झुप्पे ओखर
स्वरूप
झुप्पे ओखर | |
---|---|
फलसहितको हाँगा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | M. tetraphylla
|
वैज्ञानिक नाम | |
Macadamia tetraphylla L.A.S.Johnson |
सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले यसलाई झुप्पे ओखर भनिएको हो । कतिपय ठाउँमा यसलाई मधिसे बदामको नामले पनि चिनिन्छ । त्यस्तै यसको अङ्ग्रेजी नाम म्याकाडमिया नट हो । झुप्पे ओखरमा बाहिरिभागमा हरियो रंगको बोक्रा, बोक्रा भित्र खैरो रंगको कडा भाग र कडा भाग भित्र पँहेलो तथा सेतो रंगको गुदी रहेको हुन्छ । यस ओखरको बोट सामान्यतया २० फिट देखी ३० फिट सम्म अग्लो हुन्छ। त्यस्तै यस ओखरको पात कडा र पातमा वरिपरि स-साना काँडा रहेको हुन्छ ।
झुप्पे ओखरका बोटहरूमा चैत बैशाखमा फूलहरू फुल्न थाल्छ । त्यसतै फुलहरूको फल लाग्ने प्रकियामा भदौ महिना देखी फल खान योग्य हुन्छ तर योग्य बीउका लागि भने असोज कात्तिक नै कुर्नुपर्ने हुन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा झुप्पे ओखर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।