अन्तःशुल्क कर
नेपाली विकिपीडियाबाट
| अन्तःशुल्क कर | |
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
आमजनताको स्वास्थ्यमा हानि पुर्याउने, वातावरणलाई प्रतिकूल असर पार्ने र विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने प्रचलन छ। सन् १९९५को जनवरी १मा विश्व व्यापार संगठनको स्थापना हुनुपूर्वसम्म सामान्यतः आन्तरिक उत्पादनमा लाग्दै आएको यो कर विश्व व्यापार संगठनको सिद्धान्तअनुसार पैठारीमा पनि लाग्न थालेको हो। यो कर हल्यान्डबाट सत्रौँ शताब्दीमा प्रारम्भ भएको अनुमान गरिन्छ। हाम्रो सन्दर्भमा राणाकालमा दहत्तर, बहत्तर, वनकश, यार्सा, मदकट्टी, सुगरको जगर र चुरोटको वितरणमा ठेक्काद्वारा अन्तःशुल्कको असुली प्रारम्भ भएको आभाष हुन्छ। सुरुमा ०१५ सालमा अन्तःशुल्क ऐन जारी भएको थियो। समयको साथ साथै विभिन्न ऐन-नियम जारी भए। हाल ०५८ सालमा जारी भएको अन्तःशुल्क ऐन र ०५९ सालको नियमावली प्रचलनमा छन्।[१]