बूढानीलकण्ठ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बुढानिलकण्ठ नगरपालिकाबाट अनुप्रेषित)
बूढानीलकण्ठ नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलबागमती अञ्चल
जिल्लाकाठमाडौँ जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा३५ किमी (१४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०७,९१८
 • घनत्व३१००/किमी (८०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटbudhanilkanthamun.gov.np

बूढानीलकण्ठ नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाँकाल, बूढानीलकण्ठकपन यी ६ गाउँ विकास समितिहरूलाई समेटेर बुढानिलकण्ठ नगरपालिका घोषणा गरिएको हो।[३][४] बुढानिलकण्ठ नगरपालिकाको केन्द्रभने महाँकाल गाउँ विकास समितिमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाउँ विकास समिति कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बूढानीलकण्ठ नगरपालिका साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाँकाल, बूढानीलकण्ठकपन गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाउँ विकास समितिहरूको जनसङ्ख्यालाई जोड्दा बुढानिलकण्ठ नगरपालिकाको कूल जनसङ्ख्या १,०७,९१८ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]