नेपोलियन बोनापार्ट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपोलियन प्रथम
नेपोलियन.
आफ्नो कार्यालयमा नेपोलियन बोनापार्ट सन् १८१२ मा झाक-लुई दाभिदले बनाएको चित्र
फ्रान्स सम्राट
शासनकाल सन् १८०४ मे १८ – सन् १८१४ अप्रिल ११
सन् १८१५ मार्च २० – सन् १८१५ जुन २२
फ्रान्स सन् १८०४ डिसेम्बर २
पुर्वाधिकारी स्वयं (पहिलो दुतावास)
उत्तराधिकारी लुई XVIII (de jure सन् १८१४ मा)
इटाली नरेश
शासनकाल सन् १८०५ मार्च १७ – सन् १८१४ अप्रिल ११
राज्याभिषेक सन् १८०५ मे २६
पुर्वाधिकारी स्वयं घोषित इटालीको राष्ट्रपति
उत्तराधिकारी छैन(त्यसपछि इटालीका राजा भिक्टर इम्यानुएल दोश्रा भए)
स्वास्नी जोसेफिने डे ब्युहार्नाइस
म्यारी लुसी
सन्तान नेपोलियन द्वीतिय
पुरा नाम
नेपोलियन बोनापार्ट
घर बोनापार्ट घर
पिता कार्लो बोनापार्ट
आमा लेटिजिया रामोलिनो
जन्म (१७६९-০८-१५)१५ अगस्ट १७६९
आजासियो, कोर्सिका, फ्रान्स
मृत्यु ५ मे १८२१(१८२१-০५-০५) (५१ वर्ष)
सेन्ट हेलेना
गाडियो लेस इन्भालिडेस,प्यारिस, फ्रान्स
धर्म रोमन क्याथोलिक
हस्ताक्षर
नेपोलियनले प्रयोग गरेको सम्राटको प्रतीक


नेपोलियन बोनापार्ट (फ्रेन्च: Napoléon Bonaparte) (जन्म:नेपोलिओनी दी बुओनापार्ते, अगस्ट १५, १७६९मे ५, १८२१) एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए। उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा फेरि दोस्रो पटक फ्रान्सको सम्राट भए। क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए। सन् १८१५ को पराजयपूर्व उनले प्राय सबै लडाइँहरू जितेर युरोप महादेशका लगभग पूरै भूभाग आफ्नो कब्जामा राखे। उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरिए। उनी युरोपको इतिहासमा लगातार रूपमा सबभन्दा मानिएका तथा विवादमा आएका नेता रहेका छन्।[१] सर्वसाधारणको हकमा नेपोलियनले युरोपभर धेरै मात्रामा उदारवादी सामाजिक सुधारहरू लागू गरे। जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन्। उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेस गरिएका छन्।[२][३]

नेपोलियन कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। उनका पुर्खाहरू इटालेली राज घरानाका थिए जो १६औं सताब्दीमा कोर्सिका आएर बसे। राम्रो शैक्षिक योग्यता प्राप्त गरेका उनी अध्ययनमा गहिरो रुचि राख्दथे। नेपोलियन कोर्सिकाली लवजमा उत्कृष्ट फ्रेन्च भाषा बोल्दथे। कट्टरपन्थी ज्याकब्लिन गुटका समर्थक उनको सैन्यकलाले तिब्र गतिमा ख्याति पाउन सफल भयो। उनले सन् १७९६ देखि १७९९ सम्म इटाली तथा इजिप्टमा चलाएको चर्चित सैन्य अभियानपश्चात उनी क्रान्तिको नेताको रूपमा उदाए।

नेपोलियन सन् १७९९ मा शक्ति हत्याउन सफल भए र उनी फ्रान्सको केही बाहेक नियन्त्रणमा राख्दै प्रथम कन्सुलको रूपमा आफूलाई स्थापित गरे। सन् १८०४ मा उनलाई फ्रान्सेली जनताको सम्राटको रूपमा राज्याभिषेक गरियो। उनले पोप तथा क्याथोलिक चर्चसँग राम्रो सम्बन्ध स्थापित गरेर धार्मिक शक्तिबाट खतरामुक्त रहे। क्रान्तिको समयमा देश निकाला गरिएकाहरूलाई फिर्ता आउन अनुमति दिएर उनले फ्रान्समा नयाँ खालको अभिजात वर्ग सुरु गरे। उनले लगातार रूपमा धेरै लडाइँ लडे जसलाई नेपोलियनकालिन(नेपोलियोनिक) युद्धको नामले पनि चिनिन्छ। फ्रान्सेली साम्राज्यका विरुद्ध निरन्तर परिवर्तन भइरहने गठबन्धनहरूसँगका ती युद्धहरू अत्यन्तै जटिल पनि थिए। सन् १८१५ मा उल्म तथा अस्ट्रालिजको विजयसँगै उनले तेस्रो गठबन्धनलाई समाप्त पार्दै पुरानो रोमन साम्राज्य समाहित गरेर कनफेडरेसन अफ द राइनको स्थापना गरे। यद्यपी सन् १८०५ को अक्टोबरमा ट्राफल्गरमा उनको जलसेना ध्वस्त भयो भने बेलायतले फ्रान्सेली समुद्रतटमा जलनाकाबन्दी लगायो। त्यसको जवाफमा उनले बेलायतसँग युरोपेली व्यापारमा कटौति गर्न महादेशीय प्रणाली लागू गरे। फ्रान्सेली साम्राज्यका विरुद्ध चौथो गठबन्धन पनि बनेको थियो तर सन् १८०६ मा जेना-अयुर्स्टेड तथा सन् १८०७ मा भएको अर्को लडाइँमा यो परास्त भयो। यी लडाइँमा भएको फ्रान्सको जितकै कारण प्रसिया टुक्रियो र पोलिस राज्य पुन अस्तित्वमा आयो। नेपोलियनले सन् १८०९ पाँचौं गठबन्धनलाई पनि वाग्राममा हराउँदै युरोप महादेशभर आफ्नो दबदबाकायम राख्न सफल भए। नेपोलियनले पटक पटक बनेका विभिन्न गठबन्धनलाई चिर्दै तथा मित्र राष्ट्रहरूको आफूतिरको झुकावलाई कायम राख्दै फ्रान्सको बर्चश्व कायम राखे। उनले यसका लागि फ्रान्सका उपनिवेसका रूपमा रहेका अन्य युरोपेली राष्ट्रहरूमा आफ्नै परिवारका सदस्यहरूलाई शासक नियुक्त गरेका थिए।

नेपोलियन सन् १८०२ देखि १८०५ सम्म राष्ट्रपति थिए, सन् १८०५ देखि १८१४ सम्म इटालीका राजा भए, सन् १८०३ देखि १८१३सम्म स्विस महासंघका मध्यस्थकर्ता तथा सन् १८०६ देखि १८१३सम्म राइनको संरक्षक थिए। सन् १८१७ को अन्त्यमा नेपोलियनले पोर्चुगललाई पनि महादेशीय प्रणालीमा आउन बाध्य बनाउने कोशिस गरे। अर्को वर्ष उनले आफ्नै भाइ जोसेफ बोनापार्टलाई स्पेनको राजा बनाए। उनका यिनै कदमले प्रायद्विपीय युद्ध निम्त्यायो जुन अत्यन्त हिंश्रक गुरिल्ला विवादको लागि चिनिन्छ। यहि युद्धले बेलायती सेनाको पनि सामना गर्नु पर्यो भने यसकै कारण फ्रान्सको स्रोत तथा सामर्थ्यमा ह्रास आयो। महादेशीय नाकाबन्दीलाई लागू गराउन उनले सन् १८१२ मा रुसको हस्तक्षेप सुरू गरे जुन अन्त्यमा गएर सैन्य विफलतामा परिणत भयो। यहीअभियानका क्रममा रोगका कारण उनको महासेनाको ठूलो हिस्सा ध्वस्त भयो। त्यसपछि धेरैजसो युरोपेलीदेशहरू उनको विपक्षमा उभिए। सन् १८१३ को अक्टोबरमा लेइप्जिगमा भएको युद्धमा छैटौँ गठबन्धनले उनलाई परास्त गर्यो र फ्रान्सलाई कब्जा गर्यो। नेपोलियनलाई सन् १८१४ को अप्रिलमा राज्य त्याग्न बाध्य पारियो। अन्त्यमा देश निकाला गरेर उनलाई एल्बा टापुमा पठाइयो। त्यसपछि सन् १७९२ देखि फ्रान्सको कब्जामा रहेका भूमि फिर्ता भए अनि पहिलाका शासक बर्बोनहरूले शक्ति प्राप्त गरे। सन् १८१५ मा उनले एल्बा टापुबाट भागेर पुन शक्ति प्राप्त गरे तर त्यो लगभग १०० दिनका लागि मात्र रह्यो। आखिर उनी वाटरलुको युद्धमा पराजित भए। जीवनका अन्तिम ६ वर्ष उनले दूर्गम सेन्टहेलेना टापुमा बेलायती नजरबन्दीमा काटे। उनी फ्रान्सेली जनताका लागि उन्नाइसौं सताब्दीभरका महान नायक थिए। उनकै ख्यातिको प्रभावले उनका भाञ्जा नेपोलियन तृतीय सन् १८४८ देखि १८७० सम्म फ्रान्सको शासक भए।

प्रारम्भिक जीवन तथा शिक्षा

Half-length portrait of a wigged middle-aged man with a well-to-do jacket. His left hand is tucked inside his waistcoat.
नेपोलियनका पिता कार्लो बुओनापार्ते फ्रान्सका राजा लुई सोह्रौंको अदालतका लागि कोर्सिकाका प्रतिनिधि थिए।

नेपोलियन सन् १७६९ अगस्ट १५ तारिखका दिन बाबु कार्लो मारिया दी बुओनापार्ते र आमा मारिया लेटिजिया रामोलिनोका साहिला छोराको रूपमा कासा बुओनापार्तेमा रहेको पुर्ख्यौली घरमा भएको थियो। कासा बुओनापार्ते तत्कालिन कोर्सिका टापुको राजधानी अजाक्सिओ सहरमा अवस्थित छ। उनी बुओनापार्ते दम्पतिका चौथो सन्तान र तेस्रो छोरा थिए। उनको जन्मभन्दा एक वर्षअघि मात्र त्यो टापु गणतन्त्र जेनोआबाट फ्रान्समा सारिएको थियो। उनलाई नेपोलिओनी दी बुओनापार्ते नामाकरण गरियो। सम्भवत उनको यो नाम उनका काकाबाट आएको हो(पहिला उनका जेठा दाजुको नाम नेपोलिओनी राख्न खोजिएको थियो तर दाजुको शैसवावस्थामै निधन भएकोले यो नाम नेपोलियनले पाए)। उनी बीसवर्ष पुगेपछि मात्र केही फ्रेन्च जस्तो सुनिने नेपोलियन बोनापार्ट नाम उनी आफैंले राखेका थिए।[४][note १]

यो कोर्सिकाली बुओनापार्ते परिवारका पुर्खा इटालीको टस्कनीका मध्यम वर्गीय परिवारका थिए। उनीहरू लिगुरियाबाट सोह्रौं सताब्दीमा त्यस ठाउँमा आएका थिए।[५][६]

उनका बाबु नोबाइल कार्लो बुओनापार्ते एक मुख्तियार थिए। कार्लो सन् १७७७ मा फ्रान्सका राजा लुइस सोह्रौँका लागि कोर्सिकाका प्रतिनिधि चुनिए। नेपोलियनको बाल्यकाल मुख्यतया उनकी आमाबाट प्रभावित रह्यो। आमा लेटिजिया रामोलिनोको कडा अनुशासनले एउटा चकचके बालक सरल स्वभावको बालकमा परिवर्तन भयो।[७] नेपोलियनकी मामाघरकी हजुरआमाले स्विस फेस्च परिवारमा दोस्रो विवाह गरिन्। नेपोलियनका सौतेनी हजुरबुबा कार्डिनल जोसेफ फेस्च केही वर्ष बोनापार्ट परिवारको संरक्षक पनि भए।

उनका जोसेफ नाम गरेका एक दाजु तथा भाइबहिनीहरू लुसिएन, एलिसा, लुइस, पाउलाइन, क्यारोलाइन जेरोम थिए। जोसेफभन्दा पहिला जन्मेका एक बालक र बालिकाको शैसवावस्थामै मृत्यु भयो। नेपोलियनले रोमन क्याथोलिकको रूपमा बप्तिस्मा लिए।

प्रारम्भिक सैनिक जागिर

Head and shoulders portrait of a white-haired, portly, middle-aged man with a pinkish complexion, blue velvet coat and a ruffle
कोर्सिकाका राष्ट्रवादी नेता पास्कल पाओली, रिचार्ड कस्वेले १७९८ मा बनाएको तस्वीर

सन् १७८५ सेप्टेम्बरमा अध्ययन पूरा गरेपछि बोनापार्टलाई सहायक सेनानीको रूपमा ला फेर रेजिमेन्टमा पठाइयो। उनले सन् १७८९ मा क्रान्तिको थालनि हुनुभन्दा पहिलासम्म भ्यालेन्स र अक्जोनमा सुरक्षा दिए। यो अवधिमा उनले करिब दुई वर्षको बिदा कोर्सिका तथा पेरिसमा बिताए। एक कट्टर राष्ट्रवादी बोनापार्टले सन् १७८९ मा कोर्सिकाली नेता पास्कल पाओलीलाई यस्तो पत्र लेखे:

देश शक्तिहीन हुँदै गएको बेलामा मेरो जन्म भयो। तीसहजार फ्रान्सेलीहरूले हाम्रो स्वतन्त्रताको मुकुटलाई रगतको आहलमा डुबाएर हाम्रा स्रोत साधनमा डकारी रहेका थिए। त्यस्तो नितान्त अस्वीकार्य दृष्य पहिलो पटक मेरो मनमा बिझेको थियो।[८]

उनले कान्तिका सुरुका वर्षहरू कोर्सिकामै बिताए। त्यतिबेला उनी शाही शासन पक्षधर, कान्तिकारीहरू तथा कोर्सिकाली राष्ट्रवादीहरूमा चलेको तीन पक्षीय जटिल संघर्षमा होमिए। उनले कान्तिकारी ज्याकब्लिन गुटको समर्थन गरी कोर्सिकाली लडाकु सेनामा प्रमुख सेनानीको दर्जा पाए। उनले स्यम्सेवकको दस्ताको नेतृत्व पनि प्राप्त गरे। बिदाको समयभन्दा धेरैसम्म अनुपस्थित रहेर फ्रान्सेली सेनाको विरुद्धमा कोर्सिकामा भएको विद्रोहमा सम्लग्न भएता पनि सन् १७९२ को जुलाईमा फ्रान्सेली सेनामा उनको बढुवा भयो र उनी सह-सेनानी भए। उनी कोर्सिका फिर्ता आए र पाओलीसँग विवादमा फसे। पाओलीले फ्रान्ससँग छुट्टिने निर्णय गरी नेपोलियनको नेतृत्वमा फ्रान्सेलीसेना रहेको सार्डिनियाली टापु ला मादालेनामा सन् १७९३ को फेब्रुअरीदेखि हतियारसहितको विद्रोह सुरुगरे। पाओलीसँगकै खटपटका कारण त्यही वर्षको जुनमा नेपोलियन र उनको परिवार फ्रान्सको मुख्य भूमिमा बसाइँ सर्यो।

फ्रान्सका सम्राट

१८०२मा प्रथम कन्सुलका रूपमा नापोलेओंको चित्र

दोस्रो निर्वासन र मृत्यु

नेपोलियनलाई दोस्रोपटक अफ्रीका कोष्टको सेन्ट हेलेना द्वीपमा पठाइयो त्यहाँ यिनको पेटको क्यान्सरका कारण ५ मे १८२१मा निधन भयो।

टिप्पणी

  1. उनको नामको हिज्जे नबुलिओन, नबुलियो, नपोलिओन, र नापूलिओन गर्ने गरिन्छ । [४]

सन्दर्भ सामग्रीहरू

  1. Charles Messenger, ed. (2001), Reader's Guide to Military History, Routledge, pp. 391–427, ISBN 9781135959708, <http://books.google.com/books?id=VT7fAQAAQBAJ&pg=PA391> 
  2. The ideas that underpin our modern world—meritocracy, equality before the law, property rights, religious toleration, modern secular education, sound finances, and so on—were championed, consolidated, codified and geographically extended by Napoleon. To them he added a rational and efficient local administration, an end to rural banditry, the encouragement of science and the arts, the abolition of feudalism and the greatest codification of laws since the fall of the Roman Empire. Andrew Roberts, Napoleon: A Life (2014), p. xxxiii.
  3. Xavier Blanc-Jouvan, Worldwide Influence of the French Civil Code of 1804, on the Occasion of its Bicentennial Celebration [१]
  4. ४.० ४.१ Dwyer 2008, p.xv
  5. McLynn 1998, p.2
  6. 2012 DNA tests found some of the family's ancestors were from the Caucasus region; lefigaro.fr (15 January 2012), "Le Figaro – Mon Figaro : Selon son ADN,les ancêtres de Napoléon seraient du Caucase!", Le Figaro ; The study found haplogroup type E1b1c1*, which originated in Northern Africa circa 1200 BC; the people migrated into the Caucasus and into Europe. "Haplogroup of the Y Chromosome of Napoléon the First; Gerard Lucotte, Thierry Thomasset, Peter Hrechdakian; Journal of Molecular Biology Research", December 2011 
  7. Cronin 1994, pp. 20–21
  8. McLynn 1998, p.37