कीर्तिपुर नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
कीर्तिपुर नगरपालिका
[[Image:{{{तस्वीर}}}|335px]]
स्थापना : २०५३ चैत्र १४ गते
अञ्चल: बागमती अञ्चल
जिल्ला: काठमाडौं जिल्ला
क्षेत्रफल: -
जनसंख्या: - वडा संख्या: -
भौगोलिक अवस्थिति: पहाडी प्रदेश, काठमाडौं उपत्यका
मेयर:  ??
टेलिफोन कोड: ०१
वेबसाईट: -
 हे  वा  सं 
किर्तिपुर्
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

किर्तिपुर काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा रहको ऐतिहासीक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दीर रहेको छ। काठमाडौं उपत्यकाको सबै भन्दा ठूलो ताल टौदह याहा पर्दछ। किर्तिपुरमा झन्डै ५० हजार मानीस बसोबास गर्दछन। किर्तिपुरको टेलीफोन कोड नं. ०१ हो।

वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नालाल वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो। नगरपालिकाको जनसंख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ।

कीर्तिपुरमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।

काठमाडौं उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।

कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं-तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघ भैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ।

स्रोतहरू [सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू [सम्पादन गर्ने]

बाहिरी कडीहरू [सम्पादन गर्ने]