मिन्स्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिन्स्क
Мінск · Минск
माथिबाट घडीको दिशामा: मिन्स्क व्यापार जिल्ला (पोबेडिटले एभिन्यू), चर्च अफ सेन्ट्स। पिटर र पल, रेलवे स्टेशन स्क्वायर, रेड चर्च, राष्ट्रिय ओपेरा र ब्याले थिएटर, र मिन्स्क सिटी हल
{{{official_name}}}को झण्डा
{{{official_name}}}को प्रतीक चिह्न
निर्देशाङ्क: ५३°५४′उ॰ २७°३४′पू॰ / ५३.९००°N २७.५६७°E / 53.900; 27.567निर्देशाङ्कहरू: ५३°५४′उ॰ २७°३४′पू॰ / ५३.९००°N २७.५६७°E / 53.900; 27.567
देशबेलारुस
पहिलो उल्लेख१०६७
क्षेत्रफल
 • जम्मा४०९.५३ किमी (१५८.१२ वर्ग माइल)
उन्नतांश
२८०.६ मिटर (९२०.६ फिट)
जनसङ्ख्या
 (१ जनवरी २०२३)[१]
 • जम्मा१९९५४७१
 • घनत्व४८७३/किमी (१२६२०/वर्ग माइल)
सकल क्षेत्रीय उत्पादन
 • कुलबेलारुसी रुबल ५८.९ बिलियन
(२० बिलियन यूरो)
समय क्षेत्रयुटिसी+३ (पूर्वी यूरोपीय ग्रीष्मकालीन समय)
हुलाक कोड
२२०००१-२२०१४१
क्षेत्रीय सङ्केत+३७५ १७
वेबसाइटminsk.gov.by

मिन्स्क (बेलारुसी: Мінск [mʲinsk], रूसी: Минск) पूर्वी युरोपको बेलारुस देशको राजधानी र सबैभन्दा ठुलो सहर हो। यो सहर स्विस्लाच र नियामिहा नदीको छेउमा अवस्थित छ। राजधानी हुनुका साथै मिन्स्क सहर मिन्स्क क्षेत्रमिन्स्क जिल्लाको विशेष प्रशासनिक केन्द्रको रूपमा रहेको छ। सन् २०१८ जनवरीको जनगणना अनुसार मिन्स्कको जनसङ्ख्या १९,८२,४४४ रहेको छ।[३] जनसङ्ख्याको आधारमा यो सहर युरोपको ११औँ ठुलो सहर हो। यो सहर स्वतन्त्र राष्ट्रमण्डल राज्यहरूको प्रशासनिक राजधानी र कार्यकारी सचिवको क्षेत्र हो।

इतिहास[सम्पादन गर्नुहोस्]

मिन्स्कको उल्लेख सबैभन्दा पहिले सन् १०६७ मा ऐतिहासिक पुस्तकहरूमा गरिएको पाइन्छ। सो समयमा यो सहर पोलोत्स्क नामक राज्यको एक प्रान्तीय सहर थियो।[४] सन् १२४२ मा यो महान लिथुयानियाली ड्युक राज्यको भाग बनेको थियो। सन् १५६९ पछि यो पोलिसियाली-लिथुयानियाली राष्ट्रमण्डल अन्तर्गत रहेको मिन्स्क राज्यको राजधानी बनेको थियो र सन् १७९३ मा यसमाथि रुसी साम्राज्यको कब्जा स्थापित भएको थियो।[५] सन् १९१९ देखि सन् १९९१ सम्म सोभियत सङ्घको समयमा यो बेलारुसी सोभियत समाजवादी गणतन्त्रको राजधानी रहेको थियो भने सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि बेलारुस एउटा स्वतन्त्र सार्वभौमिक राष्ट्र बन्यो र मिन्स्कलाई बेलारुसको राजधानी बनाइएको हो।

मौसम[सम्पादन गर्नुहोस्]

गर्मीयाममा मिन्स्कको औसत तापक्रम १७.८° सेन्टिग्रेड हुन्छ भने जाडोयाममा यहाँ निकै जाडो हुने गरेको छ। जाडो मौसममा यहाँ हुस्सुहिमपात हुनु सामान्य जस्तो हुने गरेको छ। जनवरी महिनाको औसत तापक्रम −६.१° सेन्टिग्रेडसम्म पुग्ने गरेको छ। ऐतिहासिक तथ्याङ्क अनुसार सन् १९४० जनवरी १७ को दिन यस सहरको तापक्रम −४०° सेन्टिग्रेडमा पुगेको थियो। वार्षिक वर्षाको ३०% वर्षा जाडोमा र बाँकी ६०% वर्षा गर्मीयाममा हुने गरेको छ।

मिन्स्क (सन् १९८१– सन् २०१०)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) १०.३
(५०.५)
१३.६
(५६.५)
१८.९
(६६.०)
२८.८
(८३.८)
३०.९
(८७.६)
३४.०
(९३.२)
३५.०
(९५.०)
३५.८
(९६.४)
३१.०
(८७.८)
२४.७
(७६.५)
१६.०
(६०.८)
११.१
(५२.०)
३५.८
(९६.४)
उच्चतम औसत °से (°फे) −२.१
(२८.२)
−१.४
(२९.५)
३.८
(३८.८)
१२.२
(५४.०)
१८.७
(६५.७)
२१.५
(७०.७)
२३.६
(७४.५)
२२.८
(७३.०)
१६.७
(६२.१)
१०.२
(५०.४)
२.९
(३७.२)
−१.२
(२९.८)
१०.६
(५१.१)
दैनिक औसत °से (°फे) −४.५
(२३.९)
−४.४
(२४.१)
०.०
(३२.०)
७.२
(४५.०)
१३.३
(५५.९)
१६.४
(६१.५)
१८.५
(६५.३)
१७.५
(६३.५)
१२.१
(५३.८)
६.६
(४३.९)
०.६
(३३.१)
−३.४
(२५.९)
६.७
(४४.१)
न्यूनतम औसत °से (°फे) −६.७
(१९.९)
−७
(१९)
−३.२
(२६.२)
२.६
(३६.७)
८.१
(४६.६)
११.७
(५३.१)
१३.८
(५६.८)
१२.८
(५५.०)
८.२
(४६.८)
३.७
(३८.७)
−१.३
(२९.७)
−५.५
(२२.१)
३.१
(३७.६)
न्यूनतम रेकर्ड °से (°फे) −३९.१
(−३८.४)
−३५.१
(−३१.२)
−३०.५
(−२२.९)
−१८.४
(−१.१)
−५
(२३)
०.०
(३२.०)
४.३
(३९.७)
१.७
(३५.१)
−४.७
(२३.५)
−१२.९
(८.८)
−२०.४
(−४.७)
−३०.६
(−२३.१)
−३९.१
(−३८.४)
औसत वर्षा मिमी (इन्च) ४५
(१.८)
३९
(१.५)
४४
(१.७)
४२
(१.७)
६५
(२.६)
८९
(३.५)
८९
(३.५)
६८
(२.७)
६०
(२.४)
५२
(२.०)
४८
(१.९)
४९
(१.९)
६९०
(२७.२)
वर्षा दिनको औसत ११ ११ १३ १८ १९ १८ १५ १८ १८ १७ १३ १८०
हिमपात दिनको औसत २४ २१ १५ ०.३ ०.०४ १३ २२ १०२
औसत सापेक्ष आर्द्रता (%) ८६ ८३ ७७ ६७ ६६ ७० ७१ ७२ ७९ ८२ ८८ ८८ ७७
मासिक सौर्यप्रकाश घण्टा औसत ४४ ६६ १३४ १८१ २५७ २७३ २६९ २४२ १६५ ९७ ३६ २७ १,७९०
घामको सम्भावित प्रतिशत १८ २४ ३७ ४३ ५२ ५४ ५३ ५३ ४३ ३० १४ १२ ४०
स्रोत १: मौसम र वातावरण वेबसाइट[६]
स्रोत २: मौसम पूर्वानुमान विभाग, बेलारुस[७]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Численность населения на 1 января 2023 г. и среднегодовая численность населения за 2022 год по г.Минску в разрезе районов", belsat.gov.by, मूलबाट २५ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अगस्ट २०२३ 
  2. "Gross domestic product and gross regional product by regions and Minsk city in 2022" 
  3. "इतिहास" (रुसीमा), National Statistical Committee of the Republic of Belarus, २९ मार्च २०१८। 
  4. Greenbaum, Masha (१९९५), The Jews of Lithuania: A History of a Remarkable Community 1316–1945, Jerusalem: Gefen, पृ: 2, आइएसबिएन 9789652291325 
  5. 1939: the year that changed everything in Lithuania's history, Šarūnas Liekis, Rodopi, 2010, ISBN 978-90-420-2762-6, ... The Polish-Lithuanian Commonwealth collapsed because of internal feuds and the failure to modernise during ... the Minsk province from the annexed territories ...
  6. "Weather and Climate- The Climate of Minsk" (Russianमा), Weather and Climate (Погода и климат), अन्तिम पहुँच २८ नोभेम्बर २०१५ 
  7. "Солнечное сияние. Обобщения II часть: Таблица 2.1. Характеристики продолжительности и суточный ход (доли часа) солнечного сияния. Продолжение." (Russianमा), Department of Hydrometeorology, मूलबाट २६ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१७