कर्णेल मुअम्मर गद्दाफी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुअम्मर गद्दाफी
مُعَمَّر القَذَّافِي
२००९को अफ्रिकी सङ्घको सम्मेलनमा गद्दाफी
Brotherly Leader and Guide of the Revolution of Libya
कार्यकाल
1 September 1969 – 23 August 2011
राष्ट्रपति
प्रधानमन्त्री
पूर्वाधिकारीPosition established
उतराधिकारीPosition abolished
Chairman of the Revolutionary Command Council of Libya
कार्यकाल
1 September 1969 – 2 March 1977
प्रधानमन्त्रीMahmud Sulayman al-Maghribi
Abdessalam Jalloud
Abdul Ati al-Obeidi
पूर्वाधिकारीIdris (King)
उतराधिकारीHimself (Secretary General of the General People's Congress)
Secretary General of the General People's Congress of Libya
कार्यकाल
2 March 1977 – 2 March 1979
प्रधानमन्त्रीAbdul Ati al-Obeidi
पूर्वाधिकारीHimself (Chairman of the Revolutionary Command Council)
उतराधिकारीAbdul Ati al-Obeidi
Prime Minister of Libya
कार्यकाल
16 January 1970 – 16 July 1972
पूर्वाधिकारीMahmud Sulayman al-Maghribi
उतराधिकारीAbdessalam Jalloud
Chairperson of the African Union
कार्यकाल
2 February 2009 – 31 January 2010
पूर्वाधिकारीJakaya Kikwete
उतराधिकारीBingu wa Mutharika
व्यक्तिगत विवरण
जन्मc. June 1942
Sirte, Italian Libya
(now Libya)
मृत्यु२० अक्टोबर २०११(2011-10-20) (उमेर ६९)
Sirte or between Sirte and Misrata, Libya
राजनीतिक दलArab Socialist Union (1971–1977)
जीवन साथी(हरू)Fatiha al-Nuri (1969–1970)
Safia el-Brasai (1971–2011)
सन्तान(हरू)
Daughters
मातृ शिक्षाप्रतिष्ठानBenghazi Military Academy
पुरस्कारOrder of the Yugoslav Star
Order of Good Hope
हस्ताक्षर
सैन्य सेवा
निष्ठालिबिया Kingdom of Libya (1961–1969)
लिबिया Libyan Arab Republic (1969–1977)
लिबिया Libyan Arab Jamahiriya (1977–2011)
शाखा/सेवाLibyan Army
सेवाको वर्षहरू1961–2011
श्रेणीकर्नल
आदेशहरूLibyan Armed Forces
लडाई/युद्धहरूLibyan-Egyptian War
Chadian-Libyan conflict
Uganda-Tanzania War
2011 Libyan civil war

कर्णेल मुअम्मर गद्दाफी ७ जुन १९४२मा लिबियाको सिर्तमा जन्मेका थिए । उनले लिबियाको सवाहबाट प्रारम्भिक शिक्षा लिएका थिए । उनी इजिप्टका राष्ट्रप्रमुख गमाल अब्दुल नासिरबाट प्रभावित थिए । सन् १९५२मा प्यालेसटाइनको पक्ष लिएर सुइज क्राइसिसको वेलामा इजरायल विरोधी आन्दोलनमा सहभागी भएका उनी सन् १९६१मा बेंघाजीस्थित लिबियाली सैनिक एकेडेमीमा अध्ययनका लागि भर्ना भए । सो एकेडेमीबाट उनले १९६६मा स्नातक सकेका थिए । उनले बेलायतबाट चार महिने सैन्य तालिम पनि लिए । त्यसपछि उनी कमिसन्ड अफिसरका रूपमा सेनामा प्रवेश गरेका हुन् ।

कर्णेल गद्दाफीले सैन्य शक्तिको प्रयोग गरी सन् १९६९मा सत्ता हत्याउन सफल भएका थिए । उनी सन् १९००को दशकपछि अरब क्षेत्रकै सबैभन्दा धेरै समय शासन गर्ने चौथो शासकका रूपमा चिनिए । सन् १९६९मा सत्ता हत्याएपछि उनले त्यहाँको संविधान अन्त्यको घोषणा गर्दै नयाँ कानुन देशमा ल्याए, जसलाई दि इन्टरनेसनल थ्योरी भनियो ।

गद्दाफीले 'दि गि्रन बुक' नामक पुस्तक पनि प्रकाशन गरेका छन् । उनले आफूलाई 'दि ब्रदर लिडर', 'गाइड अफ दिन रिभोलुसन' र 'किङ् अफ दि किङ्' का रूपमा मान्थे । उनको शासनकालमा लिबियाका जनताको प्रतिव्यक्ति आयमा समेत उल्लेख्य वृद्धि भयो ।

सन् २०११मा मध्यपूर्वका अन्य छिमेकी देशहरू इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन भएसँगै लिबियामा पनि सरकारविरोधी आन्दोलन चर्केको थियो । सो प्रदर्शनलाई फ्रान्स, अमेरिका र बेलायतसहितका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समर्थन र सहयोग रह्यो । नेटो गठबन्धनको सेनालाई लिबिया आक्रमणमा खटाइयो । निरन्तर नेटो गठबन्धनले आक्रमण गर्दै गद्दाफीको शासनलाई कमजोर पार्दै लग्यो । गद्दाफीको गृहनगर सिर्तमा भएकै आक्रमणमा उनी मारिए । [१]

उदय[सम्पादन गर्नुहोस्]

सन् १९६९ देखि लिबियाको शासन हाँकिरहेका मुअम्मर अबु मिन्यार अल गद्दाफी १९४२ जुन ७ मा जन्मिएका थिए । उनी समकालीन विश्वमा सबैभन्दा बढी शासन गर्ने गैरशाही व्यक्ति समेत हुन् । उनले सन् १९७२ मा प्रधानमन्त्रीको पद त्यागे र आफूलाई 'अफिसियल' रूपमा 'भातृ नेता तथा क्रान्ति अगुवा' घोषणा गरे ।

गद्दाफी सानैदेखि षड्यन्त्रमूलक योजना बनाउन खप्पिस थिए । उनले मिलिटरी कलेज पढ्दैदेखि राजतन्त्र फ्याल्ने योजना बनाएका थिए । १९६९ सेप्टेम्बर १ मा गद्दाफीले नेतृत्व गरेको सेनाका कनिष्ठ अधिकारीहरूले सानो समूहले राजा इदि्रसविरुद्ध रक्तपात विहीन 'कु' गर्‍यो । त्यतिबेला राजा इदि्रस उपचारका क्रममा टर्कीमा थिए । निमित्त शासनभार सम्हालेका राजाका भतिजा राजकुमार सायिद हसन अर रिदा अल महदी अस सनुस्सीलाई आन्दोलनकारीले सत्ताच्यूतका साथै नजरबन्द गरे । र, राजतन्त्र अन्त्य भएको र लिबियन अरब रिपब्लिकको घोषणा गरे । त्यसपछि पातला शरीरका २७ वषर्ीय गद्दाफीले शासन सम्हाले । सफारी सुट र 'सनग्लास' मा सजिने उनलाई त्यस युगको 'चे ग्वेभारा' भनियो । त्यसपछि 'पश्चिमा साम्राज्यवाद' विरुद्ध आवज उठाउने समूहहरूका लागि लिबिया र्ऊवर भूमि बन्यो । देशमा शासन चलाउनका लागि 'रेभोलुसनरी कमान्ड काउन्सिल' गठन गरियो, गद्दाफी त्यसको अध्यक्ष बने । उनले आफूलाई १९७० मा प्रधानमन्त्री समेत घोषणा गरे, जुन १९७२ मा त्यागे । उल्लेखनीय कुरा के छ भने अन्य सैन्य तानाशाहजस्तो गद्दाफीले शासन आफ्नो हातमा लिएपछि आफूलाई जनरल बनाएनन् । 'सेरेमोनियल प्रोमोसन' का रूपमा आफूलाई क्याप्टेनबाट कर्णेल बनाए । जीवनभर उनी कर्णेल गद्दाफी नामले चर्चित रहे । अन्य देशको चलनचल्ती विपरीत कर्णेल टाइटल लिएका गद्दाफी नै लिबियामा सेनाका 'कमान्डर इन चिफ' पनि थिए ।

आन्दोलनका ८ महिना[सम्पादन गर्नुहोस्]

फेब्रुअरी १४ - लिबियाली शासक कर्णेल गद्दाफी विरुद्ध विद्युतीय सामाजिक सन्जाल फेसबुकमार्फत् शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान

फेब्रुअरी १७ - शान्तिपूर्ण प्रदर्शन हिंसामा परिणत

फेब्रुअरी २१ - गद्दाफीका छोरा सैफ अल इस्लामद्वारा लिबियाली सरकारी टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन, आफ्नो बुबा ट्युनिसिया र इजिप्टका अपदस्त राष्ट्रपति जस्ता नभएको भन्दै आन्दोलन जारी रहे मुलुक गृहयुद्धमा फस्ने चिन्ता व्यक्त

फेब्रुअरी २२ - शक्ति हस्तान्तरण गर्नुभन्दा सहिद भएर मर्ने गद्दाफीको उद्घोष

फेब्रुअरी २४ - स्विट्जरल्यान्ड- द्वारा स्विस बैङ्कमा रहेका गद्दाफीको सम्पत्ति रोक्का

फेब्रुअरी २५ - अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा गद्दाफीको सम्पत्ति रोक्क गर्ने कार्यकारी निर्देशनमा हस्ताक्षर

फेब्रुअरी २६ - राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा लिबियामाथि उडान र हातहतियार निषेध, सम्पत्ति रोक्का । मानवता विरुद्धका अपराध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा लैजाने निर्णय

फेब्रुअरी २८ - गद्दाफीद्वारा देशबासीले आफूलाई प्रेम गर्ने र आफ्नो सुरक्षाका लागि मारिन तयार रहेको भनाइ

अप्रिल ३०- नेटोद्वारा त्रिपोलीको एक घरमा आक्रमण, गद्दाफीको कान्छा छोरा सैफ अल अरब र तीन नातिनातिनाको मृत्यु

मे १६- अन्तर्राष्ट्रिय फौजदारी अदालतमा गद्दाफी, उनका छोरा सैफ अल इस्लाम र आफन्त अब्दुल्लाह सेनुस्सी विरुद्ध पक्राउ आदेशका लागि मुद्दा दर्ता जुन २७- अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा ती तीन विरुद्ध पक्राउ आदेश

जुन २७ - गद्दाफीद्वारा अडियो सन्देश्ामार्फत युरोप विरुद्ध लड्ने धम्की

अगस्ट २९ - गद्दाफीकी श्रीमती साफिया, छोरी अैसा र छोरा हान्नीबल र मोहम्मद तथा केही नातिहरूद्वारा अल्जेरियामा शरण

अक्टोबर २० - लिबियाली अन्तरिम प्रधानमन्त्रीद्वारा गद्दाफी मारिएको जानकारी ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]