निकलोडियन (भारत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकलोडिएन
सुरुवात१६ अक्टोबर १९९९; २४ वर्ष पहिले (१९९९-१०-16)
५ डिसेम्बर २०१५; ८ वर्ष पहिले (२०१५-१२-05) (एचडि+ च्यानल)
मालिकभायाकम अन्तर्राष्ट्रिय (सन् १९९९–२००७)
भायाकम १८ (सन् २००७–हाल)
दृश्य ढाँचा४:३ ५७६आई मानक परिभाषित दूरदर्शन
१६:९ १०८०आई, उच्च परिभाषित दूरदर्शन (निक एचडि+ मात्र)
देश भारत
भाषाहिन्दी
तेलुगु
तमिल
कन्न
प्रसारण क्षेत्रभारत
नेपाल
बङ्गलादेश
श्रीलङ्का
प्रधान कार्यालयमुम्बई, भारत
भातृ च्यानल(हरू)निकलोडिएन सोनिक
भिएचवान भारत
एमटिभी भारत
कलर्स
निक जुनिएर भारत
कलर्स इन्फिनिटि
कमेडि सेण्ट्रल भारत
कलर्स रिस्ते
वेबसाइटnickindia.com
उपलब्धता
उपग्रह
एयरटेल डिजिटल टिभीच्यानल ४५५ (मानक परिभाषित)
च्यानल ४५६ (उच्च परिभाषित)
डिस टिभीच्यानल ९७५ (मानक परिभाषित)
च्यानल ९७४ (उच्च परिभाषित)
रिलायन्स डिजिटल टिभीच्यानल ६०९ (मानक परिभाषित)
सन डाइरेक्टच्यानल ५३० (मानक परिभाषित)
टाटा स्काईच्यानल ६६३ (मानक परिभाषित)
च्यानल ६६२ (उचथ परिभाषित)
भिडियोकन डिटुएचच्यानल ५०७ (मानक परिभाषित)
च्यानल ९५० (उच्च परिभाषित)
डिस होम (नेपाल)च्यानल ८०१
रियल भियु (बङ्गलादेश)च्यानल ४३१
केबल
इन डिजिटलच्यानल ३५१
एसियानेट डिजिटल टिभी (केरला, भारत)च्यानल ३२०
इन्टरनेट दूरदर्शन
पियो टिभी
(श्रीलङ्का)
च्यानल ६०
धिरागू टिभी
(माल्दिभ्स)
च्यानल १६८

निकलोडिएन (भारत) भारतीय बालबालिकाहरूको लागि समर्पित एक भुक्तान दूरदर्शन सञ्जाल हो। यसको प्रधान कार्यालय भारतको मुम्बईमा अवस्थिछ छ। यो मूल अमेरिकी दूरदर्शन सञ्जालको निकलोडिएनको सहायक भारतीय दूरदर्शन सञ्जाल हो। यो भायाकम र टिभी१८ को संयुक्त उद्यम, भायाकम १८ को नियन्त्रणमा रहेको छ। निक भारत चारवटा भाषा हिन्दी, तमिल, तेलुगुकन्नडमा उपलब्ध छ।

इतिहास[सम्पादन गर्नुहोस्]

निकलोडिएन भारत १६ अक्टोबर १९९९ मा सुरुवात गरिएको थियो र यसलाई जी टिभीले नियन्त्रण गरेको थियो।[१]

जी टिभीले निकलोडियन ब्राण्डेड कार्यक्रमको एक सञ्जालको सुरूवात गरेको थियो जुन भायाकम अन्तर्राष्ट्रिय र जी मनोरञ्जन उद्योग बीच वितरण सम्झौताको एक भागको रूपमा रहेको थियो। यसलाई सन् २००२ मा कार्टुन नेटवर्क सञ्जालले प्रतिस्थापन गरेको थियो। [१][२]

सन् २००४ मा, भायाकमले स्थानीय उत्पादनहरू र हिन्दी कार्यक्रमहरूको उत्पादन तथा सुरूवात गरेर दर्शकहरू बढाउनका लागि भारतमा निकेलोडियनलाई पुनर्निर्माण गरेको थियो।[३][४]

भायाकमले सन् २००७ मा, सन नेटवर्कसँग एउटा कार्यक्रम सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। जस अनुसार निकलोडियनका कार्यक्रमहरू छुट्टी टिभीमा तमिल र तेलुगु भाषामा अनुवादित हुने गरेको छ। यो सम्झौता पछि निकलोडियनले तमिल र तेलगु भाषाहरूको ट्र्याकहरू आफ्नै च्यानलमा थप्ने निर्णय गरे पश्चत् रद्द गरिएको थियो।[५] २५ जुन २०१० मा, निक भारतले हालको लोगोको प्रयोग गरी पुनर्गठित भएको थियो।[६]

सन् २०११ मा, भायाकम १८ ले नयाँ दूरदर्शन च्यानल सोनिकको प्रक्षेपण गरेको थियो। सुरुवातमा यस च्यानल प्रतिक्रिया तथा जोखिम पूर्ण काममा केन्द्रित थियो भने सन् २०१६ यता यसलाई परिमार्जन गरी हास्यमा लगिएको थियो।[७]

सन् २०१२ मा निकलोडियन भारत मार्फत शृङ्खला किमोन आचीमा आधारित चलचित्र भायाकम १८ मोसन पिक्चर्सले, किमोन एण्ड नानी इन स्पेस एडभेञ्चर्स नामक कार्यक्रमको वितरण गरेको थियो। अर्को नाटकीय चलचित्र, मोटू पतलुमा आधारित, मोटु पतलु: किङ अफ किङ्स हिन्दी र तमिलमा १४ अक्टोबर २०१६ का दिन सार्वजनिक गरिएको थियो।

निक जूनियर भारत, मुख्य च्यानलबाट टाढिए पछि २०१२ को अन्तमा सुरू गरिएको थियो। टिननिक १ फेब्रुअरी २०१७ भन्दा पहिले बेलुका प्रसारण गरिएको थियो र यसलाई बन्द गरिएको थियो।[८]

सन् २०१२ मा पहिलो पटक किड्स च्वाइस अवार्ड (अनुवादित - बालबालिका छनौट पुरस्कार) भारतमा आयोजना गरिएको थियो। [९]

५ डिसेम्बर २०१५ मा, भायाकम १८ ले निकलोडियन एचडी + को सुरुवात गरेको थियो। यो पहिलो उच्च परिभाषित बाल च्यानल पनि हो।[१०]

२०१६ मा भायाकम १८ ले निक कार्यक्रम शृङ्खला "निक आवर"को सुरूवात उनीहरूको नि:शुल्क च्यानल रिस्ते मार्फत सुरुवात गरेको थियो। यस कार्यक्रममा मोटु पतलु, पकडम पकडाई, द जङ्गल बुक, गो, डिएगो, गो !, किमोन आची र छोटी आनन्दी (कलर्स शृङ्खला) जस्ता कार्यक्रमहरू समावेश छन्। [११]

निक भारतले १ सेप्टेम्बर २०१८ मा कन्नड कार्यक्रमहरूको सुरूवात गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "ZEE TV TO LAUNCH NICKELODEON", ११ अक्टोबर १९९९, अन्तिम पहुँच २१ जुन २०१७ 
  2. "Cartoon Network block replaces Nick on Zee TV", १४ अगस्ट २००२, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१७ 
  3. "Nickelodeon India business and operations head Pradeep Hejmadi - AnimationXpressAnimationXpress", www.animationxpress.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२० 
  4. "Nick to get 'MTV India treatment' for makeover", इण्डिएन टेलिभिजन डटकम (अङ्ग्रेजीमा), २००४-०५-२२, अन्तिम पहुँच २०१८-०७-२० 
  5. "Sun's Chutti TV targets 25% ad growth in 2010", १९ डिसेम्बर २००९, अन्तिम पहुँच ९ जनवरी २०१८ 
  6. "Nick India undergoes makeover, to don new logo from June 25", द इकोनोकिम टाइम्स, २०१०-०६-२४, अन्तिम पहुँच २०१८-०३-०३ 
  7. "Nick rebrands their kids channel Sonic with refreshing new logo and their successful show 'Shiva' - AnimationXpressAnimationXpress", एमिनेसन एक्सप्रेस डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-०१ 
  8. "Viacom18 launches Nick Jr. to enter preschool segment in India | TelevisionPost.com", टेलिभिजन पोष्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०७ मिति
  9. "Nickelodeon Kids Choice Awards now in India", इण्डिएन टेलिभिजन डटकम, २०१३-१०-१०, अन्तिम पहुँच २०१७-११-०१ 
  10. "Viacom18 to launch HD kids channel Nick HD+, unveils local IP 'Shiva' for Nick | TelevisionPost.com", टेलिभिजन पोष्ट डटकम (अङ्ग्रेजीमा), मूलबाट ८ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०८ मिति
  11. ""Nick Hour" on Rishtey", ३० मार्च २०१६, अन्तिम पहुँच १३ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ डिसेम्बर २०१७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट