पाल्देन थोन्डुप नामग्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाल्देन थन्डुप नामग्याल
१९७१ मा पाल्देन थन्डुप नामग्याल
सिक्किमको छोग्याल
शासनकाल२ डिसेम्बर १९६३ – १० अप्रेल १९७५
राज्याभिषेक४ अप्रिल १९६५
पूर्वाधिकारीटाशी नामग्याल
उत्तराधिकारीराजतन्त्र समाप्त भयो
जन्म(१९२३-०५-२३)२३ मे १९२३
गान्तोक
मृत्यु२९ जनवरी १९८२(1982-01-29) (उमेर ५८)
न्युयोर्क सहर
जीवनसाथीहोप कुक (१९६३–१९८०; सम्बन्धविच्छेद भएको)
घरानानामग्याल
बाबुटाशी नामग्याल
धर्मबुद्ध धर्म

पाल्देन थोन्डुप नामग्याल (२३ मे १९२३ - २९ जनवरी १९८२) सिक्किम अधिराज्यका १२ औं र अन्तिम छोग्याल (राजा) थिए। नामग्यालले एक "नमूना एसियाली राज्य" को आकार दिए जहाँ साक्षरता दर र प्रतिव्यक्ति आय छिमेकी नेपाल, भुटानभारत भन्दा दोब्बर उच्च थियो।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

पाल्देन थोन्डुप नामग्यालको जन्म २३ मे १९२३ मा रोयल प्यालेस, पार्क रिज, गान्तोकमा भएको थियो।[२] ६ वर्षको उमेरमा, उनी कालिम्पोङको सेन्ट जोसेफ कन्भेन्टमा विद्यार्थी भए, तर मलेरियाको आक्रमणका कारण उनको पढाइ बन्द गर्नुपर्‍यो।[३][४] आठदेखि एघार वर्षको उमेरसम्म उनले आफ्ना काका रिम्पोचे ल्हात्सुनको अधीनमा बौद्ध भिक्षु नियुक्त हुनको लागि अध्ययन गरे; पछि उहाँलाई फोडोङ र रुम्टेक मठ दुवैको पुनर्जन्म नेताको रूपमा चिनियो।[५]

नामग्यालको विवाहको केही समय पछि, उनको बुबाको मृत्यु भयो र उनलाई सन् १९६५ मा ज्योतिषशास्त्रीय अनुकूल मितिमा नयाँ छोग्यालको ताज पहिराइएको थियो।[६] सन् १९७५ मा सिक्किमका प्रधानमन्त्रीले भारतीय संसदमा सिक्किमलाई भारतको राज्य बन्न अपील गरे।[६] त्यस वर्षको अप्रिलमा, भारतीय सेनाले गान्तोक शहर कब्जा गर्यो र छोग्यालको दरबारका गार्डहरूलाई निशस्त्र पारिदियो।[६] १४ अप्रिल १९७५ मा जनमत सङ्ग्रहको परिणामस्वरूप राजतन्त्रको उन्मूलन र सिक्किम भारतको राज्य बनेपछि नामग्याललाई अपदस्थ गरिएको थियो।[७][८]

सम्मान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Gray, Francine Du Plessix (८ मार्च १९८१), "The Fairy Tale That Turned Nightmare?", The New York Times 
  2. "Notice from Lobzang Choden Kazi announcing the birth of Palden Thondup Namgyal, 04 Jun 1923", Birth of Palden Thondup Namgyal (Chogyal r.1965-1982), British Library, EAP 880/1/5/12 (Tibetanमा), Gangtok, १९२३, पृ: 43, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२२ 
  3. "Letter from Mother Clare, Superioress of St. Joseph's Convent (Kalimpong) to the Private Secretary regarding the health of Crown Prince Kunzang Paljor Namgyal, Palden Thondup Namgyal and Princess Pema Tsedeun Namgyal, 26 Nov 1931", Correspondence and reports regarding the education of the Princes and Princesses in Kalimpong, British Library, EAP 880/1/5/30, Gangtok, १९३१, पृ: 348–349, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२२, "I heard from out doctor that they had terrible cases of malignant malaria from Rangpo in the hospital the whole year round" 
  4. "Letter from Mother Clare, Superioress of St. Joseph's Convent (Kalimpong) to the Private Secretary regarding the withdrawal of Palden Thondup Namgyal from the school, 14 Nov 1931", Correspondence and reports regarding the education of the Princes and Princesses in Kalimpong, British Library, EAP880/1/5/30, Gangtok, १९३१, पृ: 343, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२२ 
  5. "List of Chiefs and leading families in Sikkim: Sikkim Part I", List of Chief and leading families in Sikkim, Bhutan and Tibet, New Delhi: Political Branch, Sikkim Agency Office, १९३९, पृ: 23, अन्तिम पहुँच ३ अक्टोबर २०२२National Archives of Indiaद्वारा, "He is the abbot of the Phodang monastery and has received religious teaching from Lhatsun Rimpoche." 
  6. ६.० ६.१ ६.२ "Notes on the official coronation ceremony of Palden Thondup Namgyal as the twelfth ruler ascending the throne", Coronation of Palden Thondup Namgyal (Chogyal r.1965-1982), British Library, EAP 880/1/5/165, Gangtok, १९६५, पृ: 1, 3–8, अन्तिम पहुँच १ अक्टोबर २०२२ 
  7. Kumari, Bhuvanesh (१९७७), "Draft letter from Bhuvanesh Kumari to [[Morarji Desai]] regarding the house arrest of Palden Thondup Namgyal", Correspondence of Palden Thondup Namgyal (Chogyal r.1965-1982) with Indian officials, British Library, EAP 880/1/5/170, Gangtok, पृ: 111, अन्तिम पहुँच ३ अक्टोबर २०२२  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  8. G. T. (१ मार्च १९७५), "Trouble in Sikkim", Index on Censorship 4: 68–69, डिओआई:10.1080/03064227508532403 
  9. "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, मूलबाट २८ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१५ मिति
  10. Conferment of a Military rank on Maharaj Kumar P.T. Namgyal, OBE of Sikkim., New Delhi: Press Information Bureau, १९५४, पृ: 7, अन्तिम पहुँच ३ अक्टोबर २०२२National Archives of Indiaद्वारा। 
  11. Final Programmes for The Coronation and The Silver Jubilee Celebration