आन्ध्र महासागर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ग्लोबमा आन्ध्र महासागरको स्थिति

आन्ध्र महासागर वा अटलांटिक महासागर विशाल जलराशिको नाम हो जो यूरोप तथा अफ्रिका महादेशहरुको नयाँ संसारका महादेशहरुदेखि पृथक गर्छ । क्षेत्रफल र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले पृथ्वी को १/५ क्षेत्र ओगटेको छ । यस महासागरको नाम ग्रीक संस्कृतिबाट लिइएको छ जसमा यसलाई नक्शाको समुद्र पनि भनिन्छ । यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर को जस्तो छ । लम्बाईको अपेक्षा यसको चौडाई धेरै कम रहेको छ । आर्कटिक सागर, जो बेरिङ्ग जलडमरूमध्यबाट उत्तरी ध्रुव हुँदै स्पिट्सबर्जेन र ग्रीनल्याण्डसम्म फैलिएको छ, मुख्यतः आन्ध्रमहासागरको नैं अङ्ग हो । यस प्रकार उत्तरमा बेरिङ्ग जल-डमरूमध्यबाट लिएर दक्षिणमा कोट्सलैंडसम्म यसको लंबाई १२,८१० माईल छ । यस्तै प्रकार दक्षिणमा दक्षिणी जर्जियाको दक्षिण स्थित वैडल सागर पनि यसै महासागरको अङ्ग हो । यसको क्षेत्रफल यस अन्तर्गतका समुद्रहरुसहित ४,१०,८१,०४० वर्ग माईल छ । यस अन्तर्गत समुद्रहरुलाई छोडेर यसको क्षेत्रफल ३,१८,१४,६४० वर्ग माईल छ । यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ । उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरुको तुलनामा पर्याप्त रहेको छ । यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरुको बिचमा विद्यमान छ । यस महासागरको अन्य भागहरुमा लवणता अपेक्षाकृत कम रहेको छ ।

महासगारको गहिराई[सम्पादन गर्ने]

पोर्चुगलबाट महासागरको दृश्य

एटलान्टिक महासागरको गहिराईको प्रारम्भिक अध्ययनमा पनडुब्बी चालक (१८७३-७६) को अन्वेषण अभियानको समान अन्य वैज्ञानिकले महासागरको अन्वेषणहरुमा योगदान दिएका थिए । एटलान्टिक महासागरीय विद्युत केबुलहरुको स्थापनाका गर्नका लागि आवश्यक जानकारी प्राप्ति गर्नका लागि यस प्रकारका अध्ययनहरुले विशेष प्रोत्साहन दियो । यसको गहिराइ को सन्दर्भमा एउटा अन्वेषण टोलि सन् (१९२१) को अध्ययन अनुसार यस महासागरको औसत गहिराई, समुद्रहरुलाई छोडेर, ३,९२६ मीटर, अर्थात् १२,८३९ फिट छ । यसको ज्ञात अधिकतम गहिराई, ८,६०५ मिटर अर्थात् २८,२३२ फिट छ र यस महासागरको सबैभन्दा गहिरो भाग पोर्टोरिको ट्रेन्च हो जसको गहिराई लगभग ८,६०५ मिटर (२८,२३२ फिट) रहेको छ ।[१]

सहायकधाराहरु[सम्पादन गर्ने]

आन्ध्र महासागरको सहायकधाराहरु नियमितरुपमा हावाको दिशा अनुरूप बहन्छन् । तर स्थल खण्डको आकृतिको प्रभावबाट धाराहरुका यस क्रममा केही अन्तर अवश्य आउन जान्छ । उत्तरी अटलांटिक महासागरको धाराहरुमा उत्तरी विषुवतीय धारा, गल्फ स्ट्रीम, उत्तरी अटलांटिक प्रवाह, कैनेरी धारा र लैब्रोडोर धाराहरु मुख्य रहेका छन् । दक्षिणी अटलांटिक महासागरको धाराहरुमा दक्षिणी विषुवतीय धारा, ब्राजील धारा, फाकल्याण्ड धारा, पछौं प्रवाह र बैङ्गुला धाराहरु मुख्य रहेका छन् ।

संदर्भ[सम्पादन गर्ने]

  1. Milwaukee Deep. sea-seek.com
World ocean map.gif
पृथ्वीका महासागरहरू