तुलसीमेहर श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तुलसीहेर श्रेष्ठ (वि.सं. १९५५ पुस २१ - २०३५ असोज १०) नेपालका एक सामाजिक तथा आध्यात्मिक नेता थिए।

ललितपुर जिल्लाको भेलाक्षे टोलमा निम्न–मध्यम परिवारमा जन्मेका र औपचारिक शिक्षा हासिल गर्न सकेका थिएनन् । उनी भारत गए, र साबरमती आश्रममा महात्मा गान्धीसँग चार वर्ष बसे। १९२५मा, उनले गान्धीद्वारा हस्ताक्षर गरिएको एउटा पत्र प्राप्त गरे जसमा उनको कपडा बुन्ने दक्षता प्रमाणित भयो। गान्धीको आग्रहमा, उनी आफ्नो देशको सेवा गर्न फर्किए। नेपालमा, उहाँले परम्परागत चरखालाई लोकप्रिय बनाउन काम गर्नुभयो र दलित र असहाय विधवाहरूको कल्याणको लागि काम गर्नुभयो। उनले नेपालमा पहिलो सामाजिक गैर-सरकारी संस्था श्री चन्द्र कामधेनु चरखा प्रचारक महागुठी स्थापना गरे। उनले गान्धीलाई नेपालबाट परम्परागत नेपाली कागजको आपूर्ति गरेर विदेशी वस्तुहरूको बहिष्कार गर्न सहयोग गरे। नेपालमा प्रजातन्त्र स्थापना भएपछि सरकारको सहयोगमा उनले गान्धीको सम्झनामा नेपाल गान्धी स्मारक निधि नामक अर्को सामाजिक संस्था स्थापना गरे ।

सामाजिक सेवा[सम्पादन गर्नुहोस्]

उनी राष्ट्रिय एकता कमजोर भएको अनुभव गरी समाजलाई एक ढिक्का बनाउने उद्देश्यले समाज सेवामा लागेका थिए।[१] त्यतिबेला उनी अमरराज जोशीको अध्यक्षतामा गठित सत्याचरण मलामी गुठीका सहायक मन्त्री थिए। यो कुरा श्री ३ महाराज चन्द्रशमशेरकहाँ पुगेपछि २ हजार रुपियाँ जरिवााना गरेर उनलाई डाँडा कटाउने राणाबाट हुकुम प्रमाङ्गी भयो। उनले चन्द्रशमशेरलाई जाहेर गरे, 'महाराज ! म टुहुरो हुँ, त्यति पैसा तिर्न सक्तिनँ । अब आइन्दा यस्तो काममा पनि लाग्दिन । बरू म सीप सिक्न बाहिर जान पाऊँ।' त्यसपछि उनले माफ पाए र १०० रुपियाँ बाटो खर्च पनि पाए। राणाकै हुकुम शिरोपर गरेर गुजरातको गान्धी आश्रमतर्फ लागे।[२]

चर्खा प्रचार[सम्पादन गर्नुहोस्]

तुलसीमेहर भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक एवं अहिंसात्मक आन्दोलनका अनुयायी महात्मा गान्धीसँग निकट भई भारतलाई अङ्ग्रेजको उपनिवेशबाट मुक्त गराउने आन्दोलनहरूमा पनि सक्रिय सहभागी भए।[३] महात्मा गान्धीले स्वदेशी कपडा उत्पादन र उपभोग बढाउँदै बेरोजगारी समस्या पनि हल गर्ने उद्देश्यले थालेको हरेक घरमा चर्खा राख्ने र कपास खेती गरी त्यसबाट कपडा बुन्ने अभियानबाट पनि प्रभावित भई वि.सं. १८८१ मा नेपाल फर्केर उनले कपास खेतीका साथै चर्खा प्रचार अभियान सुरु गरे। प्रधानमन्त्री चन्द्रशमशेरलाई खुशी बनाउँदै श्री ३ चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी नामको संस्था स्थापना गरे।[४] महागुठीमा चर्खा सिकाउन विधवा र दलितलाई प्रश्रय दिए । तिनीहरूको सहयोगका लागि मुठ्ठीदानको अभियान चलाए । ग्रहणदान लिने पनि उनैले सुरुवात गरे । तर चन्द्रशमशेरका उत्तराधिकारी श्री ३ महाराज भीमशमशेरलाई तुलसीमेहरको यो काम मन परेन। चर्खा उद्योगमाथि प्रतिबन्ध लगाउँदै तुलसीमेहरलाई कारावासको सजाय तोके । तुलसीमेहरले २००८ सालमा 'नेपाल गान्धी स्मारक निधि' को स्थापना गर्दा त्यसको उद्घाटन राजा त्रिभुवन र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेका थिए । त्यो भव्य समारोहमा प्रधानमन्त्री मोहनशमशेरका साथै बीपी कोइरालाइन्दिरा गान्धीको पनि उपस्थिति थियो।

पुरस्कार र सम्मान[सम्पादन गर्नुहोस्]

तुलसीमेहरलाई भारत सरकारले सन् १९७७ मा नेहरू अन्तर्राष्ट्रिय पुरस्कारले प्रदान गरेको थियो।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]