पोर्टल:नेपाल/Featured biography/1

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह
गोरखाका राजा
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह
शासनकाल२५ सेप्टेम्बर १७६८ - ११ जनवरी १७७५
पूर्वाधिकारीनरभूपाल शाह
उत्तराधिकारीप्रतापसिंह शाह
जन्म११ जनवरी १७२३
गोरखा दरबार
मृत्यु११ जनवरी १७७५ (५२ उमेरमा)
नुवाकोट
जीवनसाथीप्रथम इन्द्र कु.सेन र दोस्रो नरेन्द्रलक्ष्मी शाह
सन्तानप्रतापसिंह शाह
बहादुर शाह
दरबारगोरखा दरबार
बाबुनरभूपाल शाह
आमाकौसल्यावती शाह
धर्महिन्दू

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।

यिनले सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो .....पुरा पढ्नुहोस्