काठमाडौं

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

"काठमाडौं" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि काठमाडौं (स्पष्टता) हेर्नुहोला।

काठमाडौं
येँ देय्‌
काठमाडौं महानगरपालिका
—  राजधानी सहर  —
माथिबाट क्रमश:काठमण्डौ क्षेत्रको एक कला, काठमाण्डौ दरवार क्षेत्रम रहेको तलेजु र देगुतलेजुको मन्दिर (दायाँ), पशुपतिनाथ मन्दिर (बायाँ), बौद्धनाथ स्तुप(दायाँ), स्वयम्भूनाथ मन्दिर (दायाँ), सिंहदरवार, बागमती नदी, बूढानीलकण्ठ
आदर्श वाक्य: मेरो पौरख, मेरो गौरव, मेरो कठमाण्डौ
काठमाडौं is located in नेपाल
काठमाडौं
Location in Nepal
निर्देशांक: 27°42′N 85°20′E / 27.7, 85.333
राष्ट्र  Nepal
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल बागमती अञ्चल
जिल्ला काठमाडौं जिल्ला
मानव बिकास सूचकांक ०.६५० मध्यम [१]
स्थापना इशा पुर्वा ९०० मा [२]
सरकार
 - प्रमुख कार्यकारी अधिकृत लक्षमण अर्याल
क्षेत्रफल
 - जम्मा ५०.६७ km2 (१९.६ sq mi)
अवनति १,४०० m (४,५९३ ft)
जनसङ्ख्या (२०१२)
 - जम्मा ९,७५,४६३[३]
  जनसंख्या
समय क्षेत्र नेपाली समय (युटिसी+५:४५)
पोस्टल कोड
टेलिफोन कोड ०१
वेबसाइट आधिकारिक वेबसाइट
सन् १९२०को फोटो; काल भैरव देखिन्छ।
थंहिटीको बौध्द चैत्य

काठमाडौ (नेपाल भाषा:येँ देय्‌) नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा कान्तिपुर भनिन्थ्यो । इतिहासका बिभिन्न कालखण्डमा विभिन्न राजबंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपालको राजधनीको रूपमा रहेको छ। काठमाडौं उपत्यका भित्र पर्ने यो सहरमा राष्ट्रपति निवास तथा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय (सिहंदरवार), नेपाल सरकारको केन्द्रीय सचिवालय मन्त्रालयहरू, प्रायः सबै केन्द्रीय कार्यलयहरू, सरकारी तथा निजी टेलीभीजन स्टेसनहरू तथा थुप्रै सरकारी तथा निजी रेडियोहरू तथा समाचार संस्थाहरू रहेका छन। नेपाली सेनाको केन्द्रीय कार्यालय जंगी अड्डा, सशस्त्र प्रहरी-बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यही रहेका छन् ।

इतिहास[सम्पादन गर्ने]

पुरातात्विक रुपले काठमाडौँमा मानव वस्ती धेरै प्राचीन समयदेखि रहेको पाइन्छ। काठमाडौँमा नवपाषाण युगका अवशेषहरु भेट्टाइएका छन। काठमाडौंको मालीगाउँमा १८५ इसंको मूर्ति सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष हो। चावहिलमा अवस्थित सम्राट अशोकको पुत्रीद्वारा निर्मित धन्दो चैत्य करिब दुई हजार वर्ष पुरानो चैत्य हो।

प्राचीन काल[सम्पादन गर्ने]

काठमाडौं नगरको प्राचीनतम् इतिहास धार्मिक ग्रन्थ तथा वंशावलीहरुबाट प्राप्त गर्न सकिन्छ। यस्ता ग्रन्थहरु तथ्यपरक भन्दा पनि भावात्मक हुने भएकाले यिनीहरुलाई ठोस प्रमाणको रुपमा भने लिन सकिन्न। यस्ता ग्रन्थहरु मध्ये एक प्रमुख ग्रन्थ स्वयम्भू पुराण हो। यो ग्रन्थ अनुसार काठमाडौं उपत्यका प्राचीन समयमा एक दह थियो। यस दहको नाम नागदह थियो। महाचीनबाट बुद्ध धर्मका बोधिसत्त्व मञ्जुश्रीले यस दहमा आलौकिक रश्मि देखेर यहाँ मानव वस्ती निर्माण गर्ने निधो गरे। उनले यस दहको दक्षिणमा रहेको कच्छपाल पर्वतमा चन्द्रह्रास खड्गले प्रहार गरेर यहाँको पानी निकास गरिदिए। तत्पश्चात, वर्तमान काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे। वर्तमान काठमाडौंको मजिपात (मञ्जुपत्तनको अपभ्रंश)मा रहेको मञ्जुश्रीको मन्दिरलाई सो प्रथम सभ्यताको केन्द्रको रुपमा सांस्कृतिक रुपमा लिइने गरिन्छ।

गोपाल राजवंशावली संस्कृत र नेपालभाषामा लिखित नेपालको राजवंशावली हो। यस वंशावलीको पहिलो केही पृष्ठहरु अनुपलब्ध छन। यस वंशावलीका उपलब्ध पृष्ठहरु अनुसार नेपालमण्डलमा (काठमाडौं लगायत उपत्यका वरिपरिका क्षेत्रमा) गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंशहरुले शासन गरेका थिए।

काठमाडौं केन्द्रित किरात राजा यलम्बरले महाभारत युद्धमा सहभागी भएको भन्ने विश्वास छ। साथै, सातौं किरात राजा जितेदास्तीको समयमा बुद्ध वा बौद्ध भिक्षुहरु काठमाडौं उपत्यका आएको पनि ग्रन्थहरुमा उल्लेख गरिएको छ। यसकालमा काठमाडौँमा यम्बु भन्ने मुख्य वस्ती थियो र यँगाल भन्ने (मञ्जुपत्तन निकट) सानो वस्ती थियो। काठमाडौंलाई अहिले पनि केही भोट-बर्मेली भाषाहरुमा यही नामबाट "यम्बु" भनिने गरिन्छ। साथै, नेपालभाषामा काठमाडौंको नाम येँ पनि यही शब्दबाट उत्पन्न भएको नाम हो।

लुम्बिनीमा शाक्य वंश माथि विरुढकद्वारा आक्रमण भएपश्चात बचेका शाक्य र कोलियहरुको आगमन पश्चात काठमाडौँमा रहेका बस्तीहरुको नाम यम्बुबाट कोलिग्राम र यँगालबाट दक्षिणकोलिग्राममा परिवर्तन भए।

शैक्षिक संस्थाहरू[सम्पादन गर्ने]

चिकित्सा शास्त्र अध्यान संस्थान माहाराजगंज, अमृत साइन्स, त्रिचन्द्र, रत्न राज्य, नेपाल ल, बाल्मीकी विद्यापिठ, सरस्वती, पब्लिक युथ, रत्न ज्योती, महेन्द्ररत्न, नेपाल कर्मस क्यम्पस, जनप्रशासन क्याम्पस महेन्द्र संस्कृत विश्वविद्यालय काठमाडौं कार्यलय, नेपाल मेडिकल कलेज, काठमाडौं डेन्टल कलेज, राष्ट्रिय चिकित्सा अध्यान प्रतिष्ठान वीर अस्पताल लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षिक संस्था यो नगरमा छन्।

स्वास्थ्य संस्थानहरू[सम्पादन गर्ने]

नेपालका केन्द्रिय अस्पतालहरू बीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, शहीद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखाकेन्द्र, कुष्ठरोग अस्पताल, टोखा नेपाली सेनाका त्रिचन्द्र अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पायोनिएर अस्पताल, शसस्त्र प्रहरीको ज्ञानेन्द्र शसस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पताल, त्रिभुवन विश्वविद्यालय चिकित्सासास्त्र अध्यान संस्थानको शिक्षण अस्पताल महाराजगंज, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, आयुर्वेदिक अस्पताल नरदेवी, सुस्माकोइराला प्लास्टिक सर्जरी अस्पताल सांखु का साथै नर्भिक, मेडीकेयर, काठमाडौं मोडेल अस्पताल लगायतका प्रशिद्ध थुप्रै निजी तथा सामुदायिक अस्पतालहरू पनि यहाँ रहेका छन।

व्यवसाय यातायात तथा संचार[सम्पादन गर्ने]

विभिन्न निजी कम्पनीहरूका केन्द्रिय कार्यालय, केही कारखानाहरूका साथै बालाजु औद्योगिक क्षेत्र र थुप्रै विक्री केन्द्र यहाँ रहेका छन्। काठमाडौंको टेलिफोन कोड ०१ हो। यो सहरमा झन्डै ८ लाख मानिस बसोबास गर्दछन्। काठमाडौं उपत्यकाभित्र पर्ने यो सहरमा नेपाल सरकारको केन्द्रीय सचिवालय सिहंदरवार, मन्त्रालयहरू, प्राय सबै केन्द्रीय कार्यालयहरू, नारायणहिटी राजदरवार काठमाडौं मै छन्। नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल काठमाडौंमा रहेको छ। त्रिभुवन विमानस्थलबाट मास्को, अमास्टर्डम, भियना, दुवाइ, अबुधावी, सारजाह, रियाद, दमाम, मनामा, मस्कट, दोहा, करांची, दिल्ली, मुम्वइ, कलकत्ता, वनारस, पटना, ढाका, रंगुन, बैंकक, सिंगापुर, क्वालालाम्पुर, पारो, चेन्दु, लासा, ग्वान्जु, सांघाई, बेइजिंग, सिउल, ओसाका लगायतका शहर विभिन्न विमान सेवा मार्फत प्रत्यक्ष जोडिएका छन्। त्यसैगरी यहाँको स्युचाटार भन्ने ठाँउमा साना विमानहरू मात्र अवतरण र उडान गर्नसक्ने अर्को सानो विमानस्थल सञ्चालित थियो तर विश्वखाद्य कार्यक्रमले खाद्यान्न ढुवानीका लागि सुरू गरेको उक्त विमानस्थल हाल विमानस्थल नभइ खेलमैदानको रूपमा रहन गएको छ। सरकारी तथा निजी टेलिभिजन प्रसारण केन्द्रहरू, थुप्रै सरकारी तथा निजी रेडीयोहरू तथा समाचार संस्थाहरू रहेका छन। सबै प्रकारका फोन सेवा तथा इन्टर्नेट सेवा यहाँ उपलब्ध छन्। देशका प्राय सबै भागसँग सडकमार्ग बाट जोडिएको यो सहरमा यातायात साधनको अभाव छैन तर साँगुरा र भत्केका सडक उल्लेख्य मात्रामा सुधार हुन सकेका छैनन्।

भूगोल[सम्पादन गर्ने]

जनसंख्या[सम्पादन गर्ने]

बि.स. २०६८ को जनसंख्या विवरण अनुसार काठमाडौंको जनसंख्या ९,७५,४६३ रहेको छ । जुनकि नेपालको सबैभन्दा बढी हो ।

ऐतिहासिक महत्वका तथा अन्य महत्वपूर्ण स्थलहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

Wikivoyage-Logo-v3-icon.svg विकिभोयेजबाट Kathmandu यात्रा वृतान्त