विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चक्रपथ काठमाडौँ र ललितपुर सहर वरिपरी घुमेको सडक हो । यसको कुल लम्बाई २७ किलोमिटर (१७ माइल) रहेको छ । यो सडकले कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, स्वयम्भू, कलंकी तथा सातदोबाटो लगायतका स्थानहरूलाई जोड्छ ।