कपुरनाउली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कपुरनाउली दैलेख जिल्लाको दुल्लु नगरपालिकामा पर्ने पाथरनाउलीदेखी करिब ३०० मिटर पूर्वतर्फ ठाडो खाल्सामा रहेको एक कुवा हो। यस कुवाको पानी सुगन्धीत तथा कपुरको जस्तो वासना आउने भएकोले यस कुवाको नाम कपुर नाउली पर्न गएको हो। पहिलेका दिनहरूमा यस नाउलीको पानी पूजाअर्चनाको लागि मात्र प्रयोग गरिन्थ्यो भन्ने भनाइ रहेको छ। यस कुवामा रजस्वाला भएकी स्त्रीहरूले छोएमा कुवाबाट सर्प निस्किन्छ भन्ने अझैं पनि जन विश्वास रहेको छ। यस नाउलीमा अभिलेख रहेको छ। अभिलेखमा शाके १२७६ उत्कृण गरिएको छ। अभिलेखमा अन्य कुराहरू पनि उत्कृण गरिएको भए पनि पढ्न सकिने अवस्थामा देखिदैन। अत्यन्त कलात्मक ढुंगाहरूबाट निर्मित यस नाउलीको अभिलेखमा उल्लेख गरिएको वर्षको आधारमा यस नाउलीको निर्माण तत्कालिन खस मल्ल राजा पृथ्वी मल्लको पालामा भएको हो भन्ने बुझिन्छ। यस नाउलीको पानी अत्यन्त कंचन रहेको भए पनि संरक्षण र सम्वर्द्धनको अभावमा नाउलीमा लगाइएका शिलापट्टहरू यत्रतत्र छरिएर रहेका छन्। नाउलीको सफाइ नगरेसम्म नाउलेमा रहेको अभिलेख पढ्न सकिने अवस्था छैन। वर्षादको समयमा माटो खसेर नाउली नै पुरिने अवस्थामा छ।[१]


हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ समाग्री[सम्पादन गर्नुहोस्]

  1. विश्व के.सी. (पोखरेल)द्वारा लिखित कीर्तिखम्ब नामक पूस्तक पहिलो संस्करण पृष्ठ संख्या १५३

बाहिरिय लिङ्कहरू[सम्पादन गर्नुहोस्]