पानी घट्ट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नेपालको रुकुममा प्रयोग भएको पानी घट्ट

पानी घट्ट पानी बाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र हो जसको प्रयोग बाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। विषेश गरि नेपालको ग्रामिण इलाकामा यसको प्रयोग हुन्छ। पानी घट्ट प्राचिनकाल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। ग्रीक भूगोलवीद Straboका अनुसार सन् ७१ बीसीमा Asia Minorमा Cabiraका राजा Mithradates VI Eupatorको दरवार नजीकै पानी घट्टको प्रयोग भएको थियो। बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्छ र यही घुमाईसंगै यसले अन्नका दानाहरूलाई पिसेर धुलो बनाउनेगर्दछ।