अर्फा करिम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अर्फा करिम
जन्म 2 फेब्रुअरी 1995
Chak No. 4JB Ram Dewali, Faisalabad, पाकिस्तान
मृत्यु 14 जनवरी 2012 (16वर्ष )
लाहोर, पाकिस्तान
निवास Chak No. 4JB Ram Dewali, Faisalabad
वासस्थान Lahore
राष्ट्रियता Pakistani
शिक्षा A-level (first year)
अल्मा मेटर Lahore Grammar School
पेशा Student
चिनारीको कारण World's youngest Microsoft Certified Professional, 2004-2008
पुरस्कार Fatimah Jinnah Gold Medal
Salaam Pakistan Youth Award
President's Pride of Performance

अर्फा करिम रन्धवा(English: Arfa Karim Randhawa, Urdu: ارفع کریم رندهاوا)(२फेब्ररी१९९५-१४जनवरी२०१२) पाकिस्तानी विद्यार्थी तथा कम्पुटरकि दक्ष ,बिज्ञ(prodigy) थिइन।उनि सन २००४ मा,मात्र ९ वर्षको उमेरमा विश्वको सबै भन्दा कान्छि माइक्रोसफ्ट सर्टिफाइड प्रोफेसनल बनिन्।उनीलाइ बिल गेटस्ले निमन्त्रणा गरि माइक्रोसफ्टको प्रधानकार्यलय अमेरिका मै भेटेका थिए।अर्फा करिम टेक्नोलोजी पार्क लाहोरको आइटि हब हो जुन अर्फा करिमको नामबाट नामांकरण गरिएको हो।

जीवनी[सम्पादन गर्ने]

पन्जाब राज्यको फइसलाबादको एक गाउँमा अर्फाको जन्म भएको थियो।बिल गेटस् लाई माइक्रोसफ्टको प्रधानकार्यलयमा भेटेर फर्किए पछि अर्फाका अन्तर्वाताहरू धेरै पत्रपत्रिकाहरू तथा टेलिभिजनहरूमा छाए।सफ्टवयर विकास बिभागका उपाद्क्ष्य एस.सोमासेजरले अर्फाको बारेमा आफ्नो बल्गमै लेख लेखेका थिए।अगष्ट २ सन २००५मा करिमलाइ बिज्ञान तथा प्रविधी क्षेत्रमा उल्लेखेनिय योगदान दिए बापत प्रदान गरिने फतिमा जिन्हा स्वर्ण पदक द्धारा तत्कालिन पाकिस्तानका प्रधानमन्त्री सौखद अजिजले बिभुषित गरेका थिए।पुन सन २००५ मै पाकिस्तानका राष्ट्रपतिबाट सलाम पाकिस्तान युवा अबार्डबाट सम्मानित भइन।अर्फा करिम राष्ट्रपतिद्धारा प्रदान गरिने अवार्ड फर प्राइड अफ प्रफमेन्सको पनि बिजेता हुन।उक्त अवार्ड आफ्नो क्षेत्रमा लामो समय सम्म बिशिष्ट योगदान पुर्याउने नागरिक लाई प्रदान गरिन्छ।उक्त अवार्डबाट बिभुषित हुने उनि सबै भन्दा कान्छि हुन।उनको योगदानलाइ कदर गर्दै अर्फालाइ पाकिस्तान टेलिकम्युनिकेसन कम्पनीले 3G ब्रोर्ड ब्यान्ड सेवा उर्फ EVOको जनवरि २०१०मा सदभाव राजदुत नियुक्त गरेको थियो।

अन्तराष्ट्रिय फोरममा प्रतिनिधित्व[सम्पादन गर्ने]

अर्फा करिमले पाकिस्तानको तर्फबाट धेरै अन्तराष्ट्रिय फोरममा प्रतिनिधित्व गरेकि थिइन।उनलाई पाकिस्तान इन्फर्मेसन टेक्नोलोजि प्रोफेस्नल फोरमले २ हप्ताको निम्ति दुबईमा आमन्त्रण गरेको थियो।जहाँ उनलाइ रात्रि भोज दिइएको थियो जसमा पाकिस्तानका राजदुत सहित दुबईका बिशिष्ट ब्यक्तिहरूको पनि उपस्थिति थियो।त्यो भर्मणमा उनलाइ बिभन्न अवार्ड तथा ल्यापटप उपहार दिइएको थियो।नोभेम्बर २००६मा उनि बार्सिलोनामा आयोजित टेक-एड डिभालोपर्स कन्फेसेन्स गेट अहेड अफ द गेम नारा सहितको कार्यक्रममा माइक्रोसफ्टको निमन्त्रणामा गएकी थिइन।५००० जना विकाश कर्ताहरूमको माझमा एक मात्र पाकिस्तानि प्रतिनिधि थिइन करिम।

हृदयघात[सम्पादन गर्ने]

सन २०११,सोह्रो वर्षको उमेरमा अर्फा करिम लाहोर ग्रामर स्कुल परागन क्यापस 'ए'लेभलको दोस्रो वर्षमा पढदै थिइन।इपिलेप्टिक सिजर(epileptic seizure)पछि उनलाइ हृदयघात भयो।जस्ले सन २०११ ,डिसेम्बर २२मा उनको मस्तिष्क बिफल भयो र अत्यन्त नाजुक अवस्थामा उनलाइ लाहोरको कम्बाइन्ड मिलट्री अस्पतालभर्ना गरियो।

बिल गेटस्को सहयोग[सम्पादन गर्ने]

जनवरी ९,२०१२का दिन माइक्रोसफ्टका अध्यक्ष बिल गेटस्ले अर्फाका बुबा आमालाइ सम्पर्क गरि उनको डाक्टरलाइ'सबै प्रकारका "उपचार गर्न निर्देशन दिए।गेटस्ले बिशेष अन्तराष्ट्रिय डाक्टरहरूको बेबश्ता गरि टेलिमेडिसिनका साहयाताले स्थानिय डाक्टरहरू सँग उपचार भरि संपर्कमा राखेका थिए।डाक्टरहरूको त्यो बिशेष समुहले रोगको बारेमा जानकारि लिएर रोग निवार्णको निम्ति सहयोग पनि पुर्याएका थिए।स्थानिय डाक्टरहरूले अर्फाको स्थिति अत्यन्त चिन्ताजनक र नाजुक भएकोले अर्को अस्पतालमा सार्ने कुरालाइ अस्विकार गरेका थिए।उनका नातेदार र पारिवारिक सदस्यहरूले अर्फाको उपचारमा लागेको खर्चमा सहयोग गरिदिन बिल गेटस् सँग याचना गरेका थिए।

सुधारको संकेत[सम्पादन गर्ने]

जनवरी १३,२०१२का दिन अर्फाको स्वास्थ्यमा केही सुधारको संकेतहरू देखिएको थियो तथा उनको मस्तिष्कमा पनि सुधारहरू आएको अनुमान गरिएको थियो।अर्फाका बाबु,अम्जाद करिम रन्धवाले माइक्रोसफ्टले उपचारको लागि अमेरिका लैजान सक्ने कुरा गरेको पनि बताएका थिए।

मृत्यु[सम्पादन गर्ने]

जनवरी १४,२०१२ ,१६ वर्षकै उमेरमा अर्फा करिमको स्थानिय समय अनुसार रातको ९.५० कम्बाइन्ड मिलट्री अस्पताल लाहोरमा भएको थियो।