अमृतसर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अमृतसर
हरमंदिर साहिबको रात्रि दृश्य
हरमंदिर साहिबको रात्रि दृश्य
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य पंजाब
जिल्ला अमृतसर
महापौर श्वेत सिंह मलिक
जनसंख्या ३,६९५,०७७ (2007)
क्षेत्रफल
ऊंचाई (AMSL)

• २१८ m (७१५ ft)

Erioll world.svgनिर्देशाङ्क: 31°38′N 74°52′E / 31.64, 74.86 अमृतसर (पंजाबी:ਅੰਮ੍ਰਿਤਸਰ) भारतको पंजाब प्रान्तको एक सहर हो। अमृतसर पंजाबको सबभन्दा महत्वपूर्ण र पवित्र सहर मानिन्छ। पवित्र यस कारण मानिन्छ किनकी सिखहरूको सबभन्दा ठुलो गुरूद्वारा स्वर्ण मन्दिर अमृतसरमा नै छ। ताजमहल पछि सबभन्दा ज्यादा पर्यटक अमृतसरको स्वर्ण मन्दिरलाई नै हेर्न आउदछन। स्वर्ण मन्दिर अमृतसरको मुटु मानिन्छ। यो गुरू रामदासको डेरा हुने गर्दथ्यो। अमृतसरको इतिहास गौरवमयी छ। यो आफ्नो संस्कृति र लड़ाइहरूको लागि धेरै प्रसिद्ध रहेको छ। अमृतसर अनेक त्रासदि र दर्दनाक घटनाहरूको साक्षी रहेको छ। भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा ठुलो नरसंहार अमृतसरको जलियांवाला बागमा नै भएको थियो। यस पछि भारत पाकिस्तानको बीच जुन बिभाजन भयो त्यस समय पनि अमृतसरमा ठुलो हत्याकाण्ड भयो। यो मात्र होईन अफगान र मुगल शासकहरूने यस माथि अनेक आक्रमण गरे र यसलाई बर्बाद गरे। यसको बावजूद सिखहरूले आफ्नो दृढ संकल्प र मजबूत इच्छाशक्तिबाट दोश्रो पटक यसलाई बसाए। हालांकि अमृतसरमा समयको साथ धेरै बदलाव आएको छ तर आज पनि अमृसतरको गरिमा कायम छ।

इतिहास[सम्पादन गर्ने]

Goldentemple (82).JPG

अमृतसर लगभग साढे चार सौ वर्ष देखी अस्तित्वमा छ। सबभन्दा पहिले गुरू रामदासले 1577मा 500 बीघामा गुरूद्वाराको आधार शिला राखेका थिए। यो गुरूद्वारा एक सरोवरको बीचमा बनेको छ। यहाँ बनेको तंदूर बडा लजीज हुदछ। यहाँ सुन्दर कृपाण,आम पापड, आपको आचार र सिखहरूको दस गुरूहरूको आकर्षक तस्वीर पाईन्छ।

अमृतसरमा पहिले जैसा आकर्षण छैन। अमृतसरको साथ त्यसको गौरवमयी इतिहासको अलावा केही पनि छैन। अमृतसरमा स्वर्ण मन्दिरको अलावा हेर्न लायक केही छ त्यो हो अमृतसरको पुरानो सहर। यसको चारै तर्फ पर्खाल बनेको छ। यसमा बारह प्रवेशद्वार छ। यो बारहद्वार अमृतसरको कहानी बयान गर्दछ। अमृतसर दर्शनको लागी सबभन्दा राम्रो साधन साईकिल रिक्शा र ऑटो हो। यसै प्रचालनलाई अगाडि बढ़ने र विरासतलाई सँभालने उद्देशबाट पंजाब पर्यटन विभागले फाजिल्का को एक गैर सरकारी संस्था ग्रेजुएट वेलफेयर एसोसिएशन फाजिल्का संग मिलेर, फाजिल्का देखी शुरू भएको इकोफ्रेंडली रिक्शाले नया रूप, "ईको- कैब" लाई अमृतसरमा पनि शुरू गरेको छ | अब अमृतसरमा रिक्शाको यात्रा गर्दा न केवल पर्यटकहरूको जानकारीको लागी ईको- कैबमा सहरको पर्यटन नक्सा हुन्छ, बरु पिउनको लागी पानीको बोतल, पढनको लागी अख़बार र सुन्नको लागी एफ्फ एम्म रेडियो जस्तो सुविधाहरू पनि छ |

मुख्य आकर्षण[सम्पादन गर्ने]

अमृतसरको स्वर्ण मन्दिर[सम्पादन गर्ने]

स्वर्ण मन्दिर अमृतसरको सबभन्दा ठुलो आकर्षण हो। यसको पूरा नाम हरमन्दिर साहब हो तर यो स्वर्ण मन्दिरको नामबाट प्रसिद्ध छ। पुरै अमृतसर सहर स्वर्ण मन्दिरको चारै तर्फ बसेको छ। स्वर्ण मन्दिरमा प्रतिदिन हजारों पर्यटक आउद छन। अमृतसरको नाम वास्वतमा त्यस तालको नाममा राखिएको छ जसको निर्माण गुरू रामदासले आफ्नो हातले गराएका थिए।

सिख भगवानमा विश्वास गर्दैनन। उसको लागी गुरू नै सबै कुरा हो। स्वर्ण मन्दिरमा प्रवेश गर्न भन्दा पहिले उ मन्दिरको सामने सर झुकाउद छन, फेरी खुट्टा धुए पछि सीढिहरूबाट मुख्य मन्दिरसम्म जान्छन। सीढिहरूको साथ-साथ स्वर्ण मन्दिरसंग जोडिएको सबै घटनाहरू र यसको पूरा इतिहास लेखिएको छ। स्वर्ण मन्दिर धेरै नै आकर्षक छ। यसमा रोशनीको सुन्दर व्यवस्था गरिएको छ। सिखहरूको लागी स्वर्ण मन्दिर धेरै नै महत्वपुर्ण छ। सिखहरूको अलावा पनि धेरै श्रद्धालु यहाँ आउद छन। उनीहरूको स्वर्ण मन्दिर र सिख धर्ममा अटुट आस्था छ।

हरमन्दिर साहब परिसरमा दुई ठुलो र केही सानो-सानो तीर्थस्थल छ। यो सबै तीर्थस्थल जलाशयको चारै तर्फ फैलिएको छ। यस जलाशयलाई अमृतसर र अमृत तालको नामबाट जानिन्छ। पूरा स्वर्ण मन्दिर सफा पत्थरहरूबाट बनेको छ र यसको भित्ताहरूमा सुनको पत्तिहरूबाट नक्काशी गरिएको छ। हरमन्दिर साहबमा पुरै दिन गुरू बाणीको स्वर लहरियां गुञिरहन्छ। मन्दिर परिसरमा पत्थरको स्मारक टासिएको छ। यो पत्थर बहादुर सिख सैनिकहरूको श्रद्धाजंलि दिनको लागी टासिएको हो।

जलियांवाला बाग[सम्पादन गर्ने]

13 अप्रैल 1919मा यस बागमा एक सभाको आयोजन गरिएको थियो। यो सभा ब्रिटिश सरकारको विरूद्ध थियो। यस सभालाई बीचमा नै रोक्नको लागी जनरल डायरले बागको एकमात्र बाटोलाई आफ्नो सैनिकहरूको साथ घेरेर भीड़मा अंधाधुंध गोली बारी शुरू गरे। यस गोलीबारीमा बच्चा, बुढा र महिलाहरू समेत लगभग 300 मानिसहरूको ज्यान गयो र 1000 भन्दा धेरै घायल भए। यो घटनालाई इतिहासको सबभन्दा दर्दनाक घटनाहरू मध्ये एक मानिन्छ।

जलियां वाला बाग हत्याकांड यति भयंकर थियो कि त्यस बागमा स्थित कुआं शवहरूबाट पुरै भरिएको थियो। अहिले यसलाई एक सुन्दर पार्कमा परिजर्तन गरिएको छ र यसमा एक संग्राहलयको निर्माण पनि गरेको छ। यसको रेखदेख देखभाल र सुरक्षाको जिम्मेदारी जलियांवाला बाग ट्रस्टको हो। यहाँ सुन्दर रुखहरू लगाईएको छ र बगैचा बनाईएको छ। यसमा दुई स्मारक पनि बनाईएको छ। जसमा एक स्मारक रुदै गरेको मूर्तिको हो र दोश्रो स्मारक अमर ज्योति हो। बागमा घुम्ने समय गर्मि महिनामा बिहान ९ बजे देखी साझ ६ बजे सम्म र जाडो महिनामा बिहान १० बजे देखी साझ ५ सम्म राखिएको छ।

अन्य दर्शनीय स्थल[सम्पादन गर्ने]

गुरूद्वाराहरू[सम्पादन गर्ने]

अमृतसरको दक्षिण दिशामा संतोखसर साहब र बिबेसर साहब गुरूद्वारा छ। यस मध्ये संतोखसर गुरूद्वारा स्वर्ण मन्दिर भन्दा ठुलो छ। महाराजा रणजीत सिंहले रामबाग पार्कमा एक समर पैलेस बनाएका थिए। यसको राम्रो देखरेख गरियो जसबाट यो आज पनि सही स्थितिमा छ। यस महलको बाहिरी भित्ताहरूमा रातो पत्थर लगाईएको छ। यस महललाई अहिले महाराजा रणजीत सिंह संग्राहलयमा परिवर्तन गरिएको छ। यस संग्राहलयमा अनेक चित्र र फर्नीचरलाई प्रदर्शित गरिएको छ। यो एक पार्कको बीचमा बनेको छ। यस पार्कलाई धेरै सुन्दर बनाईएको छ। यस पार्कलाई लाहौरको शालीमार बाग जस्तो बनाईएको छ। संग्राहलयमा घुम्ने समय बिहान १० बजे देखी साझ ५ बजे सम्म राखिएको छ। यो सोमवारको बन्द रहन्छ।

हाथी गेट मन्दिर[सम्पादन गर्ने]

प्राचीन हिन्दू मन्दिर हाथी गेट क्षेत्रमा स्थित छ। यहाँ दुर्गीयाना मन्दिर छ। यस मन्दिरलाई हरमन्दिरको सरह बनाईएको छ। यस मन्दिरको जलाशयको मध्यमा सुनको परत चढेको गर्भ गृह बनेको छ। दुर्गीयाना मन्दिरको एकदमै पछाडी हनुमान मन्दिर छ। दन्ते कथाहरूको अनुसार यही त्हयो स्थान हो जहां हनुमान अश्वमेध यज्ञको घोडालाई लव-कुशबाट फिर्ता लिन आएका थिए र ति दुबैले हनुमानलाई परास्त गरेका थिए।

खरउद्दीन मस्जिद[सम्पादन गर्ने]

यो मस्जिद गांधी गेटको नजदीक हल बजारमा स्थित छ। नमाजको समय यहाँ धेरै भीड़ हुन्छ। यस समय यसको पूरा प्रागंण नमाजिहरूबाट भरिएको छ। उचित रेखदेखको कारण भारी भीडको बावजूद यसको सुन्दरतामा कुनै कमी आएको छ। यो मस्जिद इस्लामी भवन निर्माण कलाको जिउदो जाग्दो तस्वीर पेश गर्दछ मुख्य रूपबाट यसको भित्ताहरूमा लेखिएको आयतहरू। यो कुरा ध्यान दिन योग्य छ कि जलियांवाला बाग सभाको मुख्य वक्ता डा सैफउद्दीन किचलू र डा सत्यपाल यसै मस्जिदबाट नै सभालाई संबोधित गरिरहेका थिए।

दुर्गियाना मन्दिर

यो हिन्दुहरूको धार्मिक स्थल हो, जसको गुम्बदमा सुन तथा चाँदीको आवरण छ।

जलियाँवाला बाग

वर्ष १९१९मा तत्कालीन ब्रिटिश सरकारले यसै स्थानमा करीब २००० भारतीयहरूको नरसंहार गरेका थिए। आज यहाँ त्यस दुःखद घटनाको सम्झना दिलाउने स्मारक खड़ा छ।

बाबा अटल राय स्तंभ

यो गुरू हरगोविंदसिंहको नौ वर्षीय छोराको शहादत स्थल हो।

तरन तारन

अमृतसरबाट करीब २२ किलोमीटर टाडा यस स्थानमा एक ताल छ। यसो मान्यता छ कि यसको पानीमा बीमारीहरूलाई निको पार्ने ताकत छ।

राम तीर्थ

यो भगवान रामको छोरा लव तथा कुशको जन्म स्थल मानिन्छ।

छेउछाउको दर्शनीय स्‍थल[सम्पादन गर्ने]

बाघा सिमाना[सम्पादन गर्ने]

बाघा सिमानामा हरेक साझ भारतको सीमा सुरक्षा बल र पाकिस्तान रेंजर्सको सैनिक टुकडि भेला हुन्छन। विशेष मौकाहरूमा मुख्य रूपबाट १४ अगस्तको दिन जब पाकिस्तानको स्वतन्त्रता दिवस समाप्त हुदछ र भारतको स्वतन्त्रता दिवसको बिहान हुदछ त्यस साझ त्यहा शान्तिको लागी रात्रि जागरण गरिन्छ। त्यस रात त्यहा मानिसहरूलाई एक-दोश्रोसंग मिल्ने अनुमति पनि दिईन्छ। यसको अलावा त्यहा पुरै बर्ष काडे तार, सुरक्षाकर्मी र मुख्य द्वारको अलावा केही देखिदैन।

खानपान:[सम्पादन गर्ने]

अमृतसरको व्यंजन पूरे विश्वमा प्रसिद्ध छ। यहाँ बनेको चिकन, मकैको रोटी, सरसिउको साग र लस्सी धेरै प्रसिद्ध छ। अमृतसर पंजाबमा अस्थित छ। खाने-पीउनेको शौकीन मानिसहरूको लागी पंजाब स्वर्ग मानिन्छ।

दरबार साहिबको दर्शन गरे पछि धेरै जसो श्रद्धालु भीजे भठुर, रसीली जलेबी र अन्य व्यंजनहरूको आनंद लिनको लागी भरावनको ढाबेमा जान्छन। यहांको स्पेशल थाली पनि धेरै प्रसिद्ध छ। यसको अलावा लारेंस रोडको टिक्की, आलू-पूरी र आलू परांठे धेरै प्रसिद्ध छ। अमृतसरको अमृतसरी कुल्चे धेरै प्रसिद्ध छ। अमृतसरी कुल्चोंको लागी सबभन्दा राम्रो ठाउ जगह मकबूल रोडको ढा़बे हो। यहाँ केवल दुई बजे सम्मको कुल्चे पाईन्छ। पपडी़ चाट र टिक्कीको लागी बृजवासीको पसल प्रसिद्ध छ। यो पसल कूपर रोडमा अस्थित छ। लारेंस रोडमा बी.बी.डी.ए.वी. गर्ल्‍स कलेजको छेउ सहरको सबभन्दा राम्रो आम पापड़ पाईन्छ। शाकाहारी खानाको साथ-साथ अमृतसर आफ्नो मांसाहारी व्यंजनहरूको लागी पनि प्रसिद्ध छ। मासंहारी व्यंजनहरूमा अमृतसरी मछी धेरै प्रसिद्ध छ। यस व्यंजनलाई चालीस बर्ष पहिले चिमन लालले तैयार गरेका थिए। अब यो व्यंजन अमृतसरको मांसाहारी व्यंजनको परिचय हो। लारेंस रोडमा सूरजीत चिकन हाऊस आफ्नो भुटेको चिकनको लागी र कटरा शेर सिंह अपनी अमृतसरी मछीको लागी पुरै अमृतसरमा प्रसिद्ध छ।

बाजार-हाट[सम्पादन गर्ने]

अमृतसरको बाजार धेरै राम्रो छ। यहाँ हरेक प्रकारको देशी र विदेशी कपडे़ पाईन्छ। यो बाजार धेरै जसो लाजपत नगर जस्तो छ। अमृतसरको पुरानो सहरको हल बाजारको छेउ-छाउको क्षेत्र मुख्यत: कोतवाली क्षेत्रको छेउमा परंपरागत बाजार छ। यि बाजारहरूको अलावा यहाँ अनेक कटरे पनि छ। यहाँ आभूषणहरू देखी लिएर भान्छा सम्मको सबै सामान पाईन्छ। यो आफ्नो अचार र पापडहरूको लागी धेरै प्रसिद्ध छ। पंजाबी पहिरन पनि पूरे विश्वमा धेरै प्रसिद्ध छ। खासकर केटिहरूमा पंजाबी सूटको प्रति धेरै आकर्षण रहन्छ। सूटको अलावा यहाँ पगडी़, सलवार-कमीज, रूमाल र पंजाबी जुताको धेरै मांग छ।

दरबार साहबको बाहिर जुन बाजार लाग्दछ। त्यहा स्टीलको उच्च गुणवत्ता वाले बर्तन र कृपाण पाईन्छ। कृपाणको सिखमा धेरै पवित्र मानिन्छ। तलवारको मुल्य १२५ रू बाट शुरू हुदछ। यि सबैको अलावा यहाँ सिख धर्मसंग जोडिएको किताब र साहित्य पनि प्रचुर मात्रामा पाईन्छ।

स्थिति[सम्पादन गर्ने]

यात्रामा लग्ने समय: रेलमार्ग र सडक मार्गबाट ९ घण्टा, वायुमार्गबाट 1 घण्टा। यो भारतको बिल्कुल पश्चिम छेउमा अस्थित छ। यहाँबाट पाकिस्तान केवल २५ किमी.को दूरीमा स्थित छ। राष्ट्रिय राजमार्ग १ द्वारा करनाल, अम्बाला, खन्ना,जलंधरलुधियाना हुदै अमृतसर पुग्न सकिन्छ। दूरी: यो दिल्लीबाट उत्तर पूर्वमा ४४७ कि.मी.को दूरीमा अस्थित छ।

अमृतसर जानको लागी सबभन्दा राम्रो समय अक्टूबरबाट मार्च हो

आवागमन[सम्पादन गर्ने]

वायु मार्ग

अमृतसरको राजा सांसी हवाई अड्डा दिल्लीसंग राम्रोसंग जोडिएको छ।

रेल मार्ग

दिल्लीबाट टाटानगर-जम्मूतवी एक्सप्रैस र गोल्डन टेम्पल मे द्वारा सजिलो संग अमृतसर रेलवे स्टेशन पुग्न सकिन्छ।

सडक मार्ग

आफ्नो कारबाट पनि ग्रैंड ट्रंक रोडद्वारा सजिलोसंग अमृतसर पुग्न सकिन्छ। बीचमा विश्राम गर्नको लागी बाटोमा सागर रत्ना, लक्की ढाबा र हवेली राम्रो रेष्टुरा हो। यहाँ रोकिदै रोकिदै केही बेर आराम गर्न सकिन्छ र खाने आनन्द पनि लिन सकिन्छ। यसको अलावा दिल्लीको कश्मीरी गेट बस अड़ाबाट पनि अमृतसरको लाग्दछ।

पहुंच[सम्पादन गर्ने]

  • विमान स्थलबाट सहरको दूरी करीब ११ किलोमीटर छ, जसलाई तय गर्न १५ मिनटको समय लाग्दछ।
  • अक्टूबरबाट मार्च सम्मको समय यस सहरको भ्रमणको लागी उपयुक्त हुन्छ।

ढाँचा:अमरतसर
ढाँचा:भारतको मिलियन+ नगर