहेक केही चिकित्सा पत्रिकाहरुमा पनि उनिलाई धर्मशालाहरुमा दिईने चिकित्सा सुरक्षाको मापदण्डलाई आलोचना गरियो र अपारदर्शी प्रकृतिको बारेमा प्रश्न उठाईयो, जसमा दानको धन खर्च गरिन्थ्यो।
[सम्पादन गर्ने] बाहिरी लिंकहरू
- Mother Teresa:The Final Verdict The Introduction and the first three chapters of Chatterjee's book are available here.